काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आफ्नो आसन्न भारत भ्रमणका एजेण्डाका विषयमा पूर्वप्रधानमन्त्रीसँग भेट्ने भएका छन्। प्रधानमन्त्रीले सोमबार चार बजे भारत भ्रमणका एजेण्डाका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा भारतस्थित नेपालका पूर्व राजदूतलाई भेट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालले जानकारी दिए।प्रधानमन्त्री ओलीले फागुन ७ देखि ११ भारत भ्रण हुने तयारी भइरहेको स्रोतले जनाएको छ। भारतसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेर हुने लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा नयाँ सन्धिसम्झौता भन्दा पनि पूर्व प्रतिबद्धता कार्यान्वयनलाई प्राथमिकतामा राखिने देखिएको छ।
दुवै सरकारले संयुक्त घोषणाहरुमा व्यक्त प्रतिबद्धता कार्यान्वयनको समीक्षा गर्दै कार्यान्वयनमा जोड दिने भएका छन्। उनले भारत भ्रमणअघि नै सर्वदलीय बैठकसमेत गर्नेछन्। प्रधानमन्त्रीको भ्रमणका लागि यसअघिका दुवै देशका प्रधानमन्त्रीहरुको साझा विज्ञप्तिमा उल्लेख भएका विषयहरुको कार्यान्वयन अवस्थाबारे समीक्षा सुरु भएको छ।