काठमाडौं- प्रमुख पाँच दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति नभए पनि संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने समझदारी बनाएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको बैठकले मधेसी मोर्चाका शीर्ष नेतासँग छलफल गरी प्याकेजमै सहमति खोज्ने तर त्यस्तो सहमति नभए शनिबार विधेयक पारित गर्ने निर्णय गरेको हो।
बैठकले संसदमा रहेको संशोधन प्रस्तावको भाषा भने आन्दोलरत मधेसी र आदिवासी जनजातिले उठाउँदै आएको मागलाई सम्बोधन गर्न आवश्यक परे भाषा परिवर्तन गर्नसमेत सहमति गरेको छ।
'संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई ९ गते पारित गर्ने गरी संशोधनहरुमा आएमध्ये कुन उपयुक्त ठहर्छ, त्यही संशोधनसहित दुई वटा संशोधन प्रस्ताव पारित गर्ने निर्णय भएको छ,' नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, 'त्यो संशोधनले ठ्याक्कै सम्बोधन गर्दैन भन्ने लाग्छ भने त्यही संशोधनको सेरोफेरोमा रहेर कति परिमार्जन गर्न सकिन्छ, त्यसका लागि एउटा भाषा तयार गर्ने, समिति बनाएर त्यसले सदनमा पेस गर्ने र त्यही संशोधन पारित गर्ने सहमति भएको छ।'
मधेसमा जारी आन्दोलनका माग सम्बोधन गर्ने भन्दै यसअघिका प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले २ बुँदे संशोधन प्रस्ताव सदनमा प्रस्तुत गरेको थियो।
समानुपातिक समावेशी प्रतिनिधित्व र जनसंख्या तथा भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी संविधान संशोधन विधेयकले आफ्ना माग सम्बोधन गर्न नसक्ने मधेसवादी दलहरुले बताउँदै आएका छन्।
सदनमा विचाराधीन विधेयकमाथि दुई दर्जन परिमार्जन प्रस्ताव परेका छन्। आन्दोलनरत दलहरुसँग सहमति खोज्ने भन्दै यसअघि पनि दुई पटक सदन स्थगन गरिएको छ।
'संशोधन विधेयक विषयमा सहमतिका लागि मंगलबार सभामुखले राख्नुभएको शीर्ष नेता तथा प्रमुख सचेतकहरुको बैठकमा दलहरुबीच विवाद देखिए पनि बुधबार सहमति बनेको छ,' राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले भने।
सहमति खोज्ने भन्दै मंगलबारको संसद बैठकको कार्यसूचीबाट संशोधन विधेयकलाई हटाइएको थियो।
मधेसी मोर्चाले कार्यदलको औचित्य सकिएको बताएको एक दिनपछि भएको बैठकले मधेसी मोर्चासँग शीर्ष नेतृत्व तहमै वार्ता गर्ने निर्णय गरेको छ।
'कार्यदल बैठकमा जुन बिन्दुबाट असहमति सुरु भएको छ त्यहीँबाट शीर्ष नेतृत्व तहमा प्याकेजमै सहमति खोजिनेछ,' एनेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'मधेसी मोर्चासँग सहमति खोज्न लचिलो भएर प्रस्तुत हुनेछौं।'
प्रमुख तीन दल र आन्दोलनरत पक्षबीच राजनीतिक समिति गठन गरेर तीन महिनाभित्र प्रदेश सीमांकनको विषयलाई अन्तिम टुंगो लगाउने सहमति भए पनि त्यसको कार्यादेशबारे सहमति बन्न सकेको छैन।
मधेसी मोर्चाले राज्य पुनर्संरचना आयोग र राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँट समितिले अघि सारेको प्रस्तावलाई आधार बनाएर जानुपर्ने अडान राखेको छ। तर प्रमुख दलहरु ती विषय सन्दर्भसामग्री मात्रै हुनसक्ने बताउँदै आएका छन्। त्यसकै कारण कार्यदल बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि मोर्चाले कार्यदलको औचित्य सकिएको घोषणा गरेको छ।
मोर्चाले मधेसमा बढीमा दुई प्रदेश मात्रै हुने सुनिश्चित गर्न माग गर्दै आएको छ। त्यसलाई प्रमुख दलहरुले अस्वीकार गर्दै आएका छन्। कार्यदल मोर्चाले अघि सारेको ११ बुँदे माग सन्दर्भमा सहमति खोज्न गठन गरिएको थियो।
बुधबारको बैठकमा नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री भीम रावल, कानुनमन्त्री अग्नी खरेल, प्रमुख सचेतक भानुभक्त ढकाल, नेपाली कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, विमलेन्द्र निधि, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार सहभागी थिए।