काठमाडौं–१५ चरणसम्मका वार्ता पनि निष्कर्षमा पुग्न नसकेपछि सरकार र आन्दोलरत मधेसी मोर्चाबीच वार्ता हुनै छाडेको छ। सरकार र मोर्चा दुवै वार्तामार्फत नै समस्याको समाधान निकाल्ने बताइरहेका छन्। तर निरन्तर वार्तामा बसेपनि परिणाम भने निस्केको छैन्।वार्ता परिणाममुखी नहुनुमा दुवै पक्षले एक अर्कालाई दोष दिने गरेका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शनिबार विहान विराटनगर पुगेर केही दिन मै मोर्चासँग निर्णायक वार्ता हुने बताए। उनले संविधान संशोधन विधेयकको भाषा परिमार्जन गर्ने हो भने तीन महिनाभित्र राजनीतिक समितिमार्फत सीमाकंनका विषयमा सहमति गर्न मोर्चा सहमत हुने दाबी गर्दै आएका छन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकार समस्या समाधान गर्न सरकार गम्भीर रहेको भन्दै सहमतिका लागि विभिन्न विकल्पमा छलफल भइरहेको बताए। उनले सकेसम्म सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावलाई मोर्चाले स्विकार गरेर अघि बढ्न पर्ने भन्दै त्यसमा मोर्चा सहमत नभए सबै दललाई सहमतिमा ल्याएर आफैंले संविधान संशोधन प्रस्ताव ल्याउनुपर्ने बताए।
'यो प्रस्तावलाई अरुले नै ल्याएको भन्ने मोर्चाका नेतालाई लागेको भए अन्य दललाई सहमतिमा ल्याएर आफैंले संशोधन प्रस्ताव ल्याउन मोर्चाले पहल गर्नुपर्छ,' उनले भने। सरकारले मोर्चाको माग सम्बोधन गर्न भन्दै मन्त्रिपरिषदमार्फत प्रमुख प्रतिपक्ष दलको सहमतिमा तीन बुँदे विशेष प्रस्ताव नै पारित गरेको थियो । जसलाई संविधान निर्माणप्रति असन्तुष्टी जनाउँदै नाकाबन्दी गरेको भारतलेसमेत स्वागत गरेको छ। तर मधेसी मोर्चाले भने मुख्य माग सीमाकंन भएकाले सीमाकंनको विषमया ठोस प्रस्ताव नल्याएसम्म सहमति नहुने बताएको छ।
मोर्चाका नेता एवं तराइ मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले सरकारसँग पछिल्लो समय औपचारिक र अनौपचारिक कुनै पनि चरणमा वार्ता नभएको बताए। मोर्चाकतर्फबाट वार्ता टोलीसदस्यसमेत रहेका त्रिपाठीले अन्तरिम संविधानभन्दा पनि पछाडि फर्केर नयाँ संविधान आएका कारण समस्या भएको भन्दै त्यो नसच्याएसम्म आन्दोलन जारी रहने बताए। 'समानुपाति समावेशी र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रमा अन्तरिम संविधान अनुसार नै हुनुपर्छ भन्ने मोर्चाको माग हो,' त्रिपाठीले नागरिकन्युजसँग भने,' हाम्रो मुख्य माग भनेको सीमाकंन हो ।
त्यसका विषयमा सरकारले कुनै ठोस प्रस्ताव ल्याउन सकेको छैन।' सरकारले ल्याएको तीन बुँदे प्रस्तावलाई उनले निबन्धनको संज्ञा दिए। सरकारले केही दिनभित्र निर्णायक वार्ता हुने बताइरहँदा मोर्चाले भने सरकारीपक्षबाट आफूलाई वार्ताको कुनै जानकारी नआएको बताएको छ। 'कांग्रेस महाधिवेशमा व्यस्त हुन थाल्यो,' उनले भने,'एमाले र एमाओवादी मन्त्रिमण्डल विस्तार गर्न र कालोबजारीमा व्यस्त छन्। जनताको समस्या सुन्ने फुर्सद उहाँहरुलाई छैन।'