संविधान संशोधनमा सहमति
०९ माघ २०७२
•
१ मिनेट पाठ
संविधान संशोधनमा सहमति
काठमाडौं-प्रमुख राजनीतिक दलहरुबीच संविधान संशोधनको परिमार्जनको विषयमा सहमति जुटेको छ। सिंहदरवारमा भएका दलहरुको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले संशोधन विधेयकमाथि राखेको परिमार्जनमाथि सहमति जुटेको हो।

'दलहरुबीच संविधान संशोधनको परिमार्जनको विषयमा सहमति जुटेको छ,' राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले नागरिक न्युजसँग भने, 'अब केही समयपछि नै संसदबाट संविधान संशोधन हुने छ।' संशोधन विधेयकमाथि राखिएको परिमार्जनको भाषा मिलाउने जिम्मा एमालेका नेता भीम रावल र परिमार्जनका प्रस्ताव मिनेन्द्र रिजाललाई दिइएको छ।

सहमतिअनुसार हाल कायम रहेको जिल्लामा एक निर्वाचन क्षेत्र हुने र बाँकी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुने छ।

दलहरुबीच सहमति जुटेपछि त्यस विषयमा आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई जानकारी गराईएको थियो। उनीहरुले संशोधन सकारात्मक भए पनि त्यसलाई समर्थन गरेर अहिले जान नसक्ने बताए।
अर्को समाचार
कांग्रेस-एमाले तत्काल संविधान संशोधनमा जानुपर्छ: गगन
२० जेष्ठ २०८२
•
२ मिनेट पाठ
कांग्रेस-एमाले तत्काल संविधान संशोधनमा जानुपर्छ: गगन
सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापा। तस्बिर: अर्जुन/नागरिक
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ७ बुँदे सहमति अनुसार कांग्रेस र एमाले तत्काल संविधान संशोधनमा जानुपर्ने बताएका छन्।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर-२ को तेस्रो क्षेत्रीय सम्मेलनलाई मंगलबार नेपालगन्जमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका महामन्त्री थापाले संविधान संशोधन गर्दा निर्वाचन प्रणालीलाई परिवर्तन गरिनुपर्ने धारणा राखे। व्यवस्था परिवर्तन गर्नुभन्दा पनि यही व्यवस्थालाई सुधार गरेर लैजानुपर्ने महामन्त्री थापाको भनाई छ।

‘केही साथीहरू सडकमा आउनु भएको छ, उहाँहरुलाई सम्झाएर अब घर फर्काउनु पर्छ, नेपालका राजा कस्तो भनेर कसैले कांग्रेसलाई पढाउनु पर्दैन, जनताबाट निर्वाचित विपी कोइरालालाई त्यही राजाले ८ वर्ष कालकोठरीमा राखेको इतिहास साक्षी छ,’ महामन्त्री थापाले भने।

लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाभित्र नागरिकको अवस्था बदल्न सकिनेमा उनले जोड दिए। ‘केन्द्रमा २५ जना मन्त्री चाहिँदैन, केन्द्रमा १० जना मन्त्री भए पुग्छ, प्रदेशमा पनि मन्त्रीको संख्या घटाउन सकिन्छ,’ उनले भने ‘सरकारी खर्च घटाउने उपाय खोज्ने हो।’

उनले दलहरू बीचमा गठबन्धन गराउने निर्वाचन प्रणालीलाई पनि संशोधन गर्नुपर्ने बताए। ‘गठबन्धन गराउने निर्वाचन प्रणालीले मुलुकलाई ध्वस्त बनाउँछ,’ उनले थपे।

कांग्रेस जिम्मेवार राष्ट्रिय शक्ति भएको थापाले बताए। ‘स्वर्गीय गिरिजा प्रसाद कोइरालाले आफ्नो पार्टीले चुनाव हार्दै गर्दा माओवादीलाई मूल राजनीतिमा ल्याउनु भयो, सुशील कोइरालाले माओवादी समेतका दललाई मिलाएर संविधान जारी गर्नुभयो,’ उनले भने ‘कांग्रेस आफूले हारेर पनि, गाली खाएर भएपनि सबै दललाई समेट्दै आएको छ।’

अबको कांग्रेस टक्क उभिएर सिङ्गो देशलाई बाटो देखाउन सक्ने हुनुपर्ने महामन्त्री थापाको धारणा छ। कांग्रेस भित्रको गुट अन्त्य गर्न प्रत्येक क्रियाशील सदस्यले पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय सभापतिलाई प्रत्यक्ष मत हाल्न पाउने व्यवस्था हुनुपर्ने उनले बताए।

कांग्रेस बाँके क्षेत्र नम्बर-२ का सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा सम्पन्न भएको सम्मेलन उद्घाटन सत्रमा केन्द्रीय सदस्यद्वय मधु आचार्य र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस