एक महिनाभित्रै चीन भ्रमण हुन्छ : प्रधानमन्त्री ओली
०३ फागुन २०७२
•
१ मिनेट पाठ
एक महिनाभित्रै चीन भ्रमण हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्रै चीन भ्रमणमा जाने बताएका छन्। राजधानीमा आयोजित इन्टरनेश्नल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीजको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारत भ्रमण सकेलगत्तै चीन भ्रमणमा जाने बताएका हुन्।

प्रधानमन्त्री ओली ७ गतेदेखि भारत भ्रमणमा जाँदैछन्। भ्रमणमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने ओलीले बताए। 'देशमा जारी विसम परिस्थितिका कारण दुई देशबीच केही तिक्कता उत्पन्न भएको थियो। त्यसलाई सुधार गर्न भारत भ्रमणमा जान लागेको हो। यसले दुई छिमेकी देशबीचको सम्बन्ध प्रगाढ हुने विश्वास लिएका छौं,' उनले भने।

उनले आन्दोलनका कारण गरिएको भारतका विभिन्न नाकाको अवरोध हटिसकेको स्मरण गराउँदै भारत भ्रमण फलदायी बनाउने बताए।

कार्यक्रममा एसियका विभिन्न देशका प्रतिनिधिहरु सहभागी छन्। कार्यक्रममा कम्बोडियाका उपप्रधानमन्त्रीको पनि सहभागिता छ। त्यस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल पनि कार्यक्रममा सहभागी छन्।
अर्को समाचार
चीन भ्रमण महिनादिनभित्रै : ओली
०३ फागुन २०७२
•
३ मिनेट पाठ
चीन भ्रमण महिनादिनभित्रै : ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्रै छिमेकी देश चीनको भ्रमण गर्ने बताएका छन्। इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टी (आइक्याप)को कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चार दिनपछि भारत र एक महिनाभित्रै अर्को छिमेकी देशको भ्रमण हुने जानकारी गराएका हुन्।'मेरो भारत भ्रमणले पछिल्लो समय देखिएको असामान्य अवस्थालाई सामान्यमा ल्याउने र पुरानो सम्बन्धलाई अझै प्रवर्द्धन गर्नेमा हुनेछ,' ओलीले भने, 'यसैगरी निकट भविष्यमा हुने चीन भ्रमणले सम्बन्धलाई अझै गहिरो बनाउने र हाम्रा मित्र देशहरु थप आर्थिक सहकार्यलाई परिणाममुखी रुपमा विस्तार गर्नेछ। हामीले हाम्रो प्राकृतिक तथा मानवीय स्रोतको उपयोग गर्नेछौं।'

सो कार्यक्रममा सहभागी अन्य देशका राजनीतिक दलका नेताले नेपाल एकै पटक तीन वटा प्रकारको संक्रमणकालबाट स्थायित्वतर्फ लागेको भन्दै खुसी व्यक्त गरेका थिए। उनीहरुले युद्धबाट शान्तितर्फ, राजतन्त्रबाट गणतन्त्रतर्फ र एकात्मक राज्यबाट संघीय राज्यतर्फ सफलतापूर्वक लाग्दै गरेको बताए।

कार्यक्रमलाई इक्यापका संस्थापक अध्यक्ष रहेको फिलिपिन्सका पूर्व सभामुख जोसे डे भेनेसिया, कम्बोडियाका उपप्रधानमन्त्री सोक अन, चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय डिपार्टमेन्टका महानिर्देशक झाङ सुयी, पाकिस्तान मुस्लिम लिग क्युका महासचिव मोहसिद हुसैन, आइक्यापकी महिला उपप्रमुख र पूर्व थाई मन्त्री नालिनी तभेसिन, नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

आइक्यापका अध्यक्ष भेनेसिनले एसियाली देशले राज्यका क्षमतालाई बढाउनुपर्ने बताए। उनले मध्यम वर्ग विस्तारमा एसियाली देशका सरकारले काम गर्नुपर्ने जोड दिएका थिए। सो कार्यक्रममा पाकिस्तान मुस्लिम लिग क्युका महासचिवले भारतीय नाकाबन्दीविरुद्ध लडेका नेपाली जनताप्रति ऐक्यबद्धता जनाउन काठमाडौं आएको बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस