जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण हुँदैनः प्रधानमन्त्री
१६ पौष २०७२
•
४ मिनेट पाठ
जनसंख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण हुँदैनः प्रधानमन्त्री
झापा–प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन क्षेत्र निर्धारणका क्रममा जनसंख्या मात्रै प्रमुख आधार हुनै नसक्ने बताएका छन्। जनसंख्यासँगै भूगोल पनि एउटा मुख्य आधार बन्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यही आधारमा निर्वाचन क्षेत्रहरु निर्धारण हुने बताएका हुन्।
बिहीबबार व्यस्त कार्यतालिकासहित गृहजिल्ला झापा आइपुगेका प्रधानमन्त्री ओलीले पार्टीको मेची अञ्चल भेलाको दमकमा उद्घाटन गर्दै मधेशी मोर्चाले माग गरिरहेको निर्वाचन क्षेत्र निर्धारणको सवालमा यस्तो धारणा राखेका हुन्। 'छिमेकी भारतमै पनि ४६ हजार जनसंख्या भएको ठाउँबाट एकै जना निर्वाचित हुन्छन्, २९ लाख जनसंख्याबाट पनि एकै जना निर्वाचित हुन्छन्', उनले भने 'संसारका सबैतिर यस्तै अभ्यास छ । जनसंख्या मात्रैको आधारमा हुँदैन ।' डोल्पा जस्तो ज्यादै कम जनसंख्या भएको जिल्ला र झापा जस्तो धेरै जनसंख्या भएको जिल्लाको पनि प्रतिनिधि अनुपात मिलाउन निर्वाचन क्षेत्र जनसंख्या र भूगोलको आधारमा निर्धारण गरिने उनको भनाइ थियो।

मधेश आन्दोलनतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले 'संविधानको धारा–धारा पढिनसकेका जनतालाई अल्मल्याइएको' तिखो टिप्पणी पनि गरे । 'म अहिले टेलिभिजनहरुमा हेर्छु, बडो गर्वका साथ साथीहरु यो आन्दोलन अधिकार प्राप्तिको आन्दोलन भएको बताउँछन्', उनले भने 'यो कस्तो अधिकारको लडाँई हो ? अहिलेको संविधानले समानता, सुरक्षा, हक अधिकार सबै दिएको छ । के दिएको छैन ? यो सबै जनता अल्मल्याउने काम मात्रै हो ।'

उनले मुलुकले भोगिरहेको अहिलेको संकट छिट्टै समाधान हुने ठोकुवा पनि गरेका छन् । दौडधुपकै बीचमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका ओलीले ठट्यौलो शैलीमा देशमा एकपछि अर्को संकट आएको तर आफ्नो नेतृत्वको सरकारले त्यसलाई पार लगाउने दाबी समेत गरे । 'अहिले एकपछि अर्को खाप्चे आइलागेको छ', उनले भने 'शिकारी, सगुने, बुढिबजु सबे कुराको खाप्चे छ । तर, ढुक्क हुनुस् एमाले नेतृत्वमा यो सबै पार लाग्छ । छिट्टै लाग्छ । किनभने एमाले दर्शकदिर्घाको दर्शक होइन, गोल गर्ने खेलाडी हो ।' उनले आफूलाई लक्ष्य गरेर लगातार 'खोक्रो राष्ट्रवाद' भनिएकोमा असन्तोष पनि प्रकट गरे । 'राष्ट्रवाद खोक्रो भनेको के हो ?' उनले भने 'हाम्रो राष्ट्रवाद खँदिलो र गौरवपूर्ण छ । '

खासमा उनी गृहनगरस्थित दमक क्याम्पसको ३५ औं वार्षिकोत्सवको पूर्वनिर्धारित कार्यक्रममा आउने तय थियो । तर, बिहीबार बिहान प्रधानमन्त्री ओली जब गृहजिल्ला झापा आइपुगे, उनका अघि भ्याइनसक्नु कार्यक्रमका सूची थिए । पार्टीको भेला उद्घाटनदेखि आकाशे पुल शिलान्याससम्म, अस्पतालको आकस्मिक कक्ष उद्घाटनदेखि क्याम्पसको वार्षिकोत्सव समारोहसम्म गरी ठ्याक्कै आधा दर्जन कार्यक्रमको धपेडी उनले दिनभरीमा सकाए । र, त्यहीबीचमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गर्न पनि भ्याए ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस