झापा— नेपाली कांग्रेस झापाको सभापतिमा उद्धव थापा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेस युवा नेता विश्व प्रकाश शर्माको पहलमा जिल्ला नेतृत्व सर्वसम्मत भएको हो।
सभापतिका लागि देउवा पक्षका सम्भावित उम्मेदवार देउमान थेवेले पार्टीभित्रको छलफलपछि उम्मेदवारी दर्ता नगराएपछि थापा निर्विरोध निर्वाचित भएका हुन्। उनी संस्थापन पक्षका मानिन्छन्।
यसअघि पनि सभापति रहेका थापा दोस्रो कार्यकालका लागि चुनिएका हुन्।
जिल्ला सचिवमा प्रेम सम्बाहाम्फे र कोषाध्यक्षमा केशवराज पाण्डे निर्विरोध निर्वाचित भएका छन्। जिल्ला कार्यसमितिका सदस्यहरुमा भने मंगलबार निर्वाचन हुने भएको छ।