काठमाडौं- तीन शीर्ष दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित कार्यदलको आज भनिएको बैठक स्थगित भएको छ। तीन दलले ११ बुँदेबारे आन्तरिक छलफल गर्ने बताएपछि कार्यदलको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो।'कार्यदलको बैठक अहिले १ बजेका लागि बोलाइएको थियो। कांग्रेससहित सत्ता पक्षीय नेताहरुले आन्तरिक छलफल गर्ने बताएपछि आजको बैठक स्थगित गरिएको छ,' तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयश त्रिपाठीले भने।
बैठक नबस्ने भएपछि मोर्चाका नेताहरु पनि आन्तरिक छलफलमा जुटेका छन्। उनीहरु तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा आफ्ना एजेन्डाबारे छलफल गरिरहेका छन्।
स्रोतका अनुसार मोर्चाले एक महिनाभित्र राजनीतिक संयन्त्रको टुंगो लगाउनुपर्ने सर्त राखेको छ। तर सत्ता पक्षीय नेताहरुले दुई महिनाभित्र टुंगो लगाउने आश्वासन मोर्चाका नेताहरुलाई दिएका छन्। यही विषयमा कुरा नमिलेपछि दुबै पक्षीय नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।
यसैबीच मधेसी माेर्चाकाे मागका विषयमा धारणाा बनाउन प्रमुख तीन दल कांग्रेस, एमाले र एमाअाेवादीकाे बैठक प्रधानमन्त्री निकास बालुवाटारमा बसिरहेकाे छ। बैठकमा तीन दल-माेर्चा कार्यदलमा भएकाे छलफलकाे समीक्षा गरी माेर्चाले सीमाकंनका विषयमा माेर्चाले राखेकाे मागका विषयमा छलफल भइरहेकाे बालुवाटार स्राेतले जनाएकाेछ। बैठकमा प्रधानमन्त्री केपी अाेली, एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील काेइरालालगागतका नेताकाे सहभागीता रहेकाे छ।