काठमाडौं— सत्तारुढ गठबन्धन भित्रको राष्ट्रिय प्रजातन्त्र पार्टीले भूकम्पपीडितलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुलाई तत्काल राहत व्यवस्था गर्न माग गरेको छ।पुस ११ देखि १३ सम्म काठमाडौंमा भएको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी अध्यक्ष चन्दले खुला आकासमुनि बस्न बाध्य घरबारबिहीन नेपाली जनतालाई गास, बासको व्यवस्था तत्काल गर्न माग गरे।
'भूकम्प पीडितलाई सरकारले बेवास्ता गरेको महसुस भएको छ', चन्दले भने, 'उनीहरुलाई आवश्यक गास र बासको व्यवस्था सरकारले तत्काल गर्नुपर्छ।'
सरकारमा राप्रपाकातर्फबाट दीपक बोहोरा मन्त्री छन्।
भूकम्प पीडितको विषयलाई लिएर अध्यक्ष चन्दले सरकारको आलोचना गरे पनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नहुने बताए। 'सरकारबाट फिर्ता भइहाल्ने निर्णय भएको छैन', उनले भने।