काठमाडौं- प्रमुख तीन दल र मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता सुरु भएको छ। मोर्चासँग वार्ता सुरु गर्नु अघि प्रमुख तीन दलको बैठक बसेको थियो। वार्तामा तीन दलका प्रमुख नेता सहित मधेसी मोर्चाबाट महन्थ ठाकुर, हृदयेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ र रामनरेश राय सहभागि छन्।
यता मोर्चाको एक घटक सदभावना भने वार्तामा सहभागि भएको छैन। पार्टी अध्यक्ष राजेन्द्र महत्तोमाथी भएको कुटपीटको घटनामा माफी नमागेसम्म वार्तामा सहभागी नहुने पूर्ववतः निर्णयअनुसार सो पार्टी बार्तामा सहभागी नुहुने भएको हो।