पाँचथर–संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले विभिन्न असजिलो छिचोलेर जारी गरिएको संविधान कार्यान्वयन चुनौती पूर्ण रहेकेो बताएका छन्। विश्वकै उत्कृष्ट संविधान निर्माण भएपनि कार्यान्वयन भएन भने त