नाकाबन्दीका विषयमा निर्णय गर्न शुक्रबार मोर्चाको बैठक
२१ माघ २०७२
•
६ मिनेट पाठ
नाकाबन्दीका विषयमा निर्णय गर्न शुक्रबार मोर्चाको बैठक
काठमाडौं–सरकारलाई दबाब दिन सुरु गरिएको सीमा नाका अबरोधले जनतालाई मात्र सास्ती पुगेको भन्दै आन्दोलनरत मधेसी मोर्चाले जारी आन्दोलनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ। मोर्चाको शुक्रबार बस्ने बैठकमा जारी आन्दोलनको स्वरुप परिपर्तन गर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन्।'एकै प्रकारको आन्दोलन लामोसमयसम्म चल्दा त्यसले लक्षित समुहलाई भन्दा पनि जनतालाई बढी सास्ती भयो,' मोर्चाका नेता एवं सघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले नागरिकन्युजसँग भने,'आन्दोलनलाई जारी राख्दै घोषित कार्यक्रममा परिवर्तन हुनसक्छ।'




नयाँ संविधान र सीमाकंनलगायतका विषयमा असहमति जनाउँदै साउन ३० देखि आन्दोलन गर्दै आएका छन्। मोर्चाले काठमाडौंको 'दानापानी' बन्द गराउने भन्दै मोर्चाले गत असोजदेखि सीमा नाकामा अबरोध गर्दै आएको छ। सरकारलाई दबाब दिन नाकाबन्दी गरेपनि त्यसले सरकारलाई भन्दा जनतालाई सास्ती भएको भन्दै सीमानाकाको अबरोध हटाउन मोर्चाभित्रै दबाब पर्दै आएको छ। सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महताले नाकाबन्दीले सरकारलाई भन्दा पनि जनतालाई सास्ती भएकाले मोर्चाको बैठकमा त्यस विषयमा छलफल हुने जानकारी दिए। उनले मोर्चाको बैठकमा नाकाबन्दी खोल्ने विषयमा औपचारिक प्रस्ताव राख्ने बताए।

बुधबार वीरगंज पुगेको मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरले पनि आन्दोलनको स्वरुपका विषयमा मोर्चाको बैठकमा छलफल हुने बताएका थिए भने केही दिन अगाडि तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र यादवले सर्वजनिक रुपमा नै नाकाबन्दीका विषयमा पुर्नविचार हुने बताएका थिए।

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको बैठकमा नेताहरुले नाकाबन्दी फिर्ता गरी काठमाडौं केन्द्रित आन्दोलन गर्न अध्यक्ष उपेन्द्र यादवमाथि दबाब दिएका थिए। प्रतिपक्ष कांग्रेससहित सत्तापक्षको गत सोमबार बसेको बैठकले मोर्चासँग वार्ता गर्न कार्यदल ब्यूताउने निर्णय गरेपछि मोर्चापनि नाकाको अबरोध हटाउन सहमत भएको एक नेताले बताए। 'लामोसमयदेखिको संवादहीनताको अवस्थालाई अन्त्य गर्दै पुन वार्ता गर्ने निर्णयलाई स्वागत योग्य मान्नुपर्छ,' ती नेताले भने,' कार्यदलस्तरमा वार्ता भइरहेकाले वार्ताको वातावरण बनाउन पनि नाकाको अबरोध हटाउने विषयमा मोर्चाको बैठकमा छलफल हुन्छ ।' माेर्चाकाे बैठक शुक्रबार बस्ने तय भएकाे छ।

मोर्चाले सुरुमा मुलुकका प्रमुख नाकामा अबरोध गरेको थियो। तर तराइमा खेतीको मौसम र बढ्दो चिसोका कारण आन्दोलनकारीको संख्यामा कमी आएपछि वीरगंज नाकामात्र मोर्चाले अवरोध जारी राखेको छ। 'देशको अन्य प्रमुख नाका पूर्णरुपमा खुल्ला भइसकेको छ,' महतोले भने, 'वीरगन्ज नाका किन बन्द गर्नुपर्यो।' नाका केन्द्रित भएरै आन्दोलन गर्ने हो भने सबै नाका बन्द गर्नपर्ने उनको भनाई थियो। वीरगन्ज नाकामात्र खुल्ला गरेर केही नहुने उनले बताए।

महतोले सरकारमाथि कुनै दबाब सिर्जना गर्न नसकेको स्वीकारे। 'सरकार हाम्रो मागप्रति गम्भीर छैन। वीरगन्ज नाकाले पनि सरकारलाई कुनै दबाब भएन। वीरगन्ज नाका बन्द गरेर जनतालाई मात्र दुःख भइरहेको छ,' उनले  भने। आन्दोलनका कारण तराई मधेसका जनता बढी पीडित बनेकाले आनदोलनको स्वरुप परिवर्तन गरेर जाने उनको भनाई थियो। 'नाकाबन्दी जारी नै राख्ने हो भने अन्य चारवटै नाका ठप्प पारौं, उनले भने, 'राजधानीमा बसेर नाकाबन्दी हुँदैन। नाकामै आएर नेताहरुले धर्ना बस्न पर्यो ।'

उनले मधेसीहरुको माग दिल्लीभन्दा युपी बिहारले सजिलै बुझ्नेगरेको बताए। 'मधेसको विषयमा युपी बिहारले जति सजिलै बुझछ, दिल्लीले बुझ्दैन,' उनले भने। उनका अनुसार मधेसी मोर्चाको आगामी बैठकमा नाकाबन्दी र स्वरुप परिवर्तनको विषयमा विस्तृत रुपमा छलफल हुनेछ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस