काठमाडौं, वैशाख ५ (नागरिक)– चीन सरकारले नेपाललाई वार्षिक पन्ध्र करोड युयान अर्थात एक अरब ७४ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ।
नौ दिने चीन भम्रण गरेर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री उपेन्द्र यादवले सो जानकारी दिएका हुन्।
यसअघि चीनले नेपाललाई सरदर १० करोड युयान सहयोग दिदै आएको थियो। परराष्ट्रमन्त्री यादवसहित सभासद् डा तिलक रावल र परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यको प्रतिनिधिमण्डललाई चिनियाँ अधिकारीले चिनियाँ बजारमा जाने चार सय ९७ नेपाली उत्पादनहरुलाई भन्सार सहुलियत दिने आश्वासन दिएका छन्।
बैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण हुने पृष्ठभूमिमा परराष्ट्रमन्त्री यादवसहितको प्रनिनिधिमण्डले चीनको स्वशासित क्षेत्र तिब्बत, बेइजिङ, हङकङ गइ त्यहाँका अधिकारीसँग भेटघाट गरेका थिए 'द्विपक्षीय सन्धीसम्झौताका बारेमा कुनै छलफल भएन विशुद्ध मैत्रीपूर्ण भ्रमण रह्यो' परराष्ट्रमन्त्री यादवले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिए।
परराष्ट्र मन्त्री यादवले भ्रमणको पहिलो चरणमा तिब्बत स्वशासित क्षेत्रका जनसरकार प्रमुख छाम्बा पुन्छोकसँग भेट गरेका थिए। तिब्बत जनसरकार प्रमुख छाम्बाले नेपालको सीमा क्षेत्रको विकासका लागि वार्षिक ३० लाख युआन अर्थात साढे तीन करोड नेपाली रुपियाँ सहयोग गर्न इच्छुक रहेको बताएका थिए।
तिब्बतको भ्रमणपछि काठमाडौं महानगरपालिकासँग भागिनी सम्बन्ध रहेको चीनको सियान प्रान्तका उपप्रमुखसँग भेट गरि दुई महानगरपालिकाबीचको सास्कृतिक आदानप्रदान तथा पर्यटन सम्बन्ध विस्तार गर्नेबारे छलफल भएको थियो।
बेइजिङ भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलको चीनका उपराष्ट्रपति सी चिनपिङ, परराष्ट्र मन्त्री याङ जेइजी र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख वाङ चियारुईसँग भेटवार्ता भएको थियो। परराष्ट्रमन्त्री यादवकाअनुसार चिनियाँ अधिकारीले रामपुर कलेजलाई सुविधासम्पन्न आधुनिक कृषि विश्वविद्यालयकामा स्थापना गर्न सहयोग गर्ने र जलस्रोत तथा पर्यटनका क्षेत्रमा लगानी बढाउन इच्छुक रहेको बताएका थिए।
चीन भम्रणको अन्तिम चरणमा शांघाइ महानगरपालिका, हङ्कङ र मकाउका विशेष प्रशासकीय क्षेत्रका उच्च पदाधिकारीसँग भेटवार्ता भयो। हङकङका विशेष प्रशासकीय क्षेत्रका प्रमुख सेक्रेटरी हेनरी ताङसँगले त्यहाँ रहेका नेपालीहरुको हित नेपालीहरुलाई ट्रान्जिट र रोजगार भिसा उपलब्ध गराउने आश्वासन दिएका थिए। त्यसैगरि नेपाल र मकाउबीचको द्विपक्षीय सम्बन्ध विस्तारका बारेमा मकाउका विशेष प्रशासकीय क्षेत्रका प्रमुख कार्यकारी एडमण्ड होसँग परराष्ट्रमन्त्री यादवको कुराकानी भएको थियो।
चीनको भ्रमणपछि यादव अन्तर्राष्ट्रिय मानववेचविखनसम्बन्धी तेस्रो मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन इन्डोनेसियाको बाली गएका थिए। 'बाली प्रकिरयाको मन्त्रीस्तरीय सम्मेलनमा नेपालको सहभागिताले मानव वेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रि प्रयासमा नेपालको प्रतिवद्धता व्यक्त भयो' परराष्ट्र मन्त्रालयद्वारा विज्ञप्तिमा भनिएको छ।