दुई घण्टा कुराएर प्रधानमन्त्रीले भने– 'हामी समयसँगै कुद्नुपर्छ'
१५ माघ २०७२
•
४ मिनेट पाठ
दुई घण्टा कुराएर प्रधानमन्त्रीले भने– 'हामी समयसँगै कुद्नुपर्छ'
काठमाडौं– कम्प्युटर एशोसिएशन नेपालले आयोजना गरेको क्यान इन्फोटेक मेलाको उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा निम्त्याइएका थिए, प्रधानमन्त्री केपी शार्मा ओली।बिहान ११ बजेका लागि तोकिएको उद्घाटन कार्यक्रमका लागि प्रधानमन्त्री ओली दुई घण्टा ढिलो गरी कार्यक्रमस्थल पर्यटन बोर्डको सभाकक्ष प्रदर्शनीमार्ग पुगेका थिए। हतारहतार गरी समयमै पर्यटनबोर्डको सभाकक्षमा पुगेको ओलीकै क्यानेट मन्त्री शेरधन राइले पनि ओलीको पर्खाइमा दुई घण्टा बिताउनु प¥यो।

कार्यक्रम स्थलमा राखिएका पत्रपत्रिका पढ्ने, उपस्थित व्यक्तिव्यक्तित्वसँग भलाकुसारी गर्ने र चियापान गर्ने जस्ता समय बिताउने अनेक उपाय गरिसक्दा पनि प्रधानमन्त्री नआइपुग्दा सायद सञ्चारमन्त्री राई पनि दिक्दारिएका थिए। तर, आफ्ना प्रधानमन्त्रीको आदतबारे परिचित राईले दिक्दारी प्रदर्शन भने गरेनन् । कार्यक्रममा उपस्थित सर्वसाधारण भने हाइ काढ्दै थिए। उद्घोषकले बेला बेला हाम्रो कार्यक्रम शुरु हुनै लाग्यो भनेर उद्घोष गरिरहँदा सहभागिहरुले हाँसो थाम्न सकिरहेका थिएनन्। यस्तैमा करिब १ बजे प्रधानमन्त्रीको आगमन भयो सभाकक्षमा ।

केही समयको औपचारिक कार्यक्रमपछि प्रधानमन्त्रीले आफ्नो सम्बोधनको क्रममा भने, 'सारा विश्व अघिअघि र हामी चाहिँ समयभन्दा पनि पछिपछि कुद्नु पर्ने केही आवश्यकता छैन।' प्रधानमन्त्रीको यस्तो भनाइप्रति तत्कालै प्रतिक्रियाहरु शुरु भए। 'तोकिएको समयभन्दा आफै दुई घण्टा ढिलो आउने अनि समयसँगै कुद्न सिकाएर कसरी हुन्छ?,' उपस्थित मध्ये केहीको खासखुस सुनिँदै थियो। हाल आएर नेपालका केही युवाहरु पनि आशावादी हुँदै समयसँगै कुद्ने कोशिस गरिरहेको उनले बताए।

'बंगबन्धु कप फुटबलमा हाम्रा युवा पनि समयसँगै कुदेर जिते, आईसीसी यू–१९ विश्वकप क्रिकेटमा पनि न्यूजिल्याण्डलाई जिते,' उनले भने, 'पहिला पनि समयसँगै कुदेको भए जितिन्थ्यो। नजित्नु पर्ने कारण के थियो र। अरुदेशका युवाहरुसँग हाम्रो देशका बुढाहरुले खेलेका त थिएनन् नि।यसैगरी हामीले सबै क्षेत्रमा जित हात पार्नु पर्छ।' उनले यसो भनिरहँदा पर्यटन बोर्डको हल नै हाँसोले गञ्जिएको थियो। अरुले अन्वेषण र आविश्कार गरिसकेको कुरालाई पच्छ्याएर मात्रै नभई नेपालले पनि समयसँगै हर क्षेत्रमा विकासको नेतृत्व लिनु पर्ने प्रधानमन्त्रीको भनाई थियो।

फरक राजनीतिक प्रसंगमा प्रधानमन्त्री ओलीले नाकाबन्दीले हिसाबै राख्न नसकिने गरी ध्वस्त पारेको नेपाली अर्थतन्त्रलाई जोगाउन पनि सूचना प्रविधिको विकासले सहयोग पुग्ने विश्वास व्यक्त गरे। 'दक्षिणतिर नाकाबन्दी गरेको छ भनेर कोही भन्दैन। तर सामान आउँदैन, जोगीले फेरी लगाएजस्तै आकाशे बाँधुँ पताले बाँधु भट्याएर खरानीको रेखी हालेर गरेको नाकाबन्दी पनि अब त खुल्छ। खुल्ने अवस्थामा पुगिसकेको छ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस