काठमाडौं– सम्झौताअनुसार निमौण ठेक्का पाएका आयोजनाहरुलाई समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीहरुलाई कानुनबमोजिम कालो सूचीमा राख्न व्यवस्थापिका संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको छ।

नेपालका धेरैजसो सडक निर्माण आयोजनाहरुमा निर्माण कम्पनीले ठेक्का पाएर पनि ढिलाई गर्ने, सडक निर्माण गरेपछि सडकपेटी पूर्ण रुपमा निर्माण नगरिदिने, सडक निर्माणमा सम्झौताभन्दा निकै बढी समय लिने जस्ता समस्या देखिएको भन्दै समितिको बिहीबार बसेको बैठकले त्यसता निर्माण कम्पनीलाई कालोसूचीमा राख्न नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सडक विभाग तथा काठमाडौं उपत्यका सडकविस्तार आयोजनालाई निर्देशन दिएको हो।
समिति बैठकले सडक विस्तारका योजनामा परेका त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक र बल्खु दक्षिणकाली सडक दायाँबायाँ कति क्षेत्रफलमा तथा कति लेनमा विस्तार गर्ने हो सोको जानकारी गराई सार्वजनिक सूचना जारी गर्न पनि उक्त निकायहरुलाई निर्देशन दिएको छ। सडक विस्तार कार्यका लागि आवश्यक जग्गा अधिग्रहण गर्दा स्थानीयवासीलाई दिनु पर्ने मुआब्जा तथा क्षतिपूर्ति तत्कालै वितरण गर्न तथा बक्यौता नराख्न पनि समितिको निर्देशन छ।
अत्यधिक सवारी चाप रहेको त्रिपुरेश्वर– कलंकी–नागढुङ्गा र बल्खु–दक्षिणकाली सडक विस्तार गर्नु अनिवार्य रहेको भन्दै यी सडकहरु विस्तार गर्दा सरकारका विभिन्न निकायहरुबीचको मापदण्ड र निर्णयहरुबीच समन्वय गरी एकीकृत निर्णयका साथ काम गर्न पनि समितिले निर्देशन दिएको छ। सतिति सभापति रवीन्द्र अधिकारीकाे सभापतित्वमा बसेकाे बैठकले सरकारका सम्बन्धित निकायहरूसँगकाे छलफलपछि यस्ताे निर्देशन दिएकाे हाे।