काठमाडौं–सद्भावना पार्टी अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महताले सरकारले आपूर्ति व्यवस्था सहज नपारेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।उनले नाकाबन्दी खुलिसक्दासमेत सरकारले आपूर्ति व्यवस्था सहज नपारेको भन्दै आक्रोश व्यक्त गरेका हुन्। 'नाकाबन्दी खुलिसक्दासमेत आपूर्ति व्यवस्था सहज भएको छैन,' शनिबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा महतोले भने,'अहिले पनि सर्वसाधारण तेलको लाइनमा बसेका छन्। यो राम्रो कुरा होइन।'
उनले मधेसको माग पूरा नभएसम्म आन्दोलन जारी रहनेसमेत बताए। 'अहिले आन्दोलन रोकिएको होइन,' उनले भने,'मधेसको माग पूरा भएको छैन, आन्दोलन पनि रोकिएको छैन।' आन्दोलनको स्वरुप मात्र परिर्वतन भएको उनले जनाए। प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै मधेसको माग सम्बोधन गर्दा राम्रो सन्देश जाने भन्दै महतोले त्यस अगाडि नै मधेसको माग सम्बोधन गर्न आग्रह गरे।
फरक प्रसंगमा उनले अहिले संसदभित्र रहेका मधेसी दलबीच गठबन्धन बनाइएको भन्दै केही समयपछि सडकमा रहेका दललाई एक ठाउँमा ल्याएर महागठबन्धन बनाउने बताए।