काठमाडौं- संयुक्त मधेसी मोर्चाको बैठकले तीन दलले बनाएको कार्यदलमा जाने/नजाने बारे मंगलबार मात्रै निर्णय गर्ने भएको छ। मोर्चाको कार्यालय विजुली बजारमा बसेको बैठकले बृहत छलफल पछि कार्यदलमा जाने नजानेबारे मंगलबार निर्णय गर्ने बताएको हो।सरकारी कार्यदलमा जानुको औचित्य नभए ता पनि यसबारे आधिकारीक निर्णय मंगलबार लिइने मोर्चाका नेता राम नरेस रायले बताए।
आजको बैठकमा शीर्ष नेताहरु अनुपस्थित भएकोले मंगलबार ११ बजे पुन बैठक बस्ने रायले बताए। आजको बैठकमा राजेन्द्र महतो नेतृत्वको सद्भावना भने अनुपस्थित थियो।
तीन दलको कार्यदलमा कांग्रेसबाट महेस आचार्य, एमालेबाट भिम रावल र एमाओवादीबाट कृष्णबहादुर महरा छन्।