काठमाडौं– मंगलबार बिहान नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सधैँ भन्दा फरक तयारी भइरहेको थियो। सधैँ पार्टीका आन्तरिक बैठक तथा बहुपक्षीय बैठकको केन्द्र मानिने वीपी स्मृति भवनमा पार्टी सभापति सुशील कोइरालाको शव ल्याउने तयारीको दृश्य निकै कारुणिक देखिन्थ्यो।
विहान ८ बजे महाराजगञ्ज स्थित निवासबाट कोइरालाको शव श्रद्धाञ्जलीको लागि पार्टी कार्यालय पुर्याेइयो। उनको पार्थिव शरिर पार्टी कार्यालय ल्याउने समाचार पाएसँगै हजारौं सर्वसाधारण र पार्टी कार्यकर्ताहरु विहानैदेखि सानेपामा जम्मा भइसकेका थिए। फूल माला र नेपाली कांग्रेसको चारतारे झण्डा सजाइएको नेपाल प्रहरीको ट्रकमा राखेर उनको शव सानेपा ल्याइपुर्या्उँदा हजारौं कार्यकर्ता एवं शुभेच्छुक भाव विह्वल बने।
कोइरालाको पार्थिव शरिर श्रद्धाञ्जलीको लागि राख्ने भनेर पार्टी कार्यालयको अगाडि प्राङगणमा पाल टाँगिएको थियो। फूलमालाले सजाइएको थियो। कोइरालाको शव पार्टी कार्यालयमा ल्याइ पुर्याँउँदा त्यहाँ जम्मा भएका कार्यकर्ताले नारा लगाए- सुशील कोइराला अमर रहुन।
पार्टी कार्यालय सानेपामा कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न विशिष्ट व्याक्ति, कुटनीतिक नियोगका प्रतिनिधि, विभिन्न पार्टीका नेता एवं सर्वसाधारणको भिड थियो। हातमा पुष्प गुच्छा लिएर लाइनमा बसेका सर्वसाधारणहरुले त्यहीँ उनीप्रति श्रद्धाञ्जली अर्पण गरे। कोइरालाको शवमा फूल अर्पण गरिरहँदा कतिपय कार्यकर्ताको आँखामा आँसु थामिएनन्।
कांग्रेस उपसाभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री प्रकाशमान सिंहले चार तारे झण्डा ओढाउँदै कोइरालालाई पार्टी कार्यालयबाट बिदा गरे।
करिब ९ बजे पार्टी कार्यालयमा पुर्यााइएको उनको शव त्यहाँबाट १ बजे अन्तिम श्रद्धाञ्जलीको लागि दशरथ रंगशाला तर्फ लगिएको थियो। यो बीचमा सानेपा स्थित पार्टी कार्यालयमा पूर्व राष्ट्रपति रामबरण यादव, पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, माधव कुमार नेपाल, लोकेन्द्रबहादुर चन्दले श्रद्धाञ्जली अर्पण गरे।
चिनियाँ राजदुर उ चुन्ताई श्रद्धाञ्जली दिन त्यहाँ उपस्थित थिए। तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, एमाओवादी महासचिव कृष्णबहादुर महराले पनि पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली अर्पण गरे।
यता पार्टी कार्यालयको प्राङगणमा श्रद्धाञ्जली चलिरहँदा भित्र कांग्रेस केन्द्रिय समितिको बैठक जारी थियो। केन्द्रिय समितिको आकस्मिक बैठकले पार्टी सभापति सुशील कोइरालाको निधनमा शोक मनाउन केन्द्रदेखि जिल्ला तहका सबै पार्टी कार्यालय तीनदिनसम्म बन्द गर्ने, पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म कुनैपनि पार्टी गतिबिधि नगर्ने निर्णय गर्यो ।
१३ औं पुण्यतिथिका दिन काठमाडौंमा केन्द्रिय शोक सभा र जिल्लाहरूमा शोक सभा गर्ने निर्णय समेत पार्टीले गरेको छ।
यता कांग्रेसको बैठक सकिना साथ मन्त्रिपरिषद बैठकले कोइरालालाई राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गर्योत। कोइरालाको निधनमा शोक मनाउन सरकारले बुधबार सार्वजनिक विदा दिने भएको छ।
भिडियो:
भिडियो: कमल परियार