पासपोर्टका लागि एकैदिन ८ हजार आवेदन
२० पौष २०७२
•
११ मिनेट पाठ
पासपोर्टका लागि एकैदिन ८ हजार आवेदन
काठमाडौं- डेढ महिनायता राहदानी बनाउन प्रशासन कार्यालय धाउनेको संख्या बढेको छ। वैदेशिक रोजगारीमा जानेको संख्यामा ठूलो मात्रामा गिरावट आइरहेका बेला पासपोर्ट बनाउनेको संख्या भने आश्चर्यजनक रूपमा बढेको हो। नोभेम्बर २४ यता नयाँ पासपोर्ट बनाउन आउनेको संख्या ह्वात्तै घट्ने अनुमानविपरीत आवेदन संख्या देख्दा राहदानी विभागसमेत चकित छ।नोभेम्बर २४ अघिको तुलनामा त्यसपछिका दिन दैनिक औसत १ हजार ४ सयभन्दा बढी पासपोर्टका लागि आवेदन परेको देखिन्छ। पुरानो हस्तलिखित पासपोर्ट विस्थापित गर्दा समेत यति ठूलो संख्यामा आवेदन पर्ने गरेको थिएन। अहिले पासपोर्टका लागि एकैदिन करिब ८ हजार सेवाग्राहीको आवेदन पर्न थालेको छ।

'सन् २०१५ को नोभेम्बर २४ पछि पासपोर्ट बनाउन आउने संख्या घट्ने अनुमान थियो, त्यो मिलेन। त्यसअघिका दिनमा भन्दा पनि बढी सेवाग्राही पासपोर्ट बनाउन आउन थालेका छन्। तथ्यांक हेर्दा हामीसमेत चकित परेका छौं,' राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले भने।

विभागले सन् २०१० डिसेम्बर २६ बाट हस्तलिखित पासपोर्ट बन्द गरी मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) जारी गर्न सुरु गरेको थियो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधानअनुसार हस्तलिखित पासपोर्ट सन् २०१५ नोभेम्बर २४ सम्म मात्र प्रयोग गर्न सकिन्थ्यो। जसअनुसार केही हजार राहदानीबाहेक सबै हस्तलिखित पासपोर्ट विभागले विस्थापित गरिसकेको छ।

विभागको तथ्यांकअनुसार सन् २०१० डिसेम्बर २६ देखि २०१५ नोभेम्बर २४ सम्म (१ हजार ७ सय ९५ दिन) कुल ३८ लाख ६ हजार ३ सय ७६ थान पासपोर्ट जारी भएका छन्, जतिबेलासम्म हस्तलिखित राहदानीसमेत प्रयोग गर्न सकिन्थ्यो। यो १ हजार ७ सय ९५ दिनमा विभागले औसत प्रतिदिन २ हजार १ सय २० पासपोर्ट जारी गरेको थियो।

हस्तलिखित पासपोर्ट प्रयोगमा पूर्ण बन्देज लागेपछि सन् २०१५ नोभेम्बर २५ देखि २०१६ जनवरी ३ (४० दिनमा) सम्म विभागले १ लाख ४० हजार ८ सय ६६ पासपोर्ट जारी गरेको छ। यो अवधिमा प्रत्येक दिन औसत ३ हजार ५ सय २१ पासपोर्ट जारी गरेको छ। विभागको तथ्यांक तुलना गर्दा सन् २०१५ नोभेम्बर २४ सम्म भन्दा त्यसपछिका दिनमा औसत प्रतिदिन १ हजार ४ सय १ बढी पासपोर्ट जारी भएका छन्।

'हस्तलिखित पासपोर्ट विस्थापन गर्ने कार्य लगभग सकिएकाले नोभेम्बर २४ पछि पासपोर्ट बनाउन आउनेको भीड पहिले जस्तो नहोला भन्ने हाम्रो सोच थियो तर झन्झन् बढ्दो छ,' महानिर्देशक थापाले भने।

यसअघि दैनिक सबैभन्दा बढी पासपोर्ट सन् २०१५ जनवरीदेखि नोभेम्बर २४ सम्म बनाउन आउने अनुमान गरिएको थियो। हस्तलिखित पासपोर्ट विस्थापन र नयाँ पासपोर्टसमेत जारी गर्नुपर्ने अन्तिम मिति परेकाले यो अवधिमा पासपोर्ट बनाउनेको भीडलाई सबैभन्दा ठूलो रूपमा लिइएको थियो। तर, यो अवधिमा भन्दा पनि नोभेम्बर २४ पछि पासपोर्ट बनाउन आउनेको संख्या ठूलो मात्रामा बढेपछि विभाग चकित परेको हो।

सन् २०१५ जनवरी १ देखि नोभेम्बर २४ (३ सय २८ दिनमा) को अवधिमा विभागले कुल ९ लाख ८३ हजार ४० पासपोर्ट जारी गरेको छ। यो अवधिमा प्रतिदिन औसत २ हजार ९ सय ९७ थान पासपोर्ट जारी भएका छन्। नोभेम्बर २४ पछिका ४० दिन औसत प्रतिदिन ३ हजार ४ सय ९९ पासपोर्ट जारी भएको देखिन्छ। अर्थात २०१५ नोभेम्बर २४ सम्मको तुलनामा त्यसपछिका दिनमा औसत प्रतिदिन ५ सय २४ थान राहदानी बढी जारी भएका छन्। नोभेम्बर २५ पछि एकैदिन सबैभन्दा बढी डिसेम्बर १८ मा ७ हजार ९ सय ६७ सेवाग्राहीको आवेदन परेको थियो।

सबैभन्दा बढी पासपोर्ट वैदेशिक रोजगारीमा जानेले बनाउने गर्छन् तर आर्थिक वर्ष २०७२/२०७३ सुरु भएपछि विविध कारणले वैदेशिक रोजगारीमा जानेको संख्या घट्दो छ। भूकम्प, निःशुल्क टिकट र भिसाको व्यवस्था, मधेस आन्दोलनले गर्दा वैदेशिक रोजगारमा जानेको संख्या घट्दो क्रममा छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत मंसिरमा ३८ हजार ३ सय ५० जना वैदेशिक रोजगारीमा गएको देखिन्छ, जबकि २०७१ मंसिरमा यो संख्या ५३ हजार ३ सय ५४ थियो।

आर्थिक वर्ष २०७१/०७२ को साउनदेखि मंसिरसम्म २ लाख २५ हजार ९ सय ७७ जना वैदेशिक रोजगारीमा गएका थिए। यो आर्थिक वर्ष २०७२/०७३ को साउनदेखि मंसिरसम्म वैदेशिक रोजगारीमा जानेको संख्या घटेर १ लाख ७४ हजार ९ सय २६ पुगेको छ। अघिल्लो वर्षको चार महिना र यो वर्षको चार महिनाको तुलना गर्दा वैदेशिक रोजगारीमा जानेको संख्या ५१ हजारभन्दा बढीले घटेको छ। 'वैदेशिक रोजगारीमा जाने संख्या घटेको छ, मधेसमा आन्दोलन चलिरहेको छ तैपनि पासपोर्ट बनाउन आउनेको संख्या झन् बढ्नुको रहस्य हामीले बुझ्न सकेका छैनौं। यस विषयमा गहन अध्ययन हुन जरुरी छ,' महानिर्देशक थापाले भने।

तराईका ८ जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी साढे चार महिनादेखि आन्दोलित छ। यी ८ जिल्लाका सदरमुकाम प्रायः ठप्प छन्। वैदेशिक रोजगारीमा जाने सबैभन्दा ठूलो संख्या पनि यिनै ८ जिल्लामा छन् भने पासपोर्ट बनाउने पनि त्यहीँ धेरै छन्। राहदानी विभागले हालसम्म द्रूतसेवा (१० हजार रुपैयाँ राजस्व लिएर) अन्तर्गत साढे १६ लाख पासपोर्ट जारी गरेको छ, जसको करिब १५ प्रतिशत यिनै ८ जिल्लावासीका नाममा जारी भएका छन्। तर, पछिल्ला महिना तराईमा चलेको आन्दोलनका कारण यी जिल्लाबाट निकै कमले मात्र पासपोर्ट बनाएका छन्। तैपनि पासपोर्ट बनाउनेको संख्या घटेको छैन, बढ्दो छ।

पासपोर्ट हराउने कारणले गर्दा बनाउन आउनेको संख्या बढेको भन्ने तर्कसँग विभाग सहमत छैन। ५ वर्ष अवधिमा हस्तलिखित र एमआरपी गरी कुल १ लाख ३४ हजार ९ सय ६६ पासपोर्ट हराएका छन्। हराएका पासपोर्टमा एमआरपी संख्या निकै सानो छ। औसतमा प्रत्येक महिना २ हजार २ सय ४९ पासपोर्ट हराउने गरेका छन्।

विभागका निर्देशक शरदराज अरन विविध कारणले पासपोर्ट बनाउनको संख्या बढेको बताउँछन्। 'हामीकहाँ अध्ययन त भएको छैन तर केही मनोवैज्ञानिक र प्राविधिक कारणले पासपोर्ट बनाउनेको संख्या बढेको हुनसक्छ,' उनले भने।

निर्देशक अरनका अनुसार पछिल्ला दिन पासपोर्ट बनाउन आउनेमा वृद्धवृद्धा र बालबालिकाको संख्या निकै बढेको छ। देशमा राजनीतिक संक्रमण लम्बिँदा विदेशमा रहेकाले आफ्ना आमाबुबा, छोराछोरीलाई उतै डाक्ने क्रम बढेको उनी बताउँछन्। त्यति मात्र होइन, कुनै एक देशले भिसा रिजेक्ट गरे अर्को देशले भिसा दिँदैन भन्ने मनोविज्ञानका कारण एकपटक भिसा नपाउनेबित्तिकै त्यो पासपोर्ट त्यागी नयाँ लिने क्रम बढ्दो छ। भिसा रिजेक्ट भएपछि पासपोर्ट हरायो भन्दै यस्ता व्यक्ति नयाँ पासपोर्ट बनाउन आउने गर्छन्।

राहदानी विभागले सन् २०१० डिसेम्बर २६ देखि २०१५ डिसेम्बर ३१ सम्म कुल ३९ लाख ३८ हजार ८ सय ४ एमआरपी जारी गरेको छ। पासपोर्ट लिनेमा ३२ हजार २९ हजार ९४ जना पुरुष, ६ लाख ९ हजार ६ सय ९९ महिना र ११ जना तेस्रोलिंगी छन्। विभागले पुरुषलाई 'एम', महिलालाई 'एफ' र तेस्रो लिंगीलाई 'ओ' सिम्बोल राखी पासपोर्ट जारी गर्ने गरेको छ। जारी एमआरपीमध्ये २२ लाख ३३ हजार ८ सय ३४ नयाँ जारी भएका हुन् भने १५ लाख ७० हजार ४ थान एमआरपी पुरानो हस्तलिखितलाई विस्थापित गर्न जारी भएका हुन्। अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा मात्र पासपोर्टवापत विभागले कुल १० अर्ब २८ करोड ६९ लाख १७ हजार ५ सय ६७ रुपैयाँ राजस्व संकलन गरेको थियो।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस