सीमा मिलाउन 'भारत जानुअघि नै संयन्त्र'
०४ फागुन २०७२
•
११ मिनेट पाठ
सीमा मिलाउन 'भारत जानुअघि नै संयन्त्र'
काठमाडौं–प्रदेशहरुको सीमांकन विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुअघि नै उच्चस्तरीय राजनीतिक संयन्त्र गठन हुने भएको छ।तीन महिनाअघि मंसिर २ गते उच्चस्तरीय राजनीतिक समितिमार्फत सत्तारुढ दलले गरेको प्रस्तावअनुसार नै आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणअघि नै त्यस्तो संयन्त्र गठन हुने व्यवस्थापिका संसदलाई जानकारी गराएका हुन् ।




प्रधानमन्त्री ओली पहिलो औपचारिक विदेश भ्रमणमा फागुन ७ गते भारत जाँदैछन् । संसदलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'मेरो भारत भ्रमणअघि नै राजनीतिक संयन्त्र बन्नेछ, त्यसैमार्फत मोर्चाको माग सम्बोधन गरिनेछ ।'

समिति गठन गरी त्यसैमार्फत समाधान खोज्न सत्तारुढ दलले तीन महिनाअघि मंसिर २ गते मोर्चासामु प्रस्ताव गरेका थिए । सिंहदरबारस्थित राज्यव्यवस्था समिति बैठकमा मोर्चा र सत्तारुढ दलबीच भएको छलफलमा समिति संयोजकका हैसियतमा अध्यक्ष पुष्पकमल दाहालले यो प्रस्ताव गरेका थिए ।

आन्दोलनको ७८ दिनपछि मोर्चाले राखेको ११ बुँदे माग सम्बोधन गर्न ससंदीय समिति वा राजनीतिक समिति बनाउन सत्तारुढ दल तयार रहेको भन्दै त्यसमा आउन प्रस्ताव गरेका थिए । तर त्यतिबेला सो प्रस्तावलाई मोर्चाका उपेन्द्र यादव र महन्थ ठाकुरले 'नगद' मै सहमति गर्नुपर्ने भन्दै समिति गठनको प्रस्तावलाई 'उधारो' भन्दै अस्वीकार गरेका थिए ।

मंसिर १ गते साँझ र सोही दिन बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य सत्तारुढ दलबीच संसदीय समिति र राजनीतिक समिति बनाएर मोर्चासँग सहमति खोज्न तयार हुने भन्ने निर्णय गरेअनुसार नै दाहालले उक्त प्रस्ताव गरेका थिए ।

त्यही दिन संविधान निर्माण नेतृत्वकर्ता तीन दलले मोर्चासँग वार्ता गर्ने मिति र समय तोकिएपछि कांग्रेस वार्ताबाट टाढिएको थियो । दाहालले मोर्चासँगको उक्त वार्तामा आउन कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई बोलाउँदा फोनै उठाएका थिएनन् । पछि, दाहालले वरिष्ठ नेता शेरबहादुर देउवालाई फोन गर्दा पार्टीले वार्तामा नजाने निर्णय गरेको सन्देश सुनाएपछि उक्त वार्तामा सत्तारुढ दल मात्रै उपस्थित हुनुपरेको थियो ।

त्यस दिन कांग्रेसजस्तै मोर्चा घटक सद्भावना पार्टी पनि उक्त वार्तामा सहभागी नहुने भन्दै प्रचारबाजीमा उत्रियो । सहअध्यक्ष लक्ष्मणलाल कर्ण वार्ता नै छाडेर अध्यक्ष राजेन्द्र महतोसँगै नाकामा धर्ना दिन वीरगन्ज पुगे ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएपछि महतोले महासचिव मनिष सुमनलाई वार्तामा पठाउनुपरेको थियो । सत्तारुढले अघि सारेको उक्त प्रस्ताव स्वीकार गर्न निरन्तर आग्रह गरे तर मोर्चाले भने सो प्रस्ताव अस्वीकार गर्दै आन्दोलनमा आफूलाई केन्द्रित ग¥यो ।

पुनः मंसिर २ गते मोर्चासामु राखिएको उक्त प्रस्ताव पुस ५ को मन्त्रिपरिषदबाट 'मोर्चाको माग सम्बोधन गर्नलाई उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइनेछ र त्यसले तीन महिनाभित्रमा प्रतिवेदन तयार गर्नेछ' भन्ने निर्णय भयो । त्यसको मोर्चालाई पराराष्ट्र मन्त्रालयमा नै बोलाएर औपचारिक जानकारी गराइयो ।

राजनीतिक संयन्त्र निर्माण र संविधान संशोधन गर्ने सहित चर्चित 'तीनबँुदे प्रस्ताव' मा भने मोर्चाले कुनै प्रतिक्रिया दिएन न विरोधका 'ठूला स्वर' नै ग¥यो । भारतमार्फत उक्त प्रस्ताव आएको भन्दै मोर्चाले तीन दलसँग असन्तुष्टि जनाउने काम भने ग¥यो । तर, अचम्म लाग्ने गरी नेपालको संविधानप्रति असन्तुष्ट रहँदै आएको भारतले भने त्यसलाई औपचारिक रुपमा स्वागत गर्दै नाटकीय ढंगले 'सेफ ल्यान्डिङ' को मौका सदुपयोग ग¥यो ।

र, भारतले त्यसलाई स्वीकार गर्न मोर्चाका नेतालाई दूतावासमै बोलाएर निर्देशनसमेत दियो तर मोर्चाले भने भारतको त्यो निर्देशन पनि तत्कालका अस्वीकार ग¥यो । केही समयपछि तीन दल र मोर्चाको बैठक बस्यो जसमा कार्यदल बनाउने अर्को प्रस्ताव तीन दलबाट आयो । कार्यदलमा मोर्चालाई पनि प्रतिनिधि पठाउन भनियो तर मोर्चाले तत्काल त्यसलाई अस्वीकार गरेको जनाए ।

तर, पर्सिपल्ट मोर्चाका तर्फबाट कार्यदल घोषणा त ग¥यो तर त्यसमा सद्भावनाले भने सहभागिता जनाएन । कारण, विराटनगरमा अध्यक्ष महतोमाथि प्रहरीद्वारा भएको कुटपिट घटनामा सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने उसको निर्णय त्यसमा बाधक बनिदियो । त्यसपछि दुवै पक्षका कार्यदलको संयुक्त बैठक सुचारु भए, सहमति पनि जुट्दै गएको नेताहरुले अभिव्यक्ति दिँदँ गए ।

तर, मोर्चाले त्यसपछि औपचारिक रुपमै मंसिर २ गते सत्तारुढ दलद्वारा प्रस्तावित 'राजनीतिक समिति' लाई दुई महिनापछि स्वीकार ग¥यो । माघ ३ गते कार्यदलमा पेश गरेको ६ बँुदे अनौपचारिक लिखित प्रस्तावमा उल्लेख गरेर उसले समितिलाई स्वीकार गरिदियो । तर, मोर्चाको प्रस्तावको दुई नम्बर बुँदामा उल्लेख 'राजनीतिक संयन्त्रले राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँट समिति, राज्य पुनःसंरचना उच्चस्तरीय सुझाव आयोग तथा अन्य समितिमा प्रस्तुत गरिएका विभिन्न प्रतिवेदनलाई आधार मान्दै तराई–मधेसमा दुई प्रदेश हुने गरी प्रदेशको संख्या र सीमांकन परिमार्जन गर्ने' भन्नेमा सहमति हुन सकेन ।

मुख्यतः सो बुदाँको 'आधार मान्दै तराई–मधेसमा दुई प्रदेश हुने गरी' भन्ने वाक्यांशमा तीन दलका कार्यदल सदस्यले सहमति जनाउन सकेनन् । भोलिपल्ट अर्थात् ४ गते बालुवाटारमा बसेकोे प्रमुख तीन दलको बैठकले समिति र आयोगका प्रतिवेदनलाई 'आधार नभई सन्दर्भ सामग्री मात्रै मान्न सक्ने' र मोर्चाले 'दुई प्रदेश' मा सहमति हुन नसक्ने जवाफ दिएपछि चलिरहेको द्विपक्षीय वार्ता अचानक स्थगित हुन पुग्यो ।

मोर्चा कार्यदल सदस्यले बिजुलीबजारस्थित तमलोपा कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर आरोप लगाए, 'अझै पनि प्रमुख तीन दल एक ठाउँमै छन्, उनीहरु आफ्नो अजेन्डाबाट टसमस देखिएनन्, त्यसैले वार्तामा बस्नुको औचित्य नै देखिएको छैन ।'

वार्ता टुंग्याउने जिम्मा मोर्चा र प्रमुख तीन दलका शीर्ष नेतालाई जिम्मा दिएर सो कार्यदल पन्छियो । यसैबीचमा नै मोर्चाका माग सम्बोधन गरेको भन्दै तीन दलले संविधान संशोधन गरिदिए । मोर्चाले त्यसको स्वामित्व लिनु त परै जाओस्, अस्वीकार गर्दै संसद नै बहिस्कार ग¥यो । तर शुक्रबार पुनः अचानक संविधान निर्माणका प्रमुख तीन दलका शीर्ष नेतासँग मोर्चाको कार्यदलको संयुक्त बैठक बस्यो । निर्णय सार्वजनिक गरियो– 'मोर्चाको मागलाई सम्बोधन गर्न तीन महिना म्याद भएको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने ।'

त्यसका लागि गठन हुने संयन्त्रको कार्यविधि र प्रक्रियाबारे छलफल गर्ने । रिपोर्टर्स क्लबमा महतोले भने, 'हामीले मागेको दुई प्रदेश हो, अब त्यो कहाँ लेख्ने भन्ने कुरा गौण हो, जहाँ लेखे पनि हुन्छ तर दुई प्रदेश भने चाहिन्छ ।' सहमतिपत्रमा नै 'दुई प्रदेश' लेख्नुपर्छ भन्ने पक्षमा मोर्चा नरहेको महतोले गत शनिबार संकेत गरिसकेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार संसदमा भने, 'संयन्त्रले दिएको सिफारिसलाई मध्यनजर गर्दै प्रदेशको सीमांकनमा फेरबदल हुनेछ, त्यसका लागि वस्तुिस्थति र औचित्य पुष्टि हुने विषयलाई केन्द्रमा राखिनेछ ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस