काठमाडौं-नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा त्रिपक्षिय बैठक वसेको छ। नेपाली कांग्रेस, सत्तारुढ एनेकपा माओवादी र आन्दोलनरत मधेसी मोर्चाबीच बैठक वसेको हो।
बैठकमा मधेसी मोर्चाका नेताहरुले संसद बैठकलाई रोकेर मधेस आन्दोलनका समग्र मागलाई समाधान गर्ने गरी अघि बढ्न आग्रह गरेको मोर्चाका नेता रामनरेश रायले बताए। 'उहाँहरु संविधान संशोधन विद्येयकमा केन्द्रित हुनु भयो' रायले भने, 'संशोधन विद्येयकले मात्र समस्याको समाधान हुँदैन भन्ने हाम्रो कुरा रह्ययो।'
संसद बैठक स्थगित गरेर छलफलमा जुट्नेबारे एमाले र सभामुखसँग छलफल गरेर मात्र निर्णय गर्न सकिने कांग्रेस र एमाओवादी नेताले बताएको रायले जानकारी दिए।
बैठकमा कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, रामनरेश राय, महेन्द्र यादव लगायतका नेताहरु सहभागी थिए। छलफल करिव तीन घण्टा चलेको थियो।