काठमाडौं– कडा र आक्रामक शैलीमा बोल्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको मधुमास (सय दिन) अवधि अत्यन्तै फितलो शासन र ख्यालठट्टा अनुभूति गरायो ।
प्रधानमन्त्री तथा मन्त्रीहरुले असाधारण अवस्थामा बनेको सरकारले असाधारण रुपमा काम गर्ने पटकपटक भाषण गरे तर व्यवहारमा सिन्कोसम्म भाँचेनन् ।
सत्तागमनको मधुमास अवधिको अन्त्यतिर मधेसमा जारी आन्दोलन, भारतले गरेको नाकाबन्दी अन्त्य र भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा केही पहल भए पनि त्यसको ठोस परिणाम अझै निस्कन सकेको छैन ।
प्रधानमन्त्री र मन्त्रीहरुले समस्या समाधानको चाँडै समाधान हुने आश्वसन दिन भने छाडेका छैनन् । उनीहरुले भन्ने गरेको 'चाँडै' कहिले आउने भन्ने अनुमान लाउन पनि गाह्रो छ ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग तीन दलले वार्ता सुरु गरे पनि सहमति बन्न सकेको छैन, भारतीय नाकाबन्दी खोल्न कूटनीतिक पहल भए पनि सबैभन्दा बढी आयात–निर्यात हुने रक्सौल नाका अझै ठप्पैजस्तो छ ।
पुनर्निर्माण प्रधिकरणको विधेयक पारित भएर त्यसलाई संगठनात्मक संरचनामा ढालिएको छ । भूकम्प गएको नौ महिनापछि सरकारले माघ २ गतेको साइत पारेर राष्ट्रिय पुनर्निर्माण महाअभियान सुरुआत गरेको छ ।
अत्यावश्यक सामग्रीको कालोबजारी बढेको छ । कालोबजारी नियन्त्रण गम्भीर हुनुपर्ने सरकारकै मन्त्रीबाट जनजीवन सहज बनाएको भन्दै प्रशंसा गर्दै आश्चर्यमा पारेका छन् ।
कालोबजारी नियन्त्रण गर्न सरकारले देखाएको उदासीनताले यो दीर्घकालीन समस्याको कारक बन्नेछ । त्यसले न्यून आय भएका मानिसलाई मात्र होइन, मध्यमवर्गको समेत ढाड खुस्काएको छ ।
पूर्ववर्ती सरकारभन्दा बढी प्रतिकूल परिस्थितिमा सरकारमा पुगेका ओलीलाई जनताले पूर्ण साथ दिएका थिए । कष्टकर अवस्थामा दैनिकी गुजारे पनि जनताले सरकारको अक्षमतालाई लिएर एक दिन पनि विरोध प्रदर्शनमा उत्रिएनन् । तर प्रधानमन्त्री ओली जनताको साथलाई पुँजीकृत गर्न भने चुकेका छन् । उनले त्यो शक्तिलाई बेलाबेला भन्ने गरेको 'ड्याङड्याङ' काम गर्ने इच्छाशक्तिको औजार बनाउन पनि सकेको देखिँदैन ।
संक्रमणकालीन व्यवस्था भन्दै मन्त्रिपरिषद ४० सदस्यीय पु¥याउने कामले ओलीको सुरुको लोकप्रियता घटाउन मद्दत ग¥यो । एकएक जना मात्र सांसद भएका दललाई समेत मन्त्रिपरिषदमा भाग पु¥याउन गरिएको मन्त्रालय विभाजनले शासन टिकाउनेबाहेक कसैको मन राख्न सकेन । यसले खर्चिलो जम्बो सरकारका रुपमा जनतालाई लामो समयसम्म पटकपटक बाडुली लगाउनेछ । ओलीको यो कदमलाई नयाँ संविधानको भावनाप्रतिकूल समेत ठानिएको छ ।
मधुमासको यस अवधिमा ओली हाँसोका पात्र मात्र बने । मूलधारका सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले आफूलाई उडाएको राम्ररी बुझेर पनि प्रधानमन्त्री ओलीले यो कर्म बन्द गरेनन्, बरु दोहो¥याइरहे ।
विस्तृत विवरणबिनै अप्रासंगिक रुपमा आउने गरेका उनका योजनालाई प्रधानमन्त्री पदकै गरिमा घटाएको भनेर स्वयं उनकै पार्टीपंक्तिमा आलोच्य भए ।
एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने, घरघरमा पाइपलाइनबाट ग्यास पु¥याउने उनका योजनालाई धेरैले 'हावादारी' भनेर आलोचना गरे ।
सरकारमा बसेकाहरुले भने प्रधानमन्त्रीले ठोस प्रस्तावका आधारमा यस्तो बोलेको बताउँदै आएका छन् ।
पार्टी संगठनभित्र भूगोलमा राम्रो पकड भएका पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षलाई पूर्ण रुपमा बेवास्ता गर्दै अघि बढेका ओलीका सामु आगामी दिन थप चुनौतीपूर्ण छन् ।
नौ महिनादेखि लाखौं मानिस घरबारविहीन छन्, त्यसैले यो सरकारले भूकम्पपछिको पुनर्निर्माण तीव्र पार्नु छ । गुमेको साख फर्काउन ओलीले तत्काल केही कदम चाल्न आवश्यक छ ।
त्यसो त सरकारका लागि अहिले सबैभन्दा राम्रो अवसर पनि छ । प्रधानमन्त्री ओलीले भनेजस्तो देशलाई साँच्चै स्वाबलम्बी बनाउने हो भने छिमेकी देशहरुसँग आवश्यक सबै प्रकारका सन्धिसम्झौता गर्नुपर्नेछ ।
ओलीले छिमेकी देश चीनसँग पारवाहन सन्धि गर्नुपर्नेछ । भूपरिवेष्टित नेपाल एक देशसँग मात्र निर्भर रहँदा बेलाबेला आइपरेका संकटलाई ध्यान दिनुपर्नेछ । भारतसँग पारवहन सन्धि छँदैछ तर अर्को छिमेकी देश चीनसँग पनि त्यस्तै सन्धि गरेर समुद्रसम्म पुग्ने बाटो खोल्न आवश्यक छ । ओली यसमा सफल भए धेरै हदसम्म उनको साख फर्कनेछ ।
चाँडै गर्नुपर्ने अर्को काम हो– इन्धन आपूर्तिको नयाँ स्रोतबाट ल्याउने र व्यापारलाई विविधीकरण गर्न सके अहिलेसम्मका सबै आलोचना बन्द हुन सक्छन् ।
प्रधानमन्त्री पदको निर्वाचनमा मत माग्ने क्रममा ओलीले भनेका थिए– 'मलाई भोट नदिनेलाई पनि पछि यति राम्रो काम गर्नेलाई किन मत दिएनछु भनेर सम्झी–सम्झी बाडुली लाग्नेछ ।'
ओली सरकारका सय दिन हेर्दा यसको ठीक उल्टो महसुस भएको छ । उनलाई भोट नदिनेहरु बरु खुसी होलान्, दिनेहरु बेकम्मा सरकारको हिस्सा बन्नुपरेकोमा बाडुली मात्र होइन, लज्जाबोध गरिरहेका छन् ।