काठमाडौं– प्रधानमन्त्री केपी ओलीले बैशाख १२ भूकम्पमा ढलेको धरहरा निर्माण गर्न एक महिनाको तलव दिने घोषणा गरेका छन्। मंगलबार धरहरा परिसर मै आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन्।प्रधानमन्त्री ओलीले जनताबाट पैसा उठाएर धरहराको पुननिर्माण गरिने बताए। धरहरा निर्माण गर्नैका लागि एउटा खाता संचालन गरेर पैसा जम्मा गर्न पुननिर्णाम प्राधिकरणालाई प्रधानमन्त्रीले निर्देशन दिए। 'आफ्नै सम्पदा धरहरा आफैं निर्माण गरौं,' उनले भने,' दातृ निकायको सहयोग धेरै लिइयो। अब हामी आफैंले पनि केही गरौं। त्यसका लागि धरहरा जनताको पैसाबाट बनाऔं।'
प्रधानमन्त्रीले सरकारी खर्चमा नभइ जनताको खर्चमा धरहरा निर्माण गर्ने संकल्प गर्न आग्रह गरे। पुर्खाको गौरव धरहरालाई हजारौं वर्षसम्म टिक्ने गरी पुननिर्माण गरिने उनको भनाइ थियो। सांस्कृतिक धरोहरको पुननिर्माणको रुपमा छुट्टै अभियान संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले कार्यक्रमको आयोजना गरेको थियो। प्रधानमन्त्रीले जनताको पैसाबाट धरहरा बनाउने घोषणा गरेपनि त्यसको विस्तृत अध्ययन भने भएको छैन्। धरहरा कत्रो, कस्तो बनाउने भन्ने विषयमा अध्ययन हुन बाँकी रहेको बताइएको छ।
'यो केवल जनताको पैसाबाट बनाउने भन्ने तय भएको छ,'पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने,'यसको विस्तृत अध्ययन भएको छैन।' अत्याधुनिक प्रविधि प्रयोग गरेर धरहरा बनाउने सरकारको तयारी छ। २५० फिट अग्लो धरहरा १९९० को भूकम्पले ढलेपछि तत्कालीन सरकारले २०३ फिट अग्लो धरहरा निर्माण गरेको थियो। सो धरहरा २०७२ बैशाख १२ को भूकम्पले ढलेको थियो। धरहरा ढल्दा ३० जना भन्दा बढीले ज्यान गुमाएका थिए। धरहरामा ज्यान गुमाउनेका परिवारले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन्।