'मनमोहन विधेयक नफर्काए आन्दोलन'
१० माघ २०७२
•
१३ मिनेट पाठ
'मनमोहन विधेयक नफर्काए आन्दोलन'
काठमाडौं-चिकित्सा शिक्षामा व्याप्त विकृतिको विरोध गर्दै यसका लागि भएको सुधार प्रयासमा सघाउने गरी देशका विभिन्न क्षेत्र र पेसामा संलग्न नागरिक अगुवा आन्दोलिन भएका छन् ।




चिकित्सा क्षेत्रमा राजनीतिक संरक्षणले मौलाएको 'मेडिकल माफिया' विरुद्ध संगठित रुपमा आवाज उठेको हो । राजनीतिक संरक्षण र माफियाको प्रभाव र प्रलोभनमा परेर मनपर्दी गर्दा पनि समाजका विभिन्न पेसा र व्यवसायका नागरिकले व्यक्तिगत रुपमा बाहेक संगठित रुपमा आवाज मुखरित गरेका थिएनन् ।

पछिल्लो पटक निजी लगानीमा सञ्चालित अस्पताललाई चिकित्सा शिक्षा पढाउने गरी अनुमति दिन सरकारले ऐन नै बनाएर संसदमा पु¥याएपछि उनीहरुले सरकारको यो कदमविरुद्ध उठ्न आम नागरिकलाई समेत आग्रह गरेका छन् । चिकित्सा शिक्षासम्बन्धी गत वर्ष गठित कार्यदल संयोजक एवं त्रिवि उपकुलपति केदारभक्त माथेमाको अगुवाइमा आइतबार ४५ भन्दा बढी नागरिक अगुवाले सरकार र संसदको समेत ध्यानाकर्षण गराएका छन् ।

सरकार र संसदका नाममा जारी ध्यानाकर्षण पत्रमा नाफामूलक संस्थालाई प्रतिष्ठानको स्वरुप दिने गरी संसदमा पुगेको विधेयक तत्काल फिर्ता लिन माग गरिएको छ । नाफामूलक संस्थाविशेषका लागि संसदले छुट्टै ऐन जारी गर्दा चिकित्सा शिक्षामा नयाँखाले विकृति सुरु हुने भन्दै अगुवाहरुले अन्यथा कडा आन्दोलनको चेतावनीसमेत दिए ।

उनीहरुले सोमबारदेखि आठांै आमरण अनशनको घोषणा गरेका डा.गोविन्द केसीलाई समेत तत्कालका लागि अनशन रोक्न आग्रह गरेका छन् । अगुवाहरुले सरकारले विधेयक फिर्ता नलिएर केसीको अनशनमा साथ दिने उद्घोषसमेत गरे । ध्यानाकर्षण पत्र तयार गर्नुअघि शनिबार राजधानीमा भेला नै गरेर उनीहरूले यस्तो रणनीति बनाएका थिए ।

अभियान अगुवाइकर्ता माथेमाले ऐक्यबद्धताका लागि व्याप्त चासो र इच्छा जाहेर भइरहेको भन्दै अभियान विस्तारसहित दबाब बढाउँदै लाने योजना रहेको सुनाए । उनले सरकारले कार्यदलको प्रतिवेदन, संसदीय मर्यादा र सामान्य नैतिकतालाई समेत बिर्सिएर सत्ता र संसदको दुरुपयोग गरेपछि बाध्य भएर यस्तो कदम चाल्नुपरेको बताए । 'यो विकृतिविरुद्ध उठेको आवाजलाई एकीकृत गर्ने जमर्को मात्रै हो,' उनले भने ।

सम्बन्धनका लागि सत्ता र राजनीतिक शक्ति दुरुपयोग गर्दै सम्बन्धन पर्खाइमा रहेको मनमोहन मेडिकल कलेजलाई एमबिबिएस पढाउने स्वीकृति संसदमा रहेको शक्तिको समेत दुरुपयोग गरी विधेयक लगेपछि पछिल्लो चेतावनी आएको हो । सरकारले संसदमा लगेको विधेयक विचार गरियोस् भन्ने प्रस्ताव र संसदीय समितिमा पठाउने प्रस्ताव दुवै पास भइसकेका छन् ।

पछिल्लोपटक विधेयक पुगेको संसदको महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिमा मनमोहनकै सञ्चालकहरुको वर्चस्व छ । उनीहरुले विधेयक पास गर्न अन्य दलका प्रमुख सचेतक एवं समितिमै रहेका सासंदलाई भेटेर अवरोध नगर्न भन्दै लबिङसमेत गरिरहेका छन् । माथेमाले संसदीय समितिमा स्वार्थको द्वन्द्व सृजना भएकोसमेत औंल्याए । 'त्यति सम्मानित नेताको नाममा सरकारी कलेज खोल्ने हो भने कसले विरोध गर्छ ?' उनले भने, 'नाफामूलक संस्थाका लागि छुट्टै कानुन बनाउन खोज्नु प्राज्ञिक मान्यता र मर्यादाविपरीत छ ।'

हस्ताक्षरकर्तामा पूर्व मन्त्रीहरुदेखि, विश्वविद्यालयका उपकुलपति, पूर्व निर्वाचन आयुक्त, सरकारका मुख्य सचिव एवं सचिवहरु, चिकित्सक प्राध्यापक, अधिकारकर्मी एवं वरिष्ठ पत्रकारसमेत छन् । उनीहरुले देश तथा विदेशमा रहेका नेपालीलाई यो दबाबमूलक अभियानमा साथ दिन आह्वान गरेका छन् ।

ध्यानाकर्षण पत्रमा नेपालले स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनमा अभूतपूर्व उपलब्धि हासिल भएको भन्दै यी उपलब्धिसँगै पछिल्ला वर्षमा थुप्रै विकृति र विसंगति चुलिँदै गएको समेत उल्लेख गरिएको छ । 'विकृतिले जनताको आधारभूत अधिकारसँग जोडिएको स्वास्थ्य सेवालाई नै जोखिममा पार्दै लगेको छ,' ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

उनीहरुले विकृतिको पृष्ठभूमिमा चिकित्सा शिक्षामा देखिएका चुनौतीलाई सही ढंगले सम्बोधन गर्ने उद्देश्यले नेपाल सरकारले करिब एक वर्षअघि केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको स्मरण गराएका छन् । 'उक्त कार्यदलले चिकित्सा क्षेत्रका विद्यमान समस्या र भविष्यमा आइपर्ने चुनौतीलाई सम्बोधन गर्ने गरी चिकित्सा शिक्षा नीति सिफारिस गरेको थियो,' पत्रमा उल्लेख गरिएको छ ।

कार्यदलकै सिफारिसका आधारमा माघ ८ गते मन्त्रिपरिषदले गठन गरेको आयोगको भने स्वागत गरेको छ । उनीहरुले यही आयोगले तयार पार्ने चिकित्सा शिक्षा नीतिलाई ऐनमार्फत व्यवस्थित गर्न मागसमेत गरेका छन् । 'नेपाल सरकारले एकातिर माथेमा प्रतिवेदनका प्रमुख सिफारिसको अपनत्व ग्रहण गरी त्यसकै आधारमा चिकित्सा शिक्षा आयोग गठन गरेको छ भने अर्कातिर यो प्रतिवेदनको सुझाव र मर्म प्रतिकूल हुने कदम पनि चालेको छ' पत्रमा भनिएको छ, 'एउटा नाफामूलक निजी संस्थालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूप दिन कानुन नै निर्माण गर्ने गरी सरकारले विधेयक अघि बढाएको छ ।'

अगुवाहरुले निजी संस्थालाई प्रतिष्ठान बनाउने कदम विश्वव्यापी प्राज्ञिक मूल्य, मान्यता र मर्यादाविरुद्ध र राज्यले चिकित्सा शिक्षा सुधारका लागि गरेका प्रतिबद्धताविरुद्ध भएको ठहर गरेको समेत पत्रमा जनाएका छन् ।

अगुवाहरुले कुनै पनि नाफामूलक संस्थालाई प्रतिष्ठान बनाउने गरी छुट्टै कानुन निर्माण गर्नु कानुनकै सिद्धान्तविपरीत काम भएको भन्दै यस्तो कामले गरिमामय संसदको नै अवमूल्यन हुने बताएका छन् ।

यो नजिरले चिकित्सा क्षेत्रमा भविष्यमा थप विकृति र जटिलता ल्याउने निश्चित रहेको भन्दै ध्यानाकर्षण पत्रमा 'उक्त विधेयक तत्काल फिर्ता गर्न नेपाल सरकारसामु तथा त्यससम्बन्धी प्रक्रिया अघि नबढाउन सम्मानित व्यवस्थापिका संसदसामु हामी जोडदार माग गर्दछौं' लेखिएको छ ।

अगुवाहरुले ध्यानाकर्षण पत्रमार्फत नै चिकित्सा क्षेत्र सुधारका लागि सोमबारदेखिको घोषित आमरण अनशन कार्यक्रम फिर्ता लिन डा. केसीसँग आग्रह गरेका छन् । उनीहरुले केसीको लडाइँप्रति सराहना गर्दै डा. केसीले आठौंपटक अनशन बस्नु नपरीकनै सरकार र संसदले जिम्मेवारीपूर्वक उक्त विधेयक फिर्ता गर्ने वातावरण मिलाउनेछन् भन्ने अपेक्षा आफूहरूले राखेको पनि जनाएका छन् ।

ध्यानाकर्षण पत्रमा विश्वव्यापी प्राज्ञिक मूल्य, मान्यता, मर्यादा र राज्यले चिकित्सा शिक्षा सुधारका लागि गरेका प्रतिबद्धता विपरीत ल्याइएको यो विधेयक फिर्ता गर्न सरकार र संसदले पहलकदमी लिएनन् भने उक्त विधेयकविरुद्ध आफूहरु डा. केसीसँगै उभिनेसमेत जनाएका छन् । यो अवस्था आए यसले ल्याउने परिणाममा सरकारकै जिम्मेवारी हुनेसमेत उनीहरुले जनाएका छन् ।

अगुवाहरुले आम नागरिकलाई पनि स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारको यो अभियानमा सरिक हुन आह्वान गरेका छन् । त्यसका लागि हस्ताक्षर अभियान चलाउने र अनलाइन हस्ताक्षर अभियानका लागि चेन्ज डट ओआजीमार्फत पेटिसनसमेत सार्वजनिक गरेका छन् ।

ध्यानाकर्षण पत्रमा माथेमासहित चिकित्सा शिक्षा कार्यदलका हस्ताक्षरकर्ता केयुका पूर्व उपकुलपति सुरेशराज शर्मा, आइओएमका पूर्व डिन डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । त्यसैगरी मंगलसिद्धि मानन्धर, निलाम्बर आचार्य, जयराज आचार्य, चैतन्य मिश्र, अभि सुवेदी, महेश उपाध्याय, खगेन्द्र भट्टराई, कुलचन्द्र गौतम, डा. उपेन्द्र देवकोटाले समेत हस्ताक्षर छ । त्यसैगरी अनुराधा कोइराला, दमननाथ ढुंगाना, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, कृष्ण खनाल, भोजराज पोखरेल, विमल कोइराला, लीलामणि पौड्याल, रामेश्वर खनाल, दीपक ज्ञवाली, नविन प्रकाशजंग शाह, विश्वम्भर प्याकु¥यालले समेत ऐक्यबद्धता जनाएका छन् । ध्यानाकर्षण गराउने अन्य अगुवामा ध्रुवचन्द्र गौतम, केदारलाल श्रेष्ठ, विद्यानाथ कोइराला, मनप्रसाद वाग्ले, डा. सरोज धिताल, पुकार मल्ल छन् । त्यसैगरी वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, किशोर नेपाल, युवराज घिमिरे, नारायण वाग्ले, प्रतीक प्रधान, कुन्द दीक्षित, शिव गाउँलेले समेत समर्थन जनाएका छन् ।

अभियानका अन्य हस्ताक्षरकर्तामा खगेन्द्र संग्रौला, सिके लाल, प्रत्यूष वन्त, यादव खरेल, कपिल श्रेष्ठ, विनोद सिंजापति, शेखर खरेल, सलोनी सिंह लगायत छन् ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस