'आपतकाल'मा ८३ अर्ब संकलन
१८ माघ २०७२
•
१८ मिनेट पाठ
'आपतकाल'मा ८३ अर्ब संकलन
काठमाडौं- वैशाख १२ को भूकम्पयता नेपालका भूकम्पपीडितलाई आपतकालीन राहत (खाद्य–गैर खाद्य) सामग्री तथा सेवा उपलब्ध गराउन हालसम्म ८३ अर्ब रुपैयाँभन्दा बढी रकम उठेको पाइएको छ। उठेमध्ये अधिकांश रकम भूकम्पपछिको ८ महिना अवधिमा भूकम्पपीडितका नाममा खर्च भइसकेको छ।वैशाख १२ देखि पुस १६ (सन् २०१५ भित्र) सम्म विभिन्न दातृ राष्ट्र तथा निकाय, संयुक्त राष्ट्रसंघका विभिन्न निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ), गैरसरकारी संस्था (एनजिओ), विभिन्न संघसंस्था र नेपाल सरकारले उक्त रकम भूकम्पपीडितका नाममा संकलन गरी खर्चेका हुन्। उनीहरुले प्रतिबद्धता गरेअनुसार अझै साढे ३४ अर्ब रुपैयाँ बराबरको राहत र सेवा भूकम्पपीडितलाई उपलब्ध गराउन बाँकी छ।




नागरिकलाई प्राप्त रिपोर्टका अनुसार ५० वटा दातृ राष्ट्र तथा निकायले भूकम्पपछिको ८ महिना अवधिमा भूकम्पपीडितका लागि आपतकालीन राहत भन्दै करिब ३८ अर्ब ५ करोड ८५ लाख २७ हजार ३ सय ७६ रुपैयाँ उपलब्ध गराएका छन्। विभिन्न १ सय २५ भन्दा बढी आइएनजिओ, एनजिओ तथा संघसंस्थाले १७ अर्ब ६१ करोड ५३ लाख ४४ हजार ९ सय ६८ रुपैयाँ प्राप्त तथा उठाएका छन्। संयुक्त राष्ट्रसंघको सेन्ट्रल इमर्जेन्सी रेसपोन्स फन्ड (सिइआरएफ)ले करिब २ अर्ब ६ करोड ४२ लाख ८१ हजार ३ सय २८ रुपैयाँ विभिन्न निकायमार्फत भूकम्पपीडितलाई उपलब्ध गराएको छ।

माथि उल्लेख गरिएको रकम भूकम्पपीडितका नाममा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुन आएको रकमभन्दा बाहिरको हो। प्रधानमन्त्री कोषमा भूकम्पपछि अर्थ मन्त्रालयसहित १ हजार २ सय ७८ व्यक्ति तथा संघसंस्था र दाताले २३ अर्ब १५ करोड ३ लाख ४० हजार ६ सय ७८ रुपैयाँ जम्मा गरेका थिए। अर्थ मन्त्रालयले मात्र कोषमा १५ अर्ब ५२ करोड ५६ लाख ७० हजार रुपैयाँ जम्मा गरेको थियो। कोषमा जम्मा भएको कुल रकममध्ये २१ अर्ब ६६ करोड २ लाख ७० हजार रुपैयाँ भूकम्मपीडितको नाममा निकासा भइसकेको छ।

रिपोर्टअनुसार भूकम्पपीडितका नाममा प्रधानमन्त्री कोषमा जम्मा भएको रकम मात्र सरकारले खर्च गरेको छ। भूकम्पपीडितका नाममा उठेको बाँकी ५९ अर्ब ७९ करोड १ लाख ५३ हजार ६ सय ७२ रुपैयाँ राष्ट्रसंघका विभिन्न निकाय, दातृ राष्ट्र तथा निकाय, आइएनजिओ, एनजिओ र संघसंस्थाले राहतमा खर्च गरेका छन् र गर्दैछन्।

वैशाख १२ को ७.६ म्याग्निच्युड स्केलको विनाशकारी भूकम्पलगत्तै राष्ट्रसंघले ५ महिनाका लागि नेपालका भूकम्पपीडितलाई आपतकालीन राहत उपलब्ध गराउन ४२ अर्ब रुपैयाँ लाग्ने जनाउँदै दातृ राष्ट्र तथा निकायसँग अपिल गरेको थियो। राष्ट्रसंघले अपिल गरेभन्दा भूकम्पपीडितका लागि 'डबल' रकम तथा राहत जम्मा भएको छ। तर राष्ट्रसंघले भनेजस्तो भूकम्पपीडितको दैनिकी भने सहज भएको छैन। जाडोमा न्यानो ओढ्ने ओछ्याउने कपडा, आवासको व्यवस्था नहुँदा चिसोले दर्जनभन्दा बढी भूकम्पपीडितले ज्यान गुमाइसकेका छन्।

भूकम्पपछि अन्तर्राष्ट्रिय सयौं संघसंस्थाले नेपालका भूकम्पपीडितका लागि भन्दै रकम संकलन गरेका थिए। तीमध्ये केहीलाई मात्र रिपोर्टमा समेटिएको छ। कति संघसंस्था यस्तो कार्यमा संलग्न थिए, कतिले कति रकम उठाए, कति रकम भूकम्पपीडितकोमा पुग्यो विवरण नेपालको सरकारी निकायसँग छैन। भूकम्पपछि एक्सन एड, एक्सन एगेन्स्ट हंगर, एडिआरए, एयरलिंक, अल ह्यान्ड्स भोलेन्टियर्स, अमेरिकेयर्स, अमेरिकन ज्युइस जोइन्ट डिस्ट्रिव्युसन कमिटी, अमेरिकन रेडक्रस, आनन्द मार्ग युनिभर्सल रिलिफ टिम (एएमयुआरटी), बिआरएसीले नेपालको भूकम्पपीडितको सहयोगका लागि अपिल गरेका थिए।

भूकम्पपीडितको सहयोगार्थ अपिल गर्ने अन्य संस्थामा केयर युएसए, कन्सर्न वर्ल्डवाइड, क्याथोलिक रिलिफ सर्भिसेज (सिआरसी), कन्भे अफ होप, चाइल्ड फन्ड, क्रिस्चियन ब्लाइन्ड मिसन, डाइरेक्ट रिलिफ, डक्टर्स अफ द वर्ल्ड, गोल ग्लोबल, ग्लोबल गिभिङ, ह्याबिटाट फर ह्युमनिटी, हर्ट टु हर्ट इन्टरनेसनल, ह्यान्डिक्याप इन्टरनेसनल, हेइफर इन्टरनेसनल, हेल्पएज युएसए, हेल्पिङ ह्यान्ड, इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिज (आइएफआरसी), इन्टरनेसनल मेडिकल क्रप्स (आइएमसी), इस्लामिक रिलिफ युएसए र लुथरन वर्ल्ड रिलिफ थिए।

यस्तै, मेडएयर, मर्सी क्रप्स, मेनोनाइट सेन्ट्रल कमिटी, अक्सफाम अमेरिका, प्लान युएसए, प्लान इन्टरनेसनल, प्रोजेक्ट सियुआरई, प्रोजेक्ट होप, रिलिफ इन्टरनेसनल, रिसर्ज इन्टरनेसनल, द साल्भाटेसन आर्मी, समरिट्यान्स पर्स, सेभ द चिल्ड्रेन, सोसाइटी अफ सेन्ट भिनसेन्ट डे पौल (एसभिडिपी), युएन वर्ल्ड फुड प्रोग्राम, युनिसेफ, वर्ल्ड कन्सर्न, वर्ल्ड एजुकेसन, वर्ल्ड फुड प्रोग्राम युएसए, वर्ल्ड निग्वोर्स र वर्ल्ड भिजनले पनि भूकम्पपीडितको सहयोगका लागि अपिल गरेका थिए। यसरी अपिल गर्ने संघसंस्थाको सूची निकै लामो छ।

कसले कति सहयोग गरे
आपतकालीन राहतका लागि सबैभन्दा बढी अमेरिकाले करिब ७ अर्ब ६८ करोड रुपैयाँ सहयोग गरेको छ। अमेरिकाले २५ भन्दा बढी आइएनजिओ, एनजिओ तथा संघसंस्थालाई ३५ वटा परियोजनाका लागि उक्त रकम उपलब्ध गराएको छ। त्यसपछि नर्वेले करिब ३ अर्ब ४१ करोड रुपैयाँ गरेको छ। नर्वेले ४२ वटा परियोजनाका लागि उक्त रकम विभिन्न संघसंस्थालाई प्रदान गरेको हो।

तेस्रो नम्बरमा बेलायत छ। बेलायतले भूकम्पपीडितका लागि करिब ३ अर्ब २७ करोड रुपैयाँ दिएको छ। बेलायतले १९ वटा परियोजनाका लागि उक्त रकम उपलब्ध गराएको थियो। चौथो स्थानमा रहेको युरोपेली युनियन (इयु)ले २४ वटा परियोजनाका लागि करिब २ अर्ब ७९ करोड रुपैयाँ दिएको छ। त्यसपछि चीनले ३ वटा परियोजना मार्फत २ अर्ब ४३ करोड रुपैयाँ भूकम्पपीडितका नाममा दिएको छ।

नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने सूचीको छैठौं स्थानमा राष्ट्रसंघको सेन्ट्रल इमर्जेन्सी रेस्पोन्स फन्ड (सिइआरएफ) छ। सिइआरएफले भूकम्पपछि सन् २०१५ का लागि आपतकालीन सहयोग भन्दै करिब २ अर्ब ६ करोड रुपैयाँ उपलब्ध गरेको थियो। सिइआरएफले आफ्नो सहयोग राष्ट्रसंघकै अन्य निकाय डब्लुएफपी, युनिसेफ, डब्लुएचओ, युएनएफपिए र आइओएम मार्फत नेपाललाई उपलब्ध गराएको हो। सिइआरएफले सन् २०१५ मा यमन, सिरिया, इथोपिया, सोमालिया र सुडानपछि ठूलो आपतकालीन सहयोग नेपाललाई उपलब्ध गराएको थियो।

सातौं स्थानमा रहेको क्यानडाले नेपालका भूकम्पपीडितलाई २ अर्ब २ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गरेको छ। २५ वटा परियोजना मार्फत क्यानडाले उक्त रकम नेपालका भूकम्पपीडित उपलब्ध गराएको हो। क्यानडापछि जापानले भूकम्पपीडितलाई ठूलो सहायता उपलब्ध गरेको छ। जापानले १ अर्ब ७६ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गरेको छ। नवौं स्थानमा रहेको थाइल्यान्डले करिब १ अर्ब ६४ करोड र दसौं स्थानमा रहेको अस्ट्रेलियाले १ अर्ब ३० करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ।

भूकम्पपछि ४१ वटा दातृ निकायले नेपालका भूकम्पपीडितलाई भन्दै २ अर्ब २८ करोड १ लाख ५६ हजार २ सय ६४ रुपैयाँ उपलब्ध गराएका छन्। यस्तै, विभिन्न ८४ संघसंस्थाले करिब १५ अर्ब १३ करोड रुपैयाँ उपलब्ध गराएका छन्।

कसले कति पाए
दातृ राष्ट्र तथा निकाय र संघसंस्थाले आइएनजिओ, एनजिओ, राष्ट्रसंघीय निकाय र संघसंस्थामार्फत विभिन्न परियोजना सञ्चालन गरी भूकम्पपीडितलाई राहत उपलब्ध गराएका हुन् भने केहीले उपलब्ध गराइरहेका छन्। विभिन्न १ सय ९ दातृ राष्ट्र तथा निकाय, आइएनजिओ र संघसंस्थाले नेपालको भूकम्पपीडितलाई भन्दै बालबालिका सम्बन्धी संयुक्त राष्ट्रसंघको कोष (युनिसेफ) लाई करिब १३ अर्ब ४२ करोड रुपैयाँ प्रदान गरेका छन्। राष्ट्रसंघकै अर्को निकाय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले करिब ६ अर्ब १९ करोड रुपैयाँ विभिन्न ३२ दातृ राष्ट्र तथा निकायबाट प्राप्त गरेको छ।

बेलायतको अन्तर्राष्ट्रिय संस्था अक्सफामले ३२ दातृ राष्ट्र तथा निकाय र संघसंस्थाबाट नेपालको भूकम्पपीडितका लागि भनी करिब २ अर्ब ४७ करोड रुपैयाँ प्राप्त गरेको छ। आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम)ले करिब १ अर्ब ९१ करोड रुपैयाँ पाएको छ भने युनाइटेड नेसन पपुलेसन फन्डले ३८ करोड ७९ लाख रुपैयाँ विभिन्न १७ निकायबाट पाएको छ।

इन्टरनेसनल फेडरेसन अफ रेडक्रसले विभिन्न १२ वटा निकायबाट नेपालको भूकम्पपीडितका लागि भनी करिब १ अर्ब ९६ करोड ५९ लाख रुपैयाँ प्राप्त गरेको छ। सेभ द चिल्ड्रेनले करिब ९८ करोड ५५ लाख विभिन्न निकायबाट प्राप्त गरेको छ। विश्व स्वास्थ्य संगठनले करिब ७१ करोड ६० लाख रुपैयाँ, प्लान इन्टरनेसनलले करिब ४१ करोड २८ लाख रुपैयाँ, एजेन्सी फर टेक्निकल कोअपरेसन एन्ड डेभलपमेन्टले करिब ६२ करोड ७९ लाख, राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले ५८ करोड ६६ लाख रुपैयाँ र केयर नेपालले करिब ४४ करोड ८५ लाख रुपैयाँ पाएका छन्।

दातृ राष्ट्र तथा निकायले भूकम्पपीडितलाई राहतस्वरुप उपलब्ध गराएको रकममध्ये संयुक्त राष्ट्रसंघका निकाय आइओएम, डब्लुएफपी, युनिसेफ, फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन, मानवीय सहायत सम्बन्धी कार्यालय, युएनडिपी, शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय, ह्युमन सेटलमेन्ट प्रोग्राम (युएन–ह्याबिटाट), पपुलेसन फन्ड र विश्व स्वास्थ्य संगठनले मात्र करिब २४ अर्ब ७६ करोड रुपैयाँ प्राप्त गरेका छन्।

विभिन्न १ सय ५७ एनजिओले भूकम्पपीडितका लागि भन्दै दातृ राष्ट्र तथा निकायबाट करिब ११ अर्ब ५८ करोड रुपैयाँ बुझेका छन्। बिभिन्न ४७ रेडक्रस/रेडक्रिसेन्ट संस्थाले करिब ४ अर्ब ३७ करोड रुपैयाँ प्राप्त गरेका थिए। यस्तै, ८ निजी संघसंस्था तथा फाउन्डेसनले २४ करोड ९७ लाख रुपैयाँ बुझेको देखिन्छ।

भूकम्प प्रभावित दुर्गम पहाडी जिल्लामा हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरिरहेको राष्ट्रसंघीय निकाय डब्लुएफपीले वैशाख १२ देखि पुस १६ को अवधिमा हेलिकप्टर उडानमा मात्र करिब १ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ सकिएको छ। डब्लुएफपीले प्रोफेसनल र जनरल सर्भिस स्टाफका लागि मात्र भूकम्पपीडितलाई आएको रकममध्ये करिब १ अर्ब ३४ करोड ८२ लाख रुपैयाँ खर्चेको छ।

प्रधानमन्त्री राहत कोषमा जम्मा भएको बाहेक विभिन्न दातृ राष्ट्र तथा निकाय, आइएनजिओ, एनजिओ र संघसंस्थाले भूकम्पपीडितलाई हालसम्म करिब ५९ अर्ब ७९ करोड रुपैयाँ उपलब्ध गराएका थिए। यो रकमको २३ प्रतिशत युनिसेफले प्राप्त गरेको छ भने १०.९ प्रतिशत डब्लुएफपीले। यही रकमको ४.३ प्रतिशत बेलायती संस्था अक्सफामले र ३.९ आइओएमले प्राप्त गरेका थिए। त्यसपछिको ठूलो हिस्सा इन्टरनेसनल फेडरेसन अफ रेडक्रसले ३.४ प्रतिशत, सेभ द चिल्ड्रेनले १.९ प्रतिशत, थाई रेडक्रस सोसाइटीले १.६ प्रतिशत र बेलायतको डिजास्टर इमर्जेन्सी कमिटीले १.४ प्रतिशत रकम पाएका थिए।

कुन क्षेत्रमा कति
केही दातृ राष्ट्र तथा निकाय, आइएनजिओ र संघसंस्थाले भूकम्पपीडितका लागि आपतकालीन सहायता रकम उपलब्ध गराउँदा क्षेत्र किटान गरेर उपलब्ध गराएका थिए। दाताहरुले कृषिक्षेत्रमा राहत उपलब्ध गराउन करिब ६४ करोड रुपैयाँ प्रदान गरेका थिए। समन्वय र सहायता सेवाका लागि ८ अर्ब ४६ करोड रुपैयाँ उपलब्ध गराएका छन्। दाताहरुले आपतकालीन आर्थिक पुनरुत्थान र पूर्वाधार निर्माणका लागि १ अर्ब ५७ करोड रुपैयाँ दिएका थिए।

यस्तै, शिक्षा क्षेत्रका लागि १३ अर्ब ५२ रुपैयाँ, खाद्यान्नका लागि ३ अर्ब ६५ करोड, स्वास्थ्य सेवाका लागि ३ अर्ब ८७ करोड, मानवअधिकार संरक्षणका लागि १ अर्ब ३७ करोड रुपैयाँ, आपतकालीन आवास र गैर खाद्य सामग्रीका लागि ९ अर्ब ४ करोड रुपैयाँ, खानेपानी र सरसफाइका लागि २ अर्ब ९३ करोड रुपैयाँ छुट्याइएको थियो। कुनै क्षेत्र नछुट्याई २३ अर्ब ६२ करोड रुपैयाँ उपलब्ध गराइएको थियो। अन्य विविध क्षेत्रका लागि ३० करोड रुपैयाँ राखिएको थियो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस