काठमाडौं–प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। बिहीबार साँझ पाँच बजे मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइसकेको बालुवाटार स्रोतले जनाएको छ।एमालेबाट राज्य र सहायकमन्त्री थप गर्ने तयारी भइरकेको छ भने साना दलबाट पनि केहीलाई मन्त्री बनाउने तयारी भइरहेको छ। स्रोतका अनुसार राप्रपाबाट दीपक बोहोरा, परिवार दलबाट एकनाथ ढकाल, समाजवादी जनता दलका प्रेमबहादुर सिंह र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा मन्त्री हुने निश्चित भएको छ।
'हामीलाई आज साँझ मन्त्रीमण्डल विस्तार हुँदैछ तयारी भएस बस्नु भन्ने खबर आएको छ,' मन्त्री हुने निश्चित भएका एक नेताले भने। अहिले शान्ति तथा पुननिर्माण मन्त्रालय, श्रम र शहरी विकास मन्त्रालय मन्त्री विहीन छन् भने एमालेकातर्फबाट शान्ता मानवी विना विभागीय मन्त्री छिन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार एमालेबाट केही राज्य र सहायक मन्त्री थप्ने तयारी भएको छ। सबै मन्त्रीहरुको आज साँझ सपथ हुने कार्यक्रम रहेको छ। मैजुदा मन्त्रिपरिषद् ३० सदस्यीय छ। ती मध्ये ६ जना उपप्रधान, १७ जना मन्त्री, चार जना राज्य मन्त्री र २ जना सहायकमन्त्री छन्।