तीन दल-मोर्चा सहमति जुटेन
०५ फागुन २०७२
•
५ मिनेट पाठ
तीन दल-मोर्चा सहमति जुटेन
काठमाडौं- आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्ने भन्दै संविधान निर्माण नेतृत्वकर्ता दलले गठन गर्न लागेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा 'तराई–मधेसमा दुई प्रदेश' भन्ने पदावली बाधक देखिएको छ।सिंहदरबारस्थित संसद सचिवालयमा बसेको संविधान निर्माण नेतृत्वकर्ता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सत्तारुढ नेकपा एमाले, एनेकपा माओवादी र मोर्चाको संयुक्त बैठकमा उक्त पदावली बाधक देखिन पुगेको हो। जसका कारण बुधबार बसेको बैठक पुनः निष्कर्षविहीन हुन पुगेको छ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मोर्चाले तराई–मधेसमा दुई प्रदेशको सीमांकन गर्न माग गरेकाले त्यसलाई सम्बोधन हुनेगरी पदावली लेख्न तीन दलले नमानेको आरोप लगाए। 'हामीले मधेसमा दुई प्रदेश बनाउनुपर्छ भनेर माग गरेका थियौं तर त्यसमा तीन दल सहमत भएनन्,' कर्णले नागरिकसँग भने, 'त्यसलाई सम्बोधन हुनेगरी सहमतिको भाषा लेखिएन भने कसरी मान्ने?' उनका अनुसार दुई प्रदेशको माग सम्बोधन हुने आशय वा आधार देखाउन सकेमा सहमतिमा कुनै समस्या हुने छैन।

तीन दलले भने सहमतिपत्रमै दुई प्रदेश लेख्ने भए उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन आवश्यक नभएको भन्दै अस्वीकार गरेका छन्। उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष भीम रावलले मोर्चालाई त्यसका बदलामा दुईवटा पदावलीको विकल्प दिइएको जनाएका छन्। 'तराई–मधेस, पहाड र हिमालमा देखिएको सीमांकनलाई अध्यनन गरेर विवाद हल गर्ने वा तराई–मधेस वा पहाडलगायतमा देखिएको सीमांकन विवाद हल गर्ने भन्ने पदावली राख्न प्रस्ताव गरिएको छ,' रावलले बैठकपछि भने।

विगतका राज्य पुनर्संरचना समिति वा राज्य पुनर्संरचना आयोगका प्रतिवेदनलाई आधार मान्ने कि सन्दर्भ सामग्री मात्रै लिने भन्नेमा पनि केही असहमति कायमै छ। यद्यपि कांग्रेसका तर्फबाट कार्यदल सदस्य महेश आचार्यले उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यविधिलाई टुंग्याएर सहमति गर्नेमा दुवै पक्ष पुगेको जनाए। 'उच्चस्तरीय संयन्त्र बनाउनेमा हामी सहमत भइसकेका छौँ तर त्यसको टिओरबारे भने अझै केही सहमति गर्न बाँकी छ,' आचार्यले नागरिकसँग भने, 'सहमतिमा उल्लेख गर्ने केही पदावली र भाषा मिल्नेबित्तिकै टुंगो लाग्छ।'

मोर्चाका अर्का सदस्य तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले मोर्चाले अघि सारेको ११ बुँदे मागलाई सम्बोधन गर्नेगरी सहमति हुनुपर्नेमा जोड गरेका छन्। 'सीमांकन मात्रै होइन, मोर्चाले अघि सारेको ११ बुँदे मागलाई प्याकेजमै समाधान गर्नेगरी सहमतिमा जोड गरेका छौं,' रायले नागरिकसँग भने।

तीन दलसमक्ष मोर्चाले सहमतिका लागि भन्दै माघ ३ गते ६ बुँदे प्रस्ताव अघि सारेको थियो। 'विगतका सहमतिलाई आधार मान्दै तराई–मधेसमा दुई प्रदेश हुनेे गरी' भन्ने शब्दावली उल्लेख गरेर राजनीतिक संयन्त्रको म्याद दुई महिना राख्नुपर्ने र काम सम्पन्न भएको एक साताभित्रै संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्ने मोर्चाको प्रस्तावकै सेरोफेरोमा सहमति गर्ने प्रयास जारी छ।

प्रधानमन्त्री केपी शर्मा ओली फागुन ७ गते भारत भ्रमणमा जानुअघि नै राजनीतिक संयन्त्र बनाउने प्रयासस्वरुप कार्यदल बैठक बसेको हो। बुधबार सहमतिको पदावलीमा सहमति हुन नसकेपछि आ–आफ्ना पार्टीमा छलफल गरेर पुनः बिहीबार बैठक बस्ने रायले जानकारी दिएका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस