काठमाडौं— प्रधानमन्त्रीले पहिला भारत वा चीन कुन देशको भ्रमण गर्लान् भन्ने अड्कलबाजी भइरहँदा परराष्ट्रमन्त्री कमल थापाले छिटै प्रधानमन्त्रीको चीन भ्रमण हुने बताएका छन्। चीनको ६ दिने भ्रमण पूरा गरी मंगलबार नेपाल फर्किएका परराष्ट्रमन्त्री थापाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, 'वर्ष (२०१६) को सुरुमै प्रधानमन्त्रीले चीनकाे भ्रमण गर्नुहुनेछ।'
प्रधानमन्त्रीको चीन भ्रमणकै बेला इन्धन सम्झौता कार्यान्वन हुने उनले बताए।
ओलीको चीन भ्रमणका बेला केरुङ हुँदै नेपालसम्म रेलमार्ग विस्तार हुने विषय अन्तिम कार्यान्वनमा आउने उनले बताए। प्रधानमन्त्री ओलीले हिजो सोमबार केही महिनाभित्रै भारत र चीनमध्ये एउटा मुलुकको भ्रमण गर्ने बताएको सन्दर्भमा परराष्ट्रमन्त्रीको यस्तो भनाइ आएको हो।
चीनको भ्रमणबाट फर्किएका उनले दुई देशबीच आर्थिक सम्बन्धको दीर्घकालीन रुपरेखा तयार भएको बताए। 'दुई देशबीचको पारवहन, लगानी सहितका विषयमा दुई पक्षीय छलफल भएको छ। इन्धन व्यापारको विविधीकरण गर्ने राष्ट्रिय नीतिअनुसार चीनसँग छलफल भएको हो', उनले भने।
परराष्ट्रमन्त्री थापाले चीनले फेरि १४ लाख लिटर पेट्रोलियम पदार्थ अनुदानमा दिने उनले बताए। भारतीय नाकाबन्दी पछि चीनले त्यति नै मात्रामा पेट्राेल अनुदान दिएकाे थियो।
इन्धन व्यापारका लागि मूल्य सहितका विषयमा अाफूले चिनियाँ पक्षसँग कुराकानी गरेकाे जानकारी दिँदै उनले नेपाल आयाल निगमको टोली प्राविधिक विषय समाधान गर्न अहिले पनि बेइजिङमै रहेको जानकारी दिए।
चीनसँगका ९ नाका प्राथमिकताका आधारमा क्रमश सञ्चालनमा ल्याउने दुई देशबीच सहमति भएको उनले बताए। अरनिको राजमार्ग सञ्चालनमा ल्याउने तथा रुसवागडी–स्याफ्रुबेँसी सडकलाई १२ महिना सञ्चालन हुन सक्ने बनाउने विषयमा नेपाल र चीनबीच समझदारी भएको उनले बताए।
चीनको रेल नेपाल सीमासम्म आउन लागेकाले त्यसको आधारमा नेपालमा पनि रेलमार्ग निर्माणको विषय अघि बढ्ने उनले जानकारी दिए। 'यी सबै विषय प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बेला कार्यान्वयनमा आउने सम्भावना छ', उनले भने, 'अर्को वर्ष चीन सरकारका तर्फबाट उच्च स्तरको नेपाल भ्रमण हुनेछ।'
याे पनि

फेरि १४ लाख लिटर तेल अनुदान, ९ नाका सञ्चालन गरिने