विवादित विधेयक पास गराउन चलखेल
०९ माघ २०७२
•
१७ मिनेट पाठ
विवादित विधेयक पास गराउन चलखेल
काठमाडौं- विवादित मनमोहन मेडिकल कलेजलाई सहकारी प्रतिष्ठानको रुप दिने गरी व्यवस्थापिका संसदमा प्रस्तुत विधेयकलाई संसदले लगानीकर्ता सांसदहरूकै बाहुल्य रहेको समितिमा पठाउने निर्णय गरेको छ।मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा सहकारीले स्थापना गरेको प्रस्तावित मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा अनुमति दिने गरी ल्याउन लागिएको विधेयक बिहीबार बसेको संसद बैठकले समितिमा पठाउने निणर््ाय गरेको हो।




अघिल्ला सम्झौताविपरीत नीति नै नबनाई नयाँ कलेजलाई सम्बन्धन दिने गरी अगाडि बढाइएको उक्त विधेयक फिर्ता लिनुपर्ने प्रमुख माग राख्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सोमबारदेखि आठौं अनशन थाल्न चेतावनी दिए पनि संसदले विधेयक अघि बढाएको हो।

यससँगै मनमोहन मेडिकल कलेजका लगानीकर्ताकै बाहुल्य रहेको व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिले विधेयकबारे संसदलाई सिफारिस गर्नेछ। समितिले दिएको रायसुझावअनुसार परिमार्जनसहित संसदले निर्णय गर्छ।

संसदीय समितिले पारित गरिसकेको विषय ठूलो हेरफेरबिनै संसदले पास संसदीय अभ्यास छ।

अधिकांश लगानीकर्ता नै सांसद रहेकाले प्रतिष्ठान विधेयकलाई जस्ताको तस्तै पास गराउन उनीहरुको ठूलो चलखेल देखिएको छ। उनीहरुले प्रमुख पार्टीका सचेतकलाई भेटेर संशोधन नहाल्न आग्रह गर्नुका साथै संसदीय समितिमा रहेका अन्य दलका सांसदलाई समेत भेटेर विधेयक पास गर्न सघाउन आग्रह गरिसकेका छन्।

संसदीय समितिका प्रवक्ता सुदर्शन कुइँकेलले उक्त विधयेकमाथि 'विचार गरियोस्' भन्ने प्रस्ताव र 'संसदीय समितिमा पठाइयोस्' भन्ने दुवै प्रस्ताव पारित भएको बताए। समितिका अध्यक्ष रञ्जुकुमारी झाले संसदले पठाउने निर्णय गरिसकेकाले समितिमा आएपछि छलफल सुरु हुने बताइन्।

अहिले विधेयक पुगेको समिति त्यही हो जुन 'कन्फ्िलक्ट अफ इन्ट्रेस्ट' का विषयमा मनमोहन कलेजको सम्बन्धन विषयलाई लिएर पटक–पटक विवादमा परेको छ। यही समितिले गत पुस १३ मा शिक्षासम्बन्धी फरक विषयमा उपसमितिले ल्याएको प्रस्तावमा कार्यसूचीबाहिर गएर मनमोहनलगायत कलेजलाई सम्बन्धन दिने गरी सरकारलाई निर्देशन दिएको थियो।

दोस्रोपटक भदौमा चिकित्सा शिक्षासम्बन्धी माथेमा कमिटीसँगको छलफलमा समेत सांसदहरु लगानीकर्ताका रुपमा उत्रिएपछि कार्यदलका सदस्यले 'यो संसद हो कि च्याम्बर अफ कमर्श' भन्दै प्रश्न उठाएका थिए। निर्णयकर्ताहरुले सार्वजनिक पदमा बसेर आफू संलग्न रहेको निर्णय प्रक्रियामा सरिक नहुने अन्तर्राष्ट्रिय मान्यता विपरीत पदको दुरुपयोग गर्दै आएको विवादमा समेत यो समिति परिसकेको छ।

