काठमाडौं- नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशन राजधानीमा बिहीबार सुरु भएको छ। नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनको शोकमा एक दिन ढिलो गरी सुरु भएको महाधिवेशनको उद्घाटन एमाले अध्यक्षसमेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।महाधिवेशनका करिब १ हजार ५ सय प्रतिनिधि सहभागी हुने अनेरास्ववियुकी सचिव राधिका खतिवडाले बताइन्। नेतृत्व छनोटका लागि भएको महाधिवेशनमा पार्टीभित्रको स्थायी गुटकै छाया देखिन्छ। पार्टी अध्यक्ष ओली पक्षधर हालकी महासचिव नवीना लामा र माधव नेपाल समूहबाट उपाध्यक्ष दीपक गौतम अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्। दुवै समूहगत रुपमा निर्वाचनमा जान लागेका हुन्।
लामाको समूहबाट महासचिवमा ऐन महर र गौतम समूहबाट अब्दुल हुसैन खान प्रतिस्पर्धामा छन्। महर हाल उपाध्यक्ष छन् भने खान सचिव।
उपाध्यक्षमा गौतम समूहबाट राधिका खतिवडा, सरोज यादव, निलकण्ठ आचार्य र जीवन राई प्रतिस्पर्धामा उत्रने टुंगो लागेको छ। लामा समूहबाट उपाध्यक्षमा रश्मि आचार्य, महेश बर्स्तौला, शैलेश लामा र सुनिता बराल छन्। असारमा विधान महाधिवेशन गरेर राजनीतिक विषय टुंगो लगाएको अनेरास्ववियुले यो अधिवेशनमा नेतृत्व छनोट गर्नेछ।
महाधिवेशनले १ सय ४१ सदस्यीय केन्द्रीय कमिटी र त्यत्तिकै संख्यामा राष्ट्रिय प्रतिनिधि परिषद निर्वाचन गर्नेछ।
'केन्द्रीय कमिटीको बढीमा एकतिहाइ सचिवालय सदस्य निर्वाचित हुनेछन्,' खतिवडाले भनिन्। महाधिवेशन उद्घाटन कार्यक्रम भृकुटीमण्डपमा भए पनि निर्वाचन कार्यक्रम भने प्रज्ञाभवनमा हुनेछ।
नेताहरुका नाममा प्रतिस्पर्धाको तयारी भए पनि उद्घाटन समारोहमा बोल्ने एमाले शीर्ष नेताले भने मिलेर जान सुझाव दिएका थिए। महाधिवेशनलाई अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेलसहितका नेताले सम्बोधन गरेका थिए।
'सकेसम्म सहमतिमा नेतृत्व छनोट गर्नुहोस्। त्यो नै सबैभन्दा प्रजातान्त्रिक विधि हो,' उद्घाटनपछि महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, 'निर्वाचन भए पनि स्वच्छ रुपमा गर्नुहोला।'