सरकारले २० हजार युवालाई तालिम दिने
३० पौष २०७२
•
११ मिनेट पाठ
सरकारले २० हजार युवालाई तालिम दिने
काठमाडौं- सरकारले युवा वर्गमा नेतृत्वदायी क्षमताको विकास गर्न र राष्ट्रिय एकता तथा बफादारिताको भावना जागृत गराउन युवा लक्षित तालिम कार्यक्रमलाई व्यापकता दिएको छ। 'राष्ट्रिय सेवा दल, नेपाल' कार्यक्रममा आबद्ध गराई देशभक्त र अनुशासित जनशक्ति तयार पार्न युवालाई सैनिकदेखि विपद व्यवस्थापन तालिमको व्यवस्था गरिएको छ। आगामी ४ वर्षभित्र करिब २० हजार युवालाई यस्तो तालिम दिने योजना सरकारको छ।

वैशाख १२ को विनाशकारी भूकम्पछि दक्ष युवा जनशक्तिको आवश्यकता महसुस भएसँगै राष्ट्रिय योजना आयोगले पनि युवालक्षित तालिम कार्यक्रममा चासो बढाएको छ। आयोगले राष्ट्रिय सेवा दल नेपाल कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाएको नेपाली सेनासँग यस्ता कार्यक्रमका लागि योजना माग गरेपछि सेनाले चार आर्थिक वर्षका लागि युवा विकास कार्यक्रम योजना रक्षा मन्त्रालयमा पेस गरेको हो।

'राष्ट्रिय योजना आयोगले माग गरेअनुसार चार आर्थिक वर्षको योजना बनाई हामीले रक्षा मन्त्रालयमा पठाएका छौं। यससम्बन्धी निर्णय लिन मन्त्रालयले कार्यदल गठनसमेत गरिसकेको छ। हाम्रो योजना हुबहु पास भए चालु आर्थिक वर्ष र त्यसपछि तीन आर्थिक वर्षमा हामीले १९ हजार ५ सय युवालाई तालिम दिन्छौं,' राष्ट्रिय सेवा दल, नेपालका प्रमुख सल्लाहकार रमिन्द्र क्षेत्रीले जानकारी दिए।

रक्षाले गठन गरेको कार्यदलमा राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधिसमेत छन्। अहिले सेनाले पठाएको योजनामाथि कार्यदलले अध्ययन गरिरहेको छ।

प्रमुख सल्लाहकार क्षेत्रीका अनुसार यो आर्थिक वर्षमा २ हजार युवालाई सैनिकदेखि विपद व्यवस्थापन तालिम दिने लक्ष्य राष्ट्रिय सेवा दलको छ। जसअनुसार यो वर्ष ५ सय ४२ जना युवा विद्यार्थीले यो तालिम प्राप्त गरिसकेका छन्। ७ सयले अहिले तालिम लिइरहेका छन्। यो वर्ष ३७ जिल्लाको ४३ माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा तालिम दिइनेछ। तालिमका लागि पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको बैतडी जिल्लासम्म छनोटमा परेका छन्।

'तालिमको मुख्य उद्देश्य युवालाई सैनिक तालिम दिनु, अनुशासित बनाउनु, नेतृत्वदायी क्षमता विकास गर्नु, राष्ट्र तथा जनताप्रति बफादार बनाउनु र राष्ट्रिय एकताको भावना जागृत गराउनु हो,' क्षेत्रीले भने, 'ठूलो विपद आइपर्दा उद्धार टोली स्थानीय स्तरमै तयारी अवस्थामा होस् भन्ने मात्र होइन, उनीहरुलाई स्वयंसेवकका रुपमा त्यस्तो बेला खटाउन सकियोस् भनेर पनि यस्तो तालिमको व्यवस्था गरिएको हो।'

तालिम सिनियर र जुनियर युवाका लागि दुईथरी छ। दुवैथरीलाई दुई चरणमा तालिम प्रदान गर्ने गरिन्छ भने तालिम अवधि एक सय दिन छ। सय दिनमध्ये ७९ दिन सम्बन्धित विद्यालयमा संस्थागत तालिम प्रदान गरिन्छ भने बाँकी २१ दिन वार्षिक क्याम्प आयोजना गरी तालिम दिने गरिन्छ। वैशाख १२ को भूकम्पपछि भने यो तालिममा विपद व्यवस्थापन तथा उद्धारलाई विशेष रुपमा राखिएको छ। योजना आयोगले पनि विपद व्यवस्थापन तथा उद्धारमा जोड दिन भनेको छ।

सिनियरको तालिममा 'प्लस टु' अध्ययनरत विद्यार्थीलाई दिने प्रावधान छ भने जुनियरमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी। सिनियर र जुनियर विद्यार्थीलाई दिने तालिममा केही भिन्नता छ। तालिमका लागि विद्यालय र विद्यार्थी छनोट सम्बन्धित स्थानमै गएर गरिन्छ। छनोट गर्दा परिवारको स्वीकृतिदेखि स्वास्थ्य जाँचसमेत गर्ने गरिन्छ।

उच्च माध्यमिक तहमा अध्ययनरत १६ देखि २१ वर्षका युवालाई मात्र सिनियर तालिम प्रदान गरिन्छ। यसका लागि छात्रको कम्तीमा ५ फिट उचाइ र छात्राको कम्तीमा ४ फिट १० इन्च उचाइ हुन अनिवार्य छ। सिनियरलाई संस्थागत तालिम अन्तर्गत शारीरिक व्यायाम, मास पिटी, तेक्वान्डो पिटी, बक्सिङ, खाली हात ड्रिल, खुकुरी ड्रिल, सेरोमोनियल ड्रिल, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, म्यापिङ, हतियार तालिम तथा फायरिङ, घोडचढी, पौडी, र्यासफ्िटङ, रक क्लाइम्बिङ जस्ता तालिम दिइनेछ।

सिनियरलाई दिइने सामूहिक वार्षिक क्याम्पमा सैनिक कला अभ्यास, खेलकुद, शारीरिक तालिम, विपद व्यववस्थापन तथा उद्धार, प्राथमिक उपचार अभ्यास लगायत तालिम राखिएको छ। १४ देखि १८ वर्षसम्मका छात्रछात्रालाई जुनियर समूहमा राखी तालिम दिइन्छ। जुनियरलाई हतियार तालिम तथा फायरिङ सिकाइँदैन। विपद तालिम ४ देखि ७ दिनको हुने गरेको छ। वार्षिक क्याम्प बाँकेको कोहलपुर र नवलपरासीको हात्तिखोरमा सञ्चालन गरिन्छ। तालिम सम्बन्धित क्षेत्रका विज्ञबाट दिने गरिन्छ। 'ठूलो विपद आइपर्दा सरकारले आह्वान गरेका बेला यस्तो जनशक्ति तुरुन्त एकजुट हुनुपर्छ,' क्षेत्रीले भने।

प्रमुख सल्लाहकार क्षेत्रीका अनुसार तालिम लिन आउने विद्यार्थीलाई २२ आइटमसहितको तीनथरी पोसाक उपलब्ध गराइन्छ। तालिम अवधिमा रासन, यातायात खर्चसमेत जोड्दा प्रतियुवा न्यूनतम ३३ हजार रुपैयाँ खर्च हुने गरेको छ। यो चालु खर्च मात्र हो, पुँजीगत खर्च यसमा जोडिएको छैन। कम्तीमा पनि यो वर्ष २ हजार युवा विद्यार्थीलाई तालिम प्रदान गर्दा ६ करोड ६० लाख रुपैयाँ खर्च हुनेछ। चार वर्षमा १९ हजार ५ सय युवालाई तालिम दिने योजना सेनाको छ। अहिलेकै खर्चको हिसाबले पनि चार वर्षका लागि न्यूनतम ६४ करोड ३५ लाख रुपैयाँ तालिमका लागि चाहिने देखिन्छ।

सेनाको बनाएको योजना पास भए यो आर्थिक वर्षमा २ हजार, आर्थिक वर्ष २०७३/०७४ मा चार हजार, २०७४/७५ मा छ हजार र २०७५/०७६ मा ७ हजार ५ सय युवालाई तालिम प्रदान गरिनेछ। त्यसपछिका प्रत्येक वर्ष प्रत्येक जिल्लामा एक सयका दरले कम्तीमा ७ हजार ५ सय युवा विद्यार्थीलाई सैनिकदेखि प्रकोप व्यवस्थापन तथा उद्धार तालिम प्रदान गरिने योजना सेनाको छ।

राष्ट्रिय सेवा दल कार्यक्रम नयाँ भने होइन। प्रधानमन्त्री संरक्षक रहने यो कार्यक्रमको दायरा अहिले विस्तार गर्न लागिएको हो। विनाशकारी भूकम्पले झन् यसको महत्व छर्लंग पारेको बुझाइ क्षेत्रीको छ। अनुशासित, बफादार र नेतृत्व दिन सक्ने देशभक्त स्वयंसेवक जनशक्ति एवं सक्षम नागरिक निर्माण गर्न २०२२ सालमा तत्कालीन सरकारले राष्ट्रिय सेवा दल गठन गरेको थियो। स्थापना भएपछि २०७० सालसम्म यसले प्रत्येक वर्ष ५ सय युवालाई तालिम प्रदान गर्दै आएको छ। तर, यो अवधिमा तालिम सुरु गर्ने सबै विद्यार्थीले पूरा भने गरेका छैनन्। २०२२ सालदेखि २०७२ सालसम्म २१ हजार जनालाई यस्तो तालिम प्रदान गरिएको छ।

विश्वका प्रायः देशले यस्तो कार्यक्रम सञ्चालन गर्ने गरेका छन्। सबैभन्दा पहिलो जर्मनीले सन् १८३६ तिर राष्ट्रिय सेवा दल आधारित कार्यक्रम सुरुआत गरेको थियो। त्यसपछि सन् १८५६ को क्रिमियन युद्धपछि बेलायतले पनि यस्तो कार्यक्रम थालेको थियो। त्यसपछि विश्वका अन्य राष्ट्रले यस्तो कार्यक्रम अनुसरण गरेका हुन्। प्रायः सबै देशमा यस्तो तालिम कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी सेनालाई दिने गरिएको छ।

नेपालले इजरायलको मोडलमा २०२२ सालबाट राष्ट्रिय सेवा दल, नेपाल कार्यक्रम थालेको हो। दक्षिण एसियाली राष्ट्र भारतले वार्षिक १४ लाख, बंगलादेशले डेढ लाख र श्रीलंकाले एक लाख युवा विद्यार्थीलाई यस्तो तालिम दिने गरेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस