काठमाडौं-पुरानो र संसदकै ठूलो दल नेपाली कांग्रेस अब कसरी अघि बढ्ला ? यसले कस्तो नीति लेला ? संगठन कसरी बढाउला ? १३औं महाधिवेशन नजिकिँदै गर्दा कार्यकर्ता र सर्वसाधारणमा यस्ता कैयन् जिज्ञासा छन् तर पार्टी नेता भने नीतिनिर्माणलाई भन्दा नेतृत्व दाबीलाई प्राथमिकता दिँदै राजनीतिक दौडमा व्यस्त छन् ।
पार्टी भावी नीति तय गर्ने समितिको जिम्मा पाएका उपसभापति रामचन्द्र पौडेल मात्र होइन, समितिका अन्य सदस्यसमेत नीति बनाउन छाडेर नेतृत्व लिने दौडधुपमै देखिन्छन् ।
सिंगो पार्टी नीतिभन्दा नेतामुखी बनेको भन्दै आलोचना खेपिरहेका बेला कांग्रेस केन्द्रीय समितिले कात्तिकमै पौडेल नेतृत्वमा १३औं महाधिवेशनमा पेस गर्ने नीति तथा कार्यक्रम मस्यौदाको जिम्मेवारी तोकेको थियो । एक महिनाभित्र मस्यौदा बनाउने जिम्मेवारी तोकिएको समितिले दुई महिना कटिसक्दा पनि औपचारिक छलफलसम्म सुरु भएको छैन ।
समितिमा रामशरण महत, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, गगन थापा, शेखर कोइराला, प्रदीप गिरीलगायत प्रभावशाली ३५ सदस्य छन् । संयोजक पौडेलझैं सदस्यहरुसमेत चुनावी दौडाहामा केन्द्रित हुँदा समितिको बैठक बस्नै सकेको छैन ।
महाधिवेशनपछिको नेतृत्व कस्तो आउला भन्ने बहस भए पनि पार्टीले लिने नीति तथा कार्यक्रमप्रति कसैको पनि ध्यान गएको देखिन्न ।
'संविधान जारी भएसँगै त्यसको कार्यान्वयन चुनौती र लिने बाटो, मधेस विवादमा पार्टीको धारणा, पार्टीको संघीय संरचनालगायत गम्भीर विषय महाधिवेशनमार्फत प्रस्ट हुनुपर्नेमा नेता यसतर्फ गम्भीर देखिएनन्,' केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, 'नेतृत्व चयनमा धेरै शक्ति खर्च भइरहेको छ, नीति तथा कार्यक्रम निर्माणमा पनि उत्तिकै ध्यान पुग्नुपर्छ ।'
समितिका नेताहरु नीति तथा कार्यक्रम बनाउने काम जगदीशचन्द्र पोखरेलसहितका विज्ञ समूहलाई जिम्मा लगाएर आफू चुनाव प्रचारमा हिँडेका छन् ।
विज्ञ समितिले तयार पार्ने प्रस्तावलाई मस्यौदा समितिले केन्द्रीय समितिमा लैजाने र केन्द्रीय समितिबाट पारित नीति तथा कार्यक्रम महाधिवेशनमा पेस गर्ने तयारी छ ।
विगतका अनुभव हेर्दा पनि कांग्रेसमा नीति तथा कार्यक्रम नयाँ बनाउनुभन्दा अघिल्लो महाधिवेशनकै अनुशरण गर्ने परम्परा छ । नेताहरुले चासो नदिँदा अहिले पनि त्यही विगत दोहोरिने कार्यकर्ताको आशंका छ ।
केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीमा नीति तथा कार्यक्रम निर्माण पद्धति नै परिवर्तन गर्नुपर्ने तर्क गरे । महाधिवेशनपछि चार वर्ष कांग्रेस कसरी हिँड्छ भन्ने बाटो तय गर्नुको साटो नीतिनिर्माणलाई औपचारिकतामा सीमित गरिने परम्परा रहेको औंल्याउँदै उनले भने, 'इतिहासको विरासत थाम्दै फागुन २० को यथार्थमा टेकर अबको चार वर्षका लागि नीति बनाउनुपर्छ ।'
अबको नीतिमा 'संविधान निर्माणपछिका चुनौती, लाखौं युवालाई कांग्रेसले कसरी सम्हालेर नेपाललाई अघि बढाउँछ भन्ने झल्कनुपर्ने उनको भनाइ छ ।
केन्द्रीय सदस्य बद्री पाण्डे कांग्रेसमा बौद्धिक अभ्यास कमजोर बन्दै गएको स्वीकार गर्दैै पार्टीको विधान र नीति तथा कार्यक्रम महŒवाकांक्षीभन्दा गाइडलाइनका रुपमा विकास गर्नुपर्ने बताउँछन् ।
'नीति र कार्यक्रम अलगथलग बनाउनुपर्छ,' उनले भने, 'वैचारिक अभियान तीव्र बनाउँदै नीतिगत अस्पष्टता छिचोल्नु जरुरी छ ।'
के के छन् चुनौती ?
