काठमाडौ- सिन्धुलीको एक कार्यक्रममा सहभागि हुन पुगेका उपराष्ट्रपति नन्द बहादुर पुनको स्वास्थमा अचानक समस्या देखिएपछि शनिबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
सिन्धुलीमा आयोजित तेम्बा साँस्कृतिक कार्यक्रमको लागि उपराष्ट्रपति पुन सिन्धुली पुगेका थिए। कार्यक्रम स्थलमानै उनको मुटुको चाल बढेको थियो। मुटुको चाल बढेर अप्ठेरो महसुस भए पछि सेनाको हेलिकप्टरबाट सैनिक अस्पताल छाउनी ल्याइएको थियो। उनको अहिले छाउनीमा उपचार भैरहेको र खतरा मुक्त गरेको पुनका छोरा दिपेश पुनले नागरिकन्युजलाई जानकारी दिए। उपराष्ट्रपति पुनलाई नेपाली सेनाको एम.आई १७ हेलिकप्टरद्वारा ४:४४ बजे वीरेन्द्र सैनिक अस्पताल ल्याइएको थियो।
सैनिक स्वास्थ्य महानिर्देशनालयका निर्देशक प्राविधिक उपरथी डा.किशोरजंग राणाका अनुसार हाल उनको स्वास्थ्य स्थिती सामान्य रहको तथा थप अनुसन्धान र उपचारको सैनिक अस्पताल, छाउनीमा नै भर्ना गरिएको छ।
पुनलाई सुरुमा आकस्मिक कक्षामा राखेर अक्सिजन दिए पनि स्वास्थमा सुधार आए पछि भिआइपी कक्षमा राखिएको छ। चिकित्सकले उनलाई केहि दिन आराम गर्न सुझाव दिएका छन्। पुन स्थलमार्ग हुँदै सिन्धुली पुगेका थिए।