काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दुई २०७४ साउनपछि कुनै पनि नदीमा तुइन भेटिए फोटो खिचेर सिंहदरबारमा ल्याउन सबैलाई आग्रह गर्नुभएको छ।

सरकारले विकासको रणनीति बनाएर काम गरिरहेकोलेले दुई वर्षभित्र देशभर रहेका तुइन विस्थापित भईसक्ने उनले बताएका हुन्। 'सरकारले अघि बढाएका विकासका काम देखेर विरोधीहरु डराएका छन्,' उनले भने, 'दुई वर्षभित्र तुइन विस्थापित गरिसकिने छ।'
नाकाबन्दी खुलेको र मधेश आन्दोलन पनि स्थगित भइसकेको अवस्थामा अब आम नागरिकले ग्यास र इन्धन लिन लाइन बस्नु नपर्ने बताए। उनले मधेश आन्दोलनलाई निकै अघि बढाइसकेकोले मधेशी दलहरुलाई पछाडि हट्न गाह्रो भइरहेको बताए। 'निकै अघि बढीसकेपछि पछाडि फर्किन गाह्रै हुन्छ,' उनले भने, 'तर पनि मधेशी दलहरुले ब्रेक लगाएका छन्। अब पछि हट्दै पनि छन्।'
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको विद्यार्थी संगठन अनेरास्ववीयुको २२ औं महाधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन्। १६ सय प्रतिनिधिसम्मिलित रहेन उक्त महाधेवेश काठमाडौंको भृकुटीमण्डपमा बिहीबारबाट शुरु भएको छ।' अघिवेशनमा ओली पक्षका नविना लामा र वरिष्ठ नेता माधव नेपाल पक्षका दीपक गौतमबीच अध्यक्षमा प्रतिस्पर्धा हुँदैछ।