काठमाडौं- संविधान जारी गर्ने प्रमुख तीन राजनीतिक दलले ढिलोमा माघ ५ गतेभित्र मधेसी मोर्चासँग सहमतिमा पुग्ने निर्णय गरेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बिहान बसेको तीन दल बैठकमा सत्तारुढ र प्रतिपक्षी दलबीच माघ ५ गते संसद बैठकअघि नै सहमतिमा पुगिसक्ने गरी गृहकार्य अघि बढाउने सहमति भएको हो।
'मधेसी मोर्चासँगको वार्तालाई छिट्टै निष्कर्षमा पुर्यासउने गृहकार्यलाई तीव्र बनाउने निर्णय भएको छ,' तीन दलको बैठकपछि एकीकृत नेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'त्यसका लागि सकेसम्म लिखित सम्झौताको तहमा पुग्ने गरी भोलि (शुक्रबार) कार्यदल बैठक बस्नेछ।' उनले भोलि नभए माघ ५ गते संसद बैठकअघि नै सहमति गर्नेगरी बाँकी छलफल हुने बताए। 'भोलि सहमति हुन नसके माघ ५ गते संसदको बैठकअघि नै निष्कर्षमा पुग्ने सहमति भएको छ,' श्रेष्ठले भने।
कार्यदलमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै आएका उपप्रधान तथा रक्षामन्त्री भीम रावल उपत्यकाबाहिर रहेका कारण शुक्रबार मात्रै बैठक बस्न लागेको हो।
कार्यदलमा छलफलपछि शनिबार बिहान कार्यदल सदस्य र तीन दलका शीर्ष नेताबीच छलफल हुनेछ। त्यसपछि आवश्यक परे मधेसी मोर्चाका शीर्ष नेतासँग छलफल गरी निष्कर्षमा पुग्ने निर्णय भएको श्रेष्ठले बताए।
संविधान संशोधन प्रक्रियामा मधेसी मोर्चाको पनि सहमति जुटाउनका लागि भन्दै माघ ५ गतेसम्म संसद बैठक स्थगित गरिएको थियो। मोर्चाले दुईबुँदे संविधान संशोधन आफ्नो मागअनुसार नभएको भन्दै विरोध गरेको छ।
यसअघि नै दुवै पक्षबीच राजनीतिक समितिबाट सीमांकन टुंगो लगाउने विषयमा सहमति भएपछि मोर्चाले समितिको वैधानिक हैसियत र कार्यदेशबारेमा पहिले नै स्पष्ट हुनुपर्ने धारणा अघि सारेको छ। तीन दलका शीर्ष नेताले त्यस विषयमा लचकताका साथ प्रस्तुत हुने सहमति गरेका छन्।
बैठकमा एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली, कानुनमन्त्री अग्नि खरेल, प्रमुख सचेतक भानुभक्त ढकाल, नेपाली कांग्रेसबाट सभापति सुशील कोइराला, केन्द्रीय सदस्यहरू नरहरि आचार्य र महेश आचार्य, एकीकृत नेकपा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महराको उपस्थिति थियो।
कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले कार्यदलमा भएको छलफलबारे तीन दलका शीर्ष नेतालाई ब्रिफिङ गरेका थिए। 'अहिलेसम्म कार्यदलमा उठेका प्रमुख विषयबारे तीन दलको नेतृत्व पंक्तिलाई जानकारी गराएका छौं, समान धारणा बनाएर अघि बढ्ने बाटोमा छौं' आचार्यले भने, 'आन्दोलनरत पक्षले उठाएका मागको केही बुँदालाई हामीले पहिचान गरेका छौं।' उनले संविधान संशोधनमा रहेका विषय, प्रदेशको सीमांकन र नागरिकताको विषयमा कार्यदलमा भएको छलफलबारे जानकारी गराएका थिए।
'नेपाली सेना समावेशी बन्दै जानुपर्छ भन्ने संविधानको स्पि्रटअनुसारको कुरा उठेको छ। नेपाल बहुभाषिक राज्य हो। भाषासम्बन्धी कामलाई सम्बोधन गर्न सकिन्छ भनेर छलफल सुरु हुन्छ,' उनले भने, 'राज्यसभा गठनको विषयमा उहाँहरूले उठाउनुभएको छ।'
सीमांकन विषयमा पनि सहमतिमा पुग्ने तहमा गरी हामीले सोच्नुपर्छ। तीन महिनाको समयसीमा तय गरेर राजनीतिक समिति बनाउने विषयमा सहमति भए पनि त्यसलाई कसरी वैधानिकता दिन र कार्यदेशको बारेमा सहमति जुट्न सकेको छैन।
'राजनीतिक सहमति भए जुनसुकै विषयमा पनि संविधान संशोधन हुन सकिहालिन्छ,' एमालेका प्रमुख सचेतक ढकालले भने, 'यो विषयले त्यति ठूलो समस्या सिर्जना गर्दैन।' मोर्चाले संविधान संशोधन गरेर नै राजनीतिक समितिलाई अनुसूचीमा समावेश गरी वैधानिक हैसियत दिनुपर्ने धारणा राख्दै आएको छ।
कांग्रेस केन्द्रीय सदस्य आचार्यले पनि प्रमुख दलले सहमति गरे त्यसले वैधानिक हैसियत प्राप्त गर्ने बताएका छन्। 'राजनीतिक दलबीच सहमति भयो भने त्यसले संविधान संशोधन गर्ने वैधानिक हैसियत प्राप्त गर्ने मतभन्दा धेरै राजनीतिक सहमति जुट्छ। त्यसैले तीन महिनाभित्र सीमांकनको कुराले पनि वैधानिक हैसियत पाउँछ,' आचार्यले भने। उनले संसदमा पनि प्रस्तुत हुने र संसदले पनि त्यसलाई अघि बढाउने भएकाले राजनीतिक दलबीच हुने सहमति, प्रक्रिया र विचारले वैधानिक हैसियत प्राप्त गर्ने बताए।