काठमाडौं-प्रमुख राजनीतिक दल र आन्दोलनरत मधेसी मोर्चा प्रदेशको सीमांकन राजनीतिक संयन्त्रमार्फत टुङ्ग्याउनेसहितको विषयमा पुनः छलफल अघि बढाउने सहमत भएका छन्। बैठकले कार्यदललाई व्युँताउने सहमति गरेको छ।
एघार दिनपछि भएको सिंहदरवारस्थित संसद सचिवालयमा बसेको दुवै पक्षका शीर्ष नेताहरुको बैठकले राजनीतिक संयन्त्रको कार्यादेशको बारेमा सहमति खोज्ने जिम्मेवारी कार्यदललाई दिने निष्कर्ष निकालेको हो।
'आज भएको बैठकमा कार्यदलमा भएको सहमतिबाट अघि बढेर छलफल टुङग्याउने निष्कर्ष निकालेको छ,' एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ।
मधेसी मोर्चाको मागको विषयमा कार्यदलमा सहमति जुट्न नसकनेपछि माघ ७ गतेबाट प्रमुख दल र मधेसी मोर्चाबीच संवाद टुटेको थियो
।