काठमाडौं–प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलको बैठक चलिरहेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा अोलीसहित एमाले, नेपाली कांग्रेस र एमाअोवादीका शीर्ष नेता सहभागी छन्।तीनदलको बैठक पछि अाजै मधेसी मोर्चासँग बैठक बस्ने तय भएको छ।
अर्को समाचार
बालुवाटारमा तीनदलको बैठक जारी
अर्को समाचार
बालुवाटारको वार्ता स्थगित गरेर मोर्चा नेता भारतीय दूतावास
काठमाडाैं-बालुवाटारमा तय गरिएको वार्तामा मधेसी मोर्चा सहभागी नभएपछि वार्ता स्थगित गरिएको छ। प्रमुख तीनदलको बैठक जारी रहँदा मोर्चा नेताहरू बालुवाटार अाउने र वार्ता हुने अपेक्षा गरिएको थियो। तर मोर्चाको तर्फबाट अाज वार्तामा अाउन भ्याएनाैं भन्ने खबर पाएको एमाले वरिष्ठ नेता माधव कुमार नेपालले बताए।
‘हामी अाउन भ्याएनाैं भन्ने खबर पठाउनु भयाे,’ नेता नेपालले भने ‘प्रमुख दलको बैठक सकेर वहाँहरूसँग वार्ता गर्ने हाम्रो तयारी थियो तर अाउनु भएन।’
वार्ता छाडेर भारतीय दूतावासमा मोर्चा नेता
बालुवाटारमा हुने भनिएको वार्तामा सहभागी हुन नभ्याएका मधेसी मोर्चाका नेताहरु भारतीय दूतावास पुगेका छन्। मोर्चाका नेताहरु लैनचौरस्थित दूतावासमा छफलफमा जुटेका बताइएको छ। मोर्चाका शीर्ष नेता केहीबेर पहिले भारतीय दूतावास पुगेका हुन्।

यो पनि पढौँ
ट्रेन्डिङ