विवादबीच पनि विधेयकलाई संसदीय समितिमा लगेर आफूअनुकूल निर्णय गर्ने दाउमा रहेको लगानीकर्ता सांसदहरुले यसपटक पनि समितिमा पठाउने गरी लबिङ थालेका थिए। मतदान प्रक्रियामै गए पनि एमाले सांसदहरुको प्रभाव बढी छ। यतिसम्म कि गत वर्ष मंसिरमा मनमोहन कलेजलाई सम्बन्धन नदिए व्यवस्थापिका संसद बैठक रोक्ने चेतावनीसहित १ सय ४६ सांसदले गत मंसिर २९ मा सभामुख र प्रधानमन्त्रीसमेतलाई बुझाएको ज्ञापनपत्रमा हस्ताक्षरकर्ता छन्।

समितिकी संयोजक रञ्जुकुमारी झाले नै सभामुखलाई बुझाएको ज्ञापनपत्रको ६६औं नम्बरमा हस्ताक्षर गरेकी थिइन्। त्यति मात्र होइन, संसदीय समितिअन्तर्गतको शिक्षा उपसमिति संयोजक डा. गणेशमान गुरुङ छन््। ज्ञापनपत्रको १८ नम्बरमा उनको पनि हस्ताक्षर छ।

समितिमा मनमोहन कलेजका अध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष डा. वंशीधर मिश्रसमेत सदस्य छन्। सोही समितिमा सदस्य सांसद श्रीमाया थकाली, सिन्धु जलेसा र रामहरि सुवेदीसहित ७ सांसद सदस्य छन् जो मनमोहनका लगानीकर्ता हुन्।

आफ्नो लगानी रहेको कलेजलाई सम्बन्धन दिलाउन संसद र सत्ता दुवैको चरम दुरुपयोग गर्दै आएका सांसदहरुले सोही समितिअन्तर्गतको संसदको शिक्षा उपसमितिमा छलफलै नभएको 'मेडिकल कलेजलाई सम्बन्धन दिनू' भन्ने निर्देशन दिएका थिए।

पुस १३ गते बसेको बैठकले शिक्षा मन्त्रालयबाट मनशाय पत्र (लेटर अफ इन्टेन्ट) प्राप्त गरेका मेडिकल कलेजलाई सञ्चालन अनुमति दिन सरकारलाई निर्देशन दिएको थियो। उपसमितिको प्रतिवेदनमा उल्लेखै नभएको विषय समितिको बैठक सकिएर अधिकांश सांसद निस्किएपछि निर्देशनमा पारिएको भनाइ कांग्रेस र एमालेका सांसदले पछि आपत्ति जनाएपछि रहस्य खुलेको थियो।

डा. केसी अनशनमै रहेको र माथेमा प्रतिवेदन अड्काएको समयमा सोही समितिले माथेमा कार्यदलका सदस्यलाई छलफलका लागि बोलाएर लगानीको पक्षपोषण गरेको थियो। एमालेका तर्फबाट समितिमा रहेका सबै सांसदले मनमोहनका पक्षमा बोल्दै सम्बन्धन दिनुपर्ने जिकिर गर्दै माथेमा प्रतिवेदनलाई 'अव्यावहारिक' भनेका थिए। उनीहरुकै दबाबमा संसदीय समितिले छलफल गरे पनि माथेमा प्रतिवेदनबारे सरकारलाई कुनै निर्देशन दिएन।

सभामुखलाई हस्ताक्षर बुझाउनेमध्ये अधिकांश सांसद आफैं या परिवारका नाममा लगानी छ। एमालेका अधिकांश ठूला नेताको समेत लगानी रहेकाले पनि संसदीय समितिमा रहेका सांसद खुलेरै मनमोहनका पक्षमा उभिने गरेका छन्।

संसदीय समितिमा नभए पनि मनमोहनका लागि लगानीकर्ताका रुपमा बैंकबाट ऋण लिनेको सूचीमा पाण्डे, मिश्रसहित, भरतमोहन अधिकारी, केदार सन्जेल, गौरा प्रसार्इं, आनन्दप्रसाद पोखरेल, इच्छाराज तामाङ, आदित्यनारायण कसौधन, महेन्द्र पाण्डे, माधव नेपाल, चुडामणि जंगली, हरिप्रसाद उप्रेती, गोकर्ण विष्ट, श्रीमाया थकाली, सुरेन्द्र पाण्डे, केशव बडाल, प्रकाश ज्वाला, पशुपति चौलागार्इं, जनार्दन ढकाल, सोमप्रसाद पाण्डे, मोहनसिंह राठौर, मनकुमार गौतम, रविन कोइराला, सुधीरकुमार सिवाकोटी, प्रभा बज्राचार्यसमेत लगानीकर्ता हुन्।

एमालेका ठूला नेता र २ हजार ४ सयभन्दा बढी कार्यकर्ताको लगानी रहेको मनमोहन कलेजलाई त्रिविअन्तर्गत सम्बन्धन दिलाउन विभिन्न चलखेल गरे पनि असफल भएपछि पछिल्लो हत्कण्डा अपनाएका थिए।

पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले आफ्नो कार्यकालमा गुपचुप रुपमै अगाडि बढाएको विधेयकलाई १२ को संसद बैठकले विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको थियो।

संसदमा पेस भएको विधेयक पास भई प्रतिष्ठान हुनेबित्तिकै चिकित्सा विज्ञानका हरेक विषय र तहको पठनपाठन एकलौटी रुपमा सुरुआत गर्न सक्छ। सरकारले डा. केसीसँग चिकित्सा शिक्षा नीति नबन्दासम्म नयाँ मेडिकल कलेज स्थापना नगर्ने सम्झौता पटकपटक गरे पनि चिकित्सा शिक्षा नीति बनाउने प्रक्रिया अड्काएर एमाले नेताको लगानीमा सञ्चालित कलेजलाई प्रतिष्ठानको स्वरुप दिन लागेको थियो।

यसअघि स्वास्थ्य विज्ञानसम्बन्धी प्रतिष्ठानहरु प्रत्यक्ष रुपमा स्वास्थ्य मन्त्रालय मातहत स्थापना गरिएकामा सरकारको कुनै लगाम नरहने गरी छुट दिने व्यवस्था विधयेकमा गरिएको छ।

हाल स्वास्थ्य मन्त्रालयअन्तर्गत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, न्याम्स, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कर्णाली स्वास्थ्य विज्ञान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन्।

यी सबै प्रतिष्ठानमा प्रधानमन्त्री कुलपति हुन्छन् र प्रधानमन्त्रीले शिक्षामन्त्रीको संयोजकत्वमा बनाएको समितिको सिफारिसमा उपकुलपति नियुक्त हुने व्यवस्था छ। तर मनमोहन अधिकारी प्रतिष्ठानका लागि भने पूर्वप्रधानमन्त्री, पूर्वन्यायाधीश र पूर्वसभामुख वा शैक्षिक तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्यावएका लब्धप्रतिष्ठित व्यक्ति कुलपति हुने व्यवस्था गरिएको छ।

विधेयकअनुसार कुलपति सिफारिस समितिमा समेत सहकारी संस्थाका अध्यक्षको संयोजकत्वमा समिति बन्छ। कुलपतिले उपकुलपति र उपकुलपतिले अन्य पदाधिकारी नियुक्त गर्ने व्यवस्था यसमा राखिएको छ। यसले प्रतिष्ठान सञ्चालनमा सरकारको कुनै सम्बन्ध नरहने अवस्था सिर्जना गर्नेछ।

त्यसैगरी प्रतिष्ठानको सम्पत्ति तथा दायित्वसम्बन्धी व्यवस्थामा सहकारी संस्थाद्वारा स्थापित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका नाममा रहेका सम्पूर्ण चलअचल सम्पत्ति ऋण तथा दायित्व प्रतिष्ठानमा सर्ने उल्लेख छ। अर्को उपदफामा कुनै कारणले प्रतिष्ठान सञ्चालन हुन नसक्ने भएमा सभाले प्रतिष्ठान खारेजी गर्नसक्ने तर खारेजी भएको अवस्थामा सम्पत्ति तथा दायित्व सहकारी संस्थामै सर्ने उल्लेख छ।

ऐन कार्यान्वयनका लागि प्रतिष्ठानले आवश्यक नियम बनाउन सक्ने व्यवस्थासमेत त्यसमा गरिएको छ ।

त्यसैगरी सो प्रतिष्ठानको सर्वोच्च निकायको रुपमा सभा रहने व्यवस्था गरिएकोमा २६ सदस्यीय सभामा अधिकांश गैरप्राज्ञिक व्यक्ति रहने र त्यसमा पनि सहकारीकै सदस्यको बहुमत रहने आधार विधेयकमा राखिएको छ। हाल सरकारअन्तर्गतका कलेजले अधिकांश सिट छात्रवृत्तिमा दिएको सन्दर्भमा मनमोहन प्रतिष्ठानले भने हाल निजी क्षेत्रमा सञ्चालित मेडिकल कलेजले सरह १० प्रतिशत सिट मात्रै छात्रवृत्तिमा पढाउने गरी छुट दिन लागिएको छ।

कार्यदलमा संयोजकसमेत रहेका त्रिवि पूर्व उपकुलपति केदारभक्त माथेमाले नाफामूलक उद्देश्यले खोलिएको संस्थालाई सम्बन्धन दिइए प्राज्ञिक क्षेत्रमा ठूलो विकृति जन्मने बताए। 'यसभन्दा शक्ति र सत्ताको दुरुपयोगको नमुना अरु के होला?' माथेमाले नागरिकसँग भने।

कार्यदलकै अर्का सदस्य डा. अर्जुन कार्कीले नाफामूलक संस्थालाई संसदले प्रतिष्ठानको रुप दिन लागेको बताए। 'प्राज्ञिक कार्यक्रम चलाउँदा नियमनकारी निकायले अनुगमन गर्नुपर्छ,' उनले भने, 'प्रतिष्ठान भनेपछि त उपाधि दिनसक्ने समेत अधिकार हुन्छ, यो अवस्थामा विकृति–विसंगति कति मौलाउला, कल्पनाभन्दा बाहिर हुन्छ।'

२०६२ सालमा सहकारी स्थापना गरेर अस्पताल बनाएका सञ्चालकले आइओएमले आफ्नो क्षमता नपुग्ने भन्दै सम्बन्धन दिन इन्कार गरेपछि पटकपटक दबाब दिँदै आएका छन्। यसका लागि त्रिविका उपकुलपति र आइओएमका डिन नियुक्तिमा समेत पटकपटक हस्तक्षेप र चलखेल हुँदै आएको छ।

दुई वर्षअघि आइओएम फ्याकल्टी बोर्डलाई छलेर त्रिविले चोर बाटोबाट आफैं निवेदन माग गरी सम्बन्धन प्रक्रिया अगाडि बढाएको थियो। त्यसविरुद्ध डा. केसी अनशन बसेपछि भने सरकारले नीति नबन्दासम्म नयाँ सम्बन्धन नदिने सम्झौताका आधारमा यसलाई पनि रोकेको थियो। यसबीच पनि अघिल्लो सरकारका तर्फबाट समेत शिक्षामन्त्री चित्रलेखा यादवले त्रिवि उपकुलपतिमार्फत र अख्तियार दुरुपयोग आयोगले समेत आइओएमलाई पत्राचार गरी सम्बन्धनका लागि दबाब दिएको थियो।

भौतिक र प्राज्ञिक पूर्वाधार नपुगे पनि सम्बन्धन दिनकै लागि आफूअनुकूलको अनुगमन टोली बनाएर सबै पूर्वाधार पूरा गरेको रिपोर्ट बनाइएको थियो। अहिले प्रस्तावित प्रतिष्ठानमा झन् मेडिकल कलेजका लागि पुग्ने पूर्वाधारसम्म छैन।

डा. केसीले पुनः अनशनको अल्टिमेटम दिएपछि सरकारले शुक्रबार मात्र चिकित्सा आयोग बनाएको थियो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस