काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको मंगलबार बिहान १२ बजेर ५० मिनेटमा निधन भयो। कोइराला बिरामी परेकोसम्म खबर सार्वजनिक नभइ कोइरालाको निधन भएको समाचार सर्वसाधारणले सामाजिक सञ्जाल र विद्युतीय सञ्चारमाध्यममार्फत् थाहा पाए।
मध्यरातमा भएको कोइरालाको निधनको समाचार कांग्रेसजन र सर्वसाधारणले निकै ढिलामात्र थाहा पाएका थिए। कोइरालाको निधन भएको समाचार सुन्ने वित्तिकै सर्वसाधारण पत्रपत्रिका पढ्न स्टेशनरी पसल पुगेका थिए।
मुलुकको पूर्व प्रधानमन्त्री, सबैभन्दा ठूलो दलको सभापति र प्रमुख प्रतिपक्षी दलको नेताको निधन भएको समाचार कुनै पनि पत्रिकाले छापेका छैनन्। बरु कांग्रेसको १३औं महाधिवेशनलाई लिएर कोइरालालाई सक्तो श्राप गरेर समाचार छापिएका छन्।
दैनिक पत्रिकाहरुले वीरगन्ज नाकाबाट इन्धन आपूर्ति हुन लागेको समाचारदेखि मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिएकासम्म समाचारले प्रमुखता पाएका छन्।
दैनिक पत्रिकालेसमेत कोइरालाको निधनको समाचार नछापेको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्। समान्यता सम्बन्धित विट हेर्ने पत्रकारले कोइरालाको स्वास्थ्य अवस्थाबारे पाठकलाई जानकारी गराउनुपर्ने उनीहरुको तर्क छ। 'सामान्यता पत्रिका फाइनल गर्ने बेलामा सबै स्रोतसँग अन्तिम सम्पर्क गर्नुपर्ने पत्रकारिताको नियम हुन्छ,' पत्रकारितका विद्यार्थी खिम जिसीले भने, ' कोइरालाको निधनको समाचार पत्रिकामा नआउनुबाट नेपाली पत्रकारिताको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ।'