काठमाडौं— नेपाली कांग्रेसका नेता नरहरि आचार्य कोइराला निवास महाराजगञ्जमा बेहोस भएका छन्। सभापति सुशील कोइरालाको निधन भएसँगै गए रातिदेखि निवासमै रहेका उनी शव राखिएको कोठाबाट 'केही अप्ठ्यारो भयो' भन्दै बाहिर निस्केका थिए।बाहिर आउनासाथ उनी बेहोस भएका थिए।
नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति भीमसेनदास प्रधानले उनलाई उपचारका लागि शहीद गंगालाल अस्पताल पुर्याएका थिए। त्यहाँबाट उनलाइ बाँसबारी स्थित न्युराे अस्पताल लगिएकाे छ।
नेता अाचार्यकाे स्वास्थ्यमा क्रमिक सुधार भइरहेकाे उनका स्वकिय सचिव श्रीराम केसीले नागरिकन्युजलाइ बताए। 'सुधार भइरहेकाे छ। अहिले उहाँलाइ न्युराेमा उपचार भइरहेकाे छ', उनले भने।