नौ महिनापछि पुनर्निर्माण 'महाभियान'
०२ माघ २०७२
•
१३ मिनेट पाठ
नौ महिनापछि पुनर्निर्माण 'महाभियान'
काठमाडौं- सरकारले शक्तिशाली भूकम्प गएको नौ महिनापछि औपचारिक रुपमा भत्किएका संरचना पुनर्निर्माण तथा नवनिर्माण महाभियान सुरु गरेको छ। राष्ट्रिय भूकम्प दिवस अवसर पारेर राजधानीको रानीपोखरीमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माण शिलान्यास तथा बेलुन उडाएर अभियान आरम्भ गरिन्।




पुनर्निर्माणमा ढिलाइ भइरहेको चौतर्फी आलोचनाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १९औं राष्ट्रिय भूकम्प दिवसका दिन कार्यक्रम राखेको हो। विसं १९९० माघ २ गते नेपालमा महाभूकम्प गएको सम्झनामा यो दिवस मनाइँदै आएको छ।

रानीपोखरी परिसर, शान्ति वाटिकामा आयोजित महाअभियान सुरुआत विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति एवम् कूटनीतिक नियोगका प्रमुखलगायतको उपस्थिति थियो।

कार्यक्रममा सबै प्रमुख दलका शीर्ष नेताले अभियानमा ऐक्यबद्ध रहने घोषणा गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण महाअभियानमा सबै राजनीतिक दल, सरकारी एवं गैरसरकारी निकायलाई सहकार्य आह्वान गरे।

राजनीतिक दलहरुबाट यस्तो प्रतिबद्धता आएकामा खुसी व्यक्त गर्दै उनले कर्मचारीबाट पनि पुनर्निर्माणलाई अभियानकै रुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे।

अभियानमार्फत जनताका कठिनाइ सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय, सञ्चार क्षेत्र एवं अन्य सबै निकायलाई सहयोग गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे।

पुनर्निर्माण अभियानलाई पारदर्शी रुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै ओलीले भने, 'यस्तो अवस्थामा कसैले व्यक्तिगत लाभ लिने अवस्था आउन दिइन्न, लिन खोज्छ भने त्योजस्तो सहन नसक्ने कुरा केही हुँदैन।'

पुनर्निर्माण अभियान पूर्ण रुपमा पारदर्शी हुने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेता एवं अन्तर्राष्ट्रिय दातृ निकायलाई यसमा आश्वस्त रहन आग्रह गरे।

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले 'एकताको सन्देश दिएर मुलुकभर पुनर्निर्माण तथा नवनिर्माण अभियान सुरु गर्नुपर्ने र त्यसमा दुई/तीन वर्ष एकताबद्ध भएरै जुट्नुपर्ने औंल्याए।

उपप्रधानमन्त्री कमल थापाले मुलुकको भूभाग भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील अवस्थामा रहेकाले भूकम्प प्रतिरोधात्मक आवास निर्माणमा विशेष ध्यान दिइने जनाए।

प्रमुख प्रतिपक्षी नेता एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाले पुनःनिर्माणको अभियानलाई पारदर्शी एवं जिम्मेवारीसाथ अगाडि बढाउनुपर्नेमा जोड दिए। पार्टीले 'राम्रा काम सधैं सहयोग गर्ने' कोइरालाले वचन दिए।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले पुनर्निर्माणमा एकता र पारदर्शिता आवश्यक रहेको औंल्याए। 'विगतमा भूकम्पका लागि राहत भनेर आएका सामानमा अनियमितता भएको खबर आउनु दुःखद' भन्दै उनले महाअभियानलाई पूर्ण रुपमा पारदर्शी बनाउन जोड दिए।

उन्नाइसौँ भूकम्प सुरक्षा दिवस, २०७२ मूल समारोह समितिका संयोजक एवं गृहमन्त्री शक्तिबहादुर बस्नेतले पुनर्निर्माण अभियानलाई मुलुकको आर्थिक समृद्धिको मुख्य हिस्सा बनाएर राष्ट्रिय संकल्पसाथ अगाडि बढ्ने विश्वास व्यक्त गरे।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण कार्यलाई आउँदो वर्षभित्र सक्न कठिनाइ भए पनि गाउँगाउँमा महाअभियान पुर्या एर जनतालाई राहत दिइने प्रतिबद्धता गरे।

रानीपोखरीको पुननिर्माणको काम टुंगो लागेकाले उदघाटन त्यहीँबाट गरिएको कार्यक्रममा बताएका थिए। 'अन्य क्षेत्रको योजना सुरु नभइसकेकाले रानीपोखरीलाई रोजेका हौं,' उनले कार्यक्रममा भने, 'अब वैशाख सम्म सबै ठाउमा सुभारम्भ गर्ने कार्यक्रम हुनेछन्। त्यसपछि स्थलगत काम सुरु गर्नेछौं।'

संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि रेनौड मेयरले भूकम्पपछिको पुनःनिर्माण अभियान सुरु भएकामा खुसी व्यक्त गरे।

भूकम्प सुरक्षा दिवस आयोजना उपसमितिका संयोजक एवं काठमाडौँ महानगरपालिका कार्यकारी अधिकृत रुद्रसिंह तमाङ र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक आमोदमणि दीक्षितले भूकम्पप्रतिरोधी संरचना निर्माण नै भूकम्पबाट बच्ने उत्तम उपाय भएकाले त्यस विषयमा सबै क्षेत्रको ध्यान जानुपर्ने औंल्याए।

मन्दिर पुनर्निर्माण रानीपोखरी सौन्दर्यीकरण योजनामै

काठमाडौं महानगरपालिकाले रानीपोखरी सौन्दर्यीकरणका लागि यसअघि नै विकास गरेको कार्यक्रमलाई नै पुनर्निर्माण महाभियान योजनामा पारेर राष्ट्रपतिको हातबाट शिलान्यास गराइएको हो। भूकम्पले क्षति भएको पोखरीबीचको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण समेटिएको भन्दै शिलान्यास कार्यक्रम यहाँ राखिएको महानगरपालिकाले जनाएको छ।

करिब ११ करोड रुपैयाँ लागनीमा रानीपोखरीको सौन्दर्यीकरण गर्ने योजना महानगरको रहे पनि मन्दिर पुनर्निर्माणका लागि जम्मा ४० लाख रुपैयाँ लाग्ने भनिएको छ।

'भूकम्पले क्षति भएको क्षेत्र केवल यो सौन्दर्यीकरण कार्यक्रमको सानो पक्ष हो,' महानगरपालिका स्रोतले भन्यो, 'राष्ट्रपतिले शिलान्यास गरेको क्षेत्र केवल पोखरी परिक्रमा गर्ने मार्ग मात्र हो। भूकम्पले क्षति भएको होइन।'

सरकारले रानीपोखरीभन्दा अघि काष्ठमण्डप शिलान्यास गर्ने योजना बनाए पनि त्यसको ड्रइङ र डिजाइन तयार नहुँदा रानीपोखरी छनोट भएको स्रोत जनाउँछ। टेन्डरै भइनसकेको रानीपोखरीमा पुनर्निर्माणका काम हुन भने कम्तीमा तीन महिना कुर्नुपर्नेछ।

सौन्दर्यीकरणमा पोखरीको सफाइ, हरियाली बगैंचा, उज्यालोको व्यवस्थालगायत काम सम्पन्न हुने महानगरपालिका भौतिक विकास तथा निर्माण विभागप्रमुख उत्तरकुमार रेग्मीले जानकारी दिए। 'अहिलेसम्म लुकेर रहेको रानीपोखरीलाई सहरका नागरिकको पहुँचमा पुर्यापउने गरी विकास गर्न यस्तो आयोजना सुरुआत भएको हो,' उनले भने, 'यससँगै बीचको मन्दिरको पुनर्निर्माण पनि हुनेछ।'

'यो हप्ताभित्र टेन्डर गर्ने योजनामा छौं,' रेग्मीले भने, 'आउँदो तिहारमा यहाँ सर्वसाधारण प्रवेश गराउने गरी निर्माणसम्पन्न गर्नेछौं।'

बालगोपालेश्वर मन्दिरका दुई ढोका निस्किएका छन्। अन्य दुई ढोका बांगिएका छन्। भूकम्पपछि मन्दिरलाई फलामको टेका लगाएर राखिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा भएको शिलान्यास कार्यक्रमपछि देशभर पुनर्निर्माण सुरु भएको घोषणा गरिएको थियो।

बुङ्मतीबाट आवास पुनर्निर्माण

सरकारले ललितपुर, बुङमतीमा औपचारिक कार्यक्रमबीच शनिबारै आवास तथा सम्पदा पुनर्निर्माण अभियान पनि आरम्भ गर्योत। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजेर २४ मिनेटमा अभियानको नाम लेखिएको ब्यानरको घुम्टी खोले। त्यो त्यही समय थियो जतिबेला विसं १९९० साल माघ २ गते नेपालमा महाभूकम्प गएको थियो।

बुङमतीस्थित रातो मच्छिन्द्रनाथ प्रवेशद्वारमा अभियान उद्घाटनपछि ओली मन्दिर परिसरमै आयोजित कार्यक्रममा सरिक भए।

उक्त कार्यक्रममै पुनर्निर्माणका लागि बुङमती पुनर्निर्माण समिति, कार्यविनायक नगरपालिका र युएन ह्याबिट्याटबीच कार्यक्रमै सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।

कार्यक्रममा ओलीले नीति, नेतृत्व र संरचना सबै तयार भइसकेका कारण अबको पुनर्निर्माण तीव्र रुपमा अघि बढ्ने बताए।

'सरकारमा म आउँदा भूकम्प गएको सात महिना भइसकेको थियो, प्राधिकरण गठनको कानुन बनेको थिएन,' ओलीले भने, 'अहिले त्यो बनिसकेको छ। अब तीव्र गतिमा काम हुनेछ।'

भूकम्प जानेबित्तिकै एमालेले स्वयंसेवक परिचालन गरी २७ हजार घर र एक हजार स्कुलका लागि अस्थायी टहरा निर्माण गरेको प्रसंग झिक्दै ओलीले भने, 'अहिले त एमाले सरकारको नेतृत्वमा छ, तीव्र गतिमा घर बनाउने काम सुरु हुन्छ।'

भूकम्पबाट प्रभावित स्थानको मात्र नभई अन्य स्थानमा घर जोखिमपूर्ण रहेको भन्दै त्यसलाई प्रतिस्थापन गर्न आवश्यक भएको बताए। 'भूकम्पको धक्का नपरेर मात्रै ती बाँचेका हुन्,' ओलीले भने, 'हाम्रो गरिबी र पछ्यौटेपनका कारण विगतमा बनिसकेको संरचनालाई परिवर्तन सकेनौं। त्यसले हामीलाई बढी क्षति पुर्यासयो।'

कार्यक्रममा उनले भूकम्पको पूर्वसूचना दिने प्रविधि विकास र जडान गर्न लागेको बताएका थिए। प्रधानमन्त्री ओलीले १२ देखि २२ सेेकेन्डअघि भूकम्पको सूचना दिने प्रविधि जडान गर्न लागिएको जनाए।

कार्यक्रममा संस्कृतिमन्त्री आनन्दप्रसाद ढुंगानाले बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माण श्रीलंका सरकारले जिम्मा लिएको जानकारी दिँदै २१ महिनाभित्र सम्पन्न हुने बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस