काठमाडौं–राप्रपा नेपालले वार्ता टोलीको पुनर्गठन गरेको छ। सोमबार विहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपाध्यक्ष राजीव पराजुलीको नेतृत्वमा वार्ता टोली पुनर्गठन गरेको हो। यसअघि सहअध्यक्ष केशरबहादुर विष्टको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो।पुनर्गठित वार्ता टोलीमा निरजंन थापा, राजेन्द्र लिङदेन, धवल शमशेर राणा र मोहन श्रेष्ठ छन्। वार्ता टोलीलाई राप्रपासँग एकताका लागि वार्ता गर्ने जिम्मेवारी दिइएको सहप्रवक्ता मोहन श्रेष्ठले जनाए।
यसैगरी बैठकले आगामी फागुन पहिलोसातादेखि हिन्दु जागरण सभा गर्ने निर्णय गरेको छ। इहटरी, वीरगंज, बुटवल, दाङ र धनगढीमा हिन्दु जागरण सभा गर्ने बैठकले निर्णय गरेको हो।
यसैगरी बैठकले आगामी फागुन पहिलोसातादेखि हिन्दु जागरण सभा गर्ने निर्णय गरेको छ। इहटरी, वीरगंज, बुटवल, दाङ र धनगढीमा हिन्दु जागरण सभा गर्ने बैठकले निर्णय गरेको हो।