चारबुँदे र तीनबुँदे
०६ पौष २०७२
•
७ मिनेट पाठ
चारबुँदे र तीनबुँदे
काठमाडौं- बेलायतबाट फर्केका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आइतबार विमानस्थलमा सञ्चारकर्मीसँग भनेका थिए– सञ्चार प्रविधिको यत्रो विकास भएको छ, जहाँ भए पनि सम्पर्क हुन के गाह्रो कुरा भयो?
हुन पनि त्यस्तै भइरहेको थियो।

मधेसमा जारी आन्दोलन र भारतले लगाएको नाकाबन्दीको समस्या सुल्झाउन सरकारका पहल निरन्तर जारी थिए।

परराष्ट्रमन्त्री थापा भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग निरन्तर सम्पर्कमा थिए, भेटघाट होस् या टेलिफोन।

बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापनाको दोस्रो शतवार्षिकी मनाउने क्रममा लन्डनमै रहँदा पनि उनले समकक्षी सुषमासँग तीन–तीनपटक फोन संवाद गरे। विषय उही थियो, मधेस आन्दोलन, नाकाबन्दीको कहरबाट मुक्ति।

उपप्रधानमन्त्री थापा जब आइतबार स्वदेश फर्किए। केही घन्टामै मन्त्रिपरिषदको आकस्मिक बैठक डाकियो।

आइतबार साँझको उक्त बैठकले दुई विषयमा महŒवपूर्ण निर्णय लियो। पहिलो विषय थियो, राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरमा भएको आक्रमण प्रयास र लान्छनाको भर्त्सना। दोस्रो विषय भने आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागकेेन्द्रित थियो। जसअन्तर्गत तीन निर्णय गरिए। मधेसी मोर्चाका मागलाई सकारात्मक रुपमा लिँदै तीन महिनाभित्रै सीमांकन टुंग्याउन राजनीतिक संयन्त्र गठन गर्ने निर्णय बैठकले लियो जुन यसअघि नै तीन प्रमुख दलको साझा धारणा बनिसकेको थियो।

त्यसो त यसअघि अनौपचारिक भारत भ्रमणमा जाँदा थापाले मधेस समस्या समाधाननिम्ति जुन चारबुँदे रोडम्याप प्रस्तुत गरेका थिए, मन्त्रिपरिषद निर्णय त्यसकै निरन्तरता थियो।

नेपालको संविधानलाई अहिलेसम्म पनि स्वागत नगरेको भारतले आइतबारको यही निर्णयलाई महŒवपूर्ण कदम भन्दै स्वागत गर्योध।

कूटनीतिज्ञहरू यस घटनालाई सरकारको निरन्तर कूटनीतिक संवादको परिणाम मान्छन्।

'यसलाई कूटनीतिक रुपमा भइरहेको प्रयासकै परिणाम भनेर बु‰न सकिन्छ,' पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले भने, 'समस्या अहिलेको अवस्थामै कायम रहन सक्दैन, जे आएको छ, त्यो सकारात्मक नै हो।'

उनको आशय भारतले लगाउँदै आएको नाकाबन्दी चाँडै खुल्ने र मधेस समस्या पनि किनार लाग्ने भन्ने खालको थियो।

आइतबार अचानक मन्त्रिपरिषद बैठक बस्दा धेरैले सोचेका थिए– मधेसमा शान्ति सुरक्षा स्थापनाका लागि गम्भीर कदम चाल्ने निर्णय हुँदैछ । राष्ट्रपतिमाथिको आक्रमण प्रयास र मधेसमा चर्केको हिंसात्मक प्रदर्शनको पृष्ठभूमिमा डाकिएको बैठकबारे अनेक अड्कलबाजी थिए। राजधानीमा पनि विभिन्न क्षेत्रमा संकटकाल लगाइने सम्भावना व्यक्त गरिँदै थियो। तर त्यस्तो केही भएन।

'खासमा राष्ट्रपतिमाथि भएको घटनाबारे छलफल र निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको हो,' प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु पौडेलले भने, 'यसअघि नै सरकारले तीन दलले गरेको निर्णयअनुसार अघि बढ्ने बताइसकेको अवस्थामा तीन दलले गरेको पहिलेको निर्णयको मन्त्रिपरिषदले अनुमोदन मात्रै गरेको हो।'

त्यसो त नेताहरुले मन्त्रिपरिषदको आकस्मिक बैठकले निर्णय गरेका विषयलाई सबैले तीन दलको धारणाको अनुमोदन मात्रै भनेर बुझेका छैनन्।

कांग्रेस नेता तथा पूर्वपरराष्ट्रमन्त्री रामशरण महतले यो विषय बु‰न नसकिएको भन्दै टि्वट गरेका छन्।

'तीनबुँदे सहमतिलाई टेकेर सरकारले संशोधन प्रस्ताव प्रस्तुत गरिसकेको पृष्ठभूमिमा मप (मन्त्रिपरिषद) ले अहिले सो सहमति अनुमोदन गर्न जरुरी किन पर्योे, बु‰न सकिएन,' महतले लेखेका छन्।

बैठकले दलहरुबीच भएको साझा सहमति सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाउने, सीमांकन तीन महिनामा टुंग्याउने र अन्य माग पनि वार्ताबाट समाधान गर्ने भन्दै प्रस्ताव पारित गरेको थियो।

भारतले नयाँ संविधानमा सीमांकनसहितका मधेसी मोर्चाले उठाएका विषयमा संविधान संशोधन हुनुपर्ने स्पष्ट संकेत गर्दै आएको थियो।

मधेस आन्दोलनको बहाना देखाउँदै भारतले नेपालमाथि गरेको आर्थिक नाकाबन्दी तीन महिनादेखि जारी छ।

'भारतको स्वागत दुई देश सरकारबीचको कुरा हो,' तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले नागरिकसँग भने, 'हाम्रो माग नेपाल सरकारसँग हो, मन्त्रिपरिषदले जे निर्णय गरेको छ, त्यसले हाम्रा माग पूरा गर्छ भन्ने लाग्दैन।'

यादवका अनुसार वार्ताको वातावरण बनाउन अघि सारेका र सरकारले पूरा गर्न भनेका सर्तहरुसमेत अहिलेसम्म पूरा भएको छैन। तीन महिनामा सीमांकन गर्छु भन्दा कसले पत्याउँछ। तर सोमबार दिउँसो भारतीय राजदूत रणजित रायले मधेसवादी दलका नेतालाई बोलाएर आइतबारको मन्त्रिपरिषद निर्णयलाई स्वागत गर्ने संकेत दिइसकेका थिए।

उनले धेरै दिनसम्म मधेसी दललाई लिएर हिँड्न नसकेको बताएका थिए।

त्यसअघि उपप्रधानमन्त्री थापाले भारतीय राजदूत रायलाई परराष्ट्र मन्त्रालयमा छलफल गरेका थिए। त्यसलगत्तै उपप्रधानमन्त्री थापाले भारतीय समकक्षी सुषमा स्वराजसँग टेलिफोन वार्ता गरेका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस