काठमाडौं–राष्ट्रप्रमुख र सरकारप्रमुखको भ्रमणलाई मितव्ययी र व्यवस्थित बनाउन सरकारले जारी गरेको निर्देशिका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणमै उल्लंघन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारबाट हुने आफ्नो भारत भ्रमणमा सहभागी टोली निर्देशिकाविपरीत ४६ सदस्यीय बनाएका छन्।मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ओलीको छदिने भ्रमण टोलीमा रहने ४६ जनाको नाम तय गरेको हो । सरकारी खर्चबाहेक जानेको संख्या जोड्दा एक सय नाघ्ने आँकडा छ। सुशील कोइराला नेतृत्व मन्त्रिपरिषदले साउन १४ मा पारित गरेको निर्देशिकामा प्रधानमन्त्री वा राष्ट्रपतिको विदेश भ्रमण टोली १९ सदस्यीय हुने, अति आवश्यक परे २२ जनासम्म बनाउन सकिने उल्लेख छ ।
उक्त निर्देशिका बनेयता पहिलो भ्रमणमा निस्कन लागेका ओलीले त्यसलाई उल्लंघन गरेका हुन्। ओलीको टोलीमा उपप्रधानमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री विष्णु पौडेलसहित विभिन्न राजनीतिक दलका सांसद तथा सरकारी अधिकारी रहनेछन् ।
'मन्त्रिपरिषदले शुक्रबारबाट हुने प्रधानमन्त्रीको भ्रमणलाई स्वीकृति प्रदान गरेको छ,' सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नागरिकसँग भने, 'उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, गृह र अर्थमन्त्रीसहित भ्रमण टोली ४६ सदस्यीय हुनेछ ।'
यसबाहेक आफ्नै खर्चमा प्रधानमन्त्रीको भ्रमण दलमा संलग्न हुने व्यापारीको संख्या छुट्टै छ। तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको निर्देशनमा प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव प्रेम राईको संयोजकत्व टोलीले निर्देशिका तयार पारेको थियो ।
'प्रधानमन्त्री तथा अन्य उच्चस्तरीय भ्रमणमा जानेहरुलाई सहज होस् र पद्धति बसोस् भन्ने उद्देश्यले निर्देशका ल्याइएको हो,' पूर्व मुख्यसचिव पौडेलले नागरिकसँग भने, 'यसलाई लागू गरेको भए पछिका प्रधानमन्त्रीहरुलाई पनि भ्रमण जाँदा सहज हुनेथियो ।'
पौडेलले निर्देशिकाले तोकेभन्दा बढी लैजाने हो भने त्यसको औचित्य पुष्टि हुने गरी सरकारबाट आउनुपर्ने बताए । सरकारले संविधान जारी भएपछि र भारतसँग सम्बन्ध सुधार्नका लागि हुन लागेको पहिलो भ्रमण भएका कारण केही ठूलो जस्तो देखिए पनि विगतका भ्रमणमा भन्दा सानो टोली जान लागेको जनाएको छ ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भ्रमण टोलीलाई राष्ट्रिय एकताको सन्देश दिन पनि सबै पक्षका सहभागिता गराइएको बताए । 'संविधान जारी भएपछि प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण हो । भारतसँग सम्बन्ध सुधारका लागि हुन लागेको भ्रमणलाई राष्ट्रिय एकताको भ्रमण टोली बनाउने काम भएको छ,' रिमालले नागरिकसँग भने, 'यसमा सरकारी अधिकारी, प्रमुख प्रतिपक्षी दलसहित आन्दोलनरत मधेसी दलका नेतासमेत संलग्न छन् ।' उनले भ्रमणसम्बन्धी निर्देशिकालाई ख्याल राखेर भ्रमण टोली गठन गरिएको दाबीसमेत गरे ।
भ्रमण टोलीमा नेकपा एमाले र एकीकृत माओवादीका प्रमुख सचेत क्रमशः भानुभक्त ढकाल र हितराज पाण्डे, विभिन्न राजनीतिक दलका सांसद पनि छन् । '६०१ सांसद रहेको र धेरै पार्टी संसदमा रहेका अवस्थामा अझै सबैलाई समेट्न सकेका छैनौं,' रिमालले भने, 'यसअघि योभन्दा ठूलो प्रतिनिधिमण्डल जाने गरेको थियो ।'
टोलीमा कांगे्रसका सहायक महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय तथा तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला पनि छन् । संघीय सद्भावना पार्टीका संसद डिम्पल झा पनि टोलीमा छिन् ।
सरकारले सर्वदलीय प्रतिनिधित्व गराए विवाद नहुने ठाने पनि विगतमा भने त्यस्तो इतिहास छैन । 'देशभित्रै सहमति गरेर जाने हो भने विवाद नहुने हो । नत्र भ्रमण टोलीमा जानेहरु फर्किएर आउने र विरोध हुने विगत देखिन्छ,' पौडेलले भने, 'दुई देशका प्रधानमन्त्रीहरुको संयुक्त विज्ञप्तिमा योगदान दिन नसक्नेलाई लैजानुको औचित्य हुँदैन ।'
२०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि गठन भएको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भ्रमण टोलीमा वाममोर्चाबाट मन्त्री रहेकी सहाना प्रधान संलग्न थिइन् । उनले स्वदेश फर्किनेबित्तिकै निर्णय र छलफलमा आफूलाई संलग्न नगराइएको भन्दै प्रधानमन्त्रीसँग असन्तुष्टि जनाएकी थिइन् ।त्यतिबेला भट्टराईले नेपालका नदी दुई देशका साझा नदी हुन् भनेर दिएको अभिव्यक्तिको वाममोर्चाको एक घटक तत्कालीन नेकपा मालेले चर्को विरोध गरेको थियो ।
त्यसैगरी, प्रधानमन्त्री बाबुराम भट्टराईको भ्रमणको समयमा समेत तत्कालीन परराष्ट्रमन्त्री रहेको उनकै पार्टीका नेता नारायणकाजी श्रेष्ठले निर्णयहरुमा आफूलाई जानकारी नगराएको भन्दै असन्तुष्टि जनाएका थिए । भट्टराईले भारतसँग गरेको लगानी प्रवद्र्धन तथा सुरक्षासम्बन्धी सम्झौता (बिप्पा) को विरोध गरेका थिए ।
सरकारले भने आसन्न भ्रमणका क्रममा भारतसँग नयाँ सम्झौता नहुने, पुरानै प्रतिबद्धता कार्यान्वयनमा जोड दिइने जनाएको छ ।'मंगलबारको बैठकले भ्रमण टोली मात्र तय गरेको हो । एजेन्डाबारे अर्को बैठकले निर्णय गर्नेछ,' सञ्चारमन्त्री राईले भने ।