संघीयतासहित संविधानसभाबाट नयाँ संविधान जारी भएपछि महाधिवेशन आयोजना गर्ने कांग्रेस पहिलो दल हो । तराई÷मधेसमा प्रदेशको सीमांकनसहित विषयमा आन्दोलन जारी रहेको अवस्थामा संवैधानिक व्यवस्थाको पालना र आफ्नै नेतृत्वमा जारी संविधान कार्यान्वयन चरणमा लैजान पनि कांग्रेसले पार्टी संंगठनलाई त्यसैअनुसार रुपान्तरण गर्नुपर्ने बाध्यता छ ।
संवैधानिक व्यवस्थाअनुसार अबको दुई वर्षभित्र स्थानीय, प्रदेश र संसदको चुनाव गर्नुपर्ने व्यवस्था छ । उक्त समयमा तीनै तहको चुनाव गरिसक्नुपर्ने संवैधानिक व्यवस्थालाई पूरा गर्न सयौं कानुन निर्माणले मात्र संविधानको पूर्ण कार्यान्वयन सम्भव हुन्छ । महाधिवेशनले संविधान कार्यान्वयन र तीनै तहको निर्वाचनमा पार्टीले अख्तियार गर्ने नीति स्पष्ट गर्नु जरुरी हुन्छ ।
त्यस्तै, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास अर्को चुनौती हो कांग्रेससामु तेर्सिएको । २००७ सालदेखि लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको यस दलले अहिलेसम्म त्यसको संस्थागत विकास गर्न नसकेको आरोप उसैमाथि छ । अबको चार वर्ष समावेशी लोकतन्त्रको जग तल्लो तहसम्म मजबुत बनाउन कांग्रेसले ध्यान दिनुपर्छ ।
लोकतन्त्रको जग तल्लो तहसम्म नपुग्दा विगतमा कहिले राजाको, कहिले माओवादीको सनकमा लोकतन्त्र सजिलै खोसिने गरेको कार्यकर्ताको विश्लेषण छ । समावेशी लोकतन्त्रको जग मजबुत बनाउन दुई वर्षभित्र संविधानले परिकल्पना गरेका अवयवहरुलाई पूर्णता दिँदै गणतन्त्रको जग बसाउने चुनौती पनि कम पेचिलो छैन ।
महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपांग, पिछडिएको वर्ग, क्षेत्र, दलित, तरुण, विद्यार्थी, ट्रेड युनियन, किसान, मजदुर, शिक्षक, सञ्चारकर्मी, संस्कृतिकर्मी, पेसागत समूहका प्राध्यापक, डाक्टर, इन्जिनियर, कानुन व्यवसायी, कर्मचारीलगायत विदेशस्थित नेपाली जनसम्पर्क समितिका प्रतिनिधि र देशभरिका युवा र पुराना पुस्ताको कांग्रेस संगमस्थल बनेको १२औं महाधिवेशनको नीति तथा कार्यक्रममा उल्लेख छ ।
उनीहरुलाई पार्टीमा कसरी आकर्षित गर्ने र समावेशी प्रतिनिधित्वको ध्वजा र उत्साह बोकेको पार्टी बनाउने भन्ने चुनौती भने उत्तिकै प्रखर छ । पार्टी विधानलाई समावेशी बनाउँदै गाउँदेखि केन्द्रसम्म सबै जात र समुदायको प्रतिनिधित्वलाई कांग्रेसले सुनिश्चित गरेको छ । के त्यसले मात्र विभिन्न जातजाति र समुदायलाई आकर्षित गर्छ त भन्ने प्रश्नलाई पनि सम्बोधन गर्नुपर्नेछ अबको नीति–कार्यक्रमले ।
केन्द्रीय सदस्य श्याम घिमिरेले मुलुकमा विद्यमान गरिबी र बेरोजगारी कसरी हटाउन भन्ने स्पष्ट नीति र कार्यक्रमसहित कांग्रेस अघि आउनुपर्ने तर्क गरे । '१९९० पछि विश्व खुलाबजारमा प्रवेश गरिसक्यो, संरक्षण नीतिले मुलुक अघि बढ्दैन,' घिमिरेले भने, '१९९० अघिको बिपी कोइरालाको समाजवादी नीतिले अब पुग्दैन ।'
त्यस्तै, झन्डै एक दशकदेखि पार्टीको प्रमुख भ्रातृ संगठनको आवधिक निर्वाचन भएको छैन । त्यसले युवा, विद्यार्थीमा कांग्रेसप्रतिको आकर्षण घट्दै गएको छ ।
संविधान निर्माणसँगै युवालाई आकर्षित गर्ने र उनीहरुलाई समेट्ने चुनौती छ पार्टीसामु । १८ देखि ४० वर्ष उमेर समूहका युवाको जनसंख्या ६० प्रतिशत हाराहारी पुग्न लागेका बेला उनीहरुको आकांक्षा सम्बोधन नगरी पार्टी टिक्न सक्दैन ।
'अबको तीन÷चार वर्षमा युवा पुस्ताको जीवनमा देखिने गरी परिवर्तन गर्न सक्नुपर्छ,' थापाले भने, 'कागतमा होइन, उनीहरुको जीवनमा देखिने गरी परिवर्तन हुने कार्यक्रम ल्याउनुपर्छ ।'
संविधानसभाबाट संविधान जारी भएपछि नेपालमा राष्ट्रवाद र राष्ट्रियताको नयाँ बहस सुरु भएको छ । संविधानले परिकल्पना गरेको नेपाली समाज र राष्ट्रियता कस्तो हुनुपर्छ ? नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक भनिए पनि त्यसलाई व्यवहारमा उतार्ने चुनौती पनि छ कांग्रेसमा ।
नयाँ संविधानसँगै मुलुकभित्रका कम्युनिस्टहरुको बढ्दो निकटता र जातीय एवं क्षेत्रीय दल क्षेत्रीय र जातीय मुद्दामा मजुबुत हुँदै गएका छन् । विभिन्न समूहमा विभाजित कम्युनिस्टहरुको एउटै सेन्टर बनाउने प्रयास गरिरहेका बेला कांग्रेससँग भने मित्रशक्तिहरुसमेत एकपछि अर्को गर्दै टाढा बन्दै गएका छन् । उनीहरुसँगको सम्बन्ध सुधार गर्नुका साथै संसदको दोस्रो ठूलो दल एमालेसँगको सम्बन्ध प्रस्ट बनाउने समय आएको छ ।
संविधान निर्माण र संक्रमणकालीन राजनीति अन्त्यसँगै अब एमालेसँगको सम्बन्ध कस्तो हुन्छ, कांग्रेसले प्रस्ट पार्न जरुरी बन्दै गएको छ । त्यस्तै, एकीकृत माओवादी र अन्य दलका साथै पुरानो दल र शक्तिले मुलुक परिवर्तन सम्भव छैन भन्दै बाबुराम भट्टराई नेतृत्वमा वैकल्पिक शक्तिप्रति पनि कांग्रेसले दृष्टिकोण बनाउने बेला आएको छ ।
छिमेकी भारत र चीनलाई हेर्ने कांग्रेस दृष्टिकोण के हो ? सार्कराष्ट्रका अन्य मुलुकका साथै शक्तिराष्ट्र र त्यहाँ राजनीतिक दलसँगको सम्बन्ध कस्तो हुनुपर्छ भन्नेमा कांग्रेस अलमलमा छ ।
कांग्रेसभित्र समाजवादको पुनव्र्याख्या हुनुपर्ने आवाज पनि उठ्न थालेको छ । समय र परिस्थितिअनुसार पार्टी अघि बढ्न नसकेको गुनासो बढिरहेका बेला समाजवादी नीतिलाई समयानुकूल व्याख्या जरुरी रहेको केन्द्रीय सदस्यहरु औंल्याउँछन् ।
'नयाँ आर्थिक नीति आएका छन्, त्यसको व्याख्या र बहस जरुरी छ, पुरानै कुराले पार्टी चल्दैन,' केन्द्रीय सदस्य धनराज गुरुङले भने, 'विगतका संघर्षका साथै राष्ट्रियता, लोकतन्त्र र समाजवादको रटानले मात्र अब पार्टी चल्दैन ।'