काठमाडौं–नेपाली कांग्रेसले आफ्नो कार्यक्रममा कुनै अवरोध नगर्न आन्दोलनरत मधेसी दललाई आग्रह गरेको छ। आन्दोलतरत मधेसी दलहरुले अन्य राजनीतिक दलहरुलाई गतिविधि गर्न आवरोध पुर्याउँदै आएपछि कांग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशन प्रतिनिधि छनोटका लागि गाउँ, क्षेत्र र जिल्लाको कार्यक्रममा कुनै अवरोध नगर्ने आग्रह गरेको हो।माघ १५ गतेदेखि महाधिवेशनका लागि प्रतिनिधि छनोट कार्यक्रम गर्दै छ। ‘जिल्ला, क्षेत्र र गाउँका प्रतिनिधि छनोट सुरु हुँदैछ। त्यस्तो कार्यक्रममा कुनै प्रकारको अवरोध नगर्ने आन्दोलनरत मधेसी दलहरुलाई आग्रह गरिएको छ,’ केन्द्रीय सदस्य श्याम घिमिरेले भने, ‘सरकारलाई पनि आवश्यकता अनुसार सुरक्षा व्यवस्था काम गर्नका लागि आह्वान गरिएको छ।
स्थानीय प्रशासनलाई यसका लागि समन्वय गरिने छ।’ मधेसमा जारी संकटलाई ध्यान दिँदै कांग्रेसले आफ्नो प्रतिनिधि छनौटका कार्यतालिकासमेत परिमार्जन गरेको छ। माघ १५ गते एकै पटक गाउँको प्रतिनिधि छनोटका हुने पूर्व व्यवस्थालाई स्थानीय स्तरमा सहज हुने गरी तलमाथि गर्न छुट दिने निर्णयसमेत बैठकले गरेको छ।
यसैबीच प्रदेश नम्बर २का केन्द्रीय सदस्य तथा सांसदहरुको संसदीय दलको बैठकमा भएको बैठकले पनि मधेशी मोर्चालाई कार्यक्रममा कुनै अवरोध नगर्ने आह्वान गरेको छ । बैठकले जिल्ला, क्षेत्र र गाउँका नेतृत्वलाई पनि कुनै प्रकारको द्वन्द्व सिर्जना नहुने गरी कार्यक्रम आयोजना गर्न आह्वान गरेको छ।
कांग्रेस केन्द्रीय सदस्य बिमलेन्द्र निधीको अग्रसतामा सो भेला आयोजना गरिएको थियो। आन्दोलरत मधेशी मोर्चाले संविधानमा जारी गर्ने सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाएका छन् भने अन्य राजनीतिक दलहरुको कार्यक्रममा समेत अवरोध गर्दै आएका छन्। कांग्रेसले मधेसशको माग सम्बोधन गर्न संसदबाट संविधान संशोधन भएकोमा खुशी व्यक्त गरेको छ।