ठमाडौं–पाँच दलले संसदमा पेश भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने निर्णय गरेका छन्। शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकका शीर्ष नेताको बैठकले संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो।पाँच दलको बैठकले विधेयकको भाषा परिमार्जन गर्ने जिम्मा कानूनमन्त्री अग्नि खरेलसहितको तीन दलीय कार्यदललाई दिएको छ। विधेयकको भाषा कसरी परिमार्जन गर्ने भन्ने विषयमा अहिले कार्यदलको बैठक बसिरहेको छ। 'संविधान संशोधन विधेयकको भाषा कसरी परिमार्जन गर्न सकिन्छ भनेर अहिले कार्यदलको बैटक बसिरहेको छ,' एमाले प्रमुख सचेतक भानुभक्त ढकालले नागरिकन्युजसँग भने।
तत्कालीन कांग्रेस नेतृत्वको सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै संधिवानको धारा ४२,८४ र २४६ लाई संशोधन गर्न गर्न संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो। सो मूल विधेयकमाथि कांग्रेस एमाओवादीसहितका सांसदले २४संशोधन प्रस्ताव दर्ता गराएका थिए।
तर मधेसी मोर्चाले भने सरकारले ल्याएको संशोधन प्रस्तावले मधेसको मुद्दा सम्बोधन नगर्ने भन्दै सो विधेयकको विरोध गरिरहेको छ। शनिबार ३ बजे बस्ने संसदको बैठकमा कानून मन्त्री अग्नि खरेलले विधेयकमाथि उठेका प्रश्नको जवाफ दिएपछि विधेयक पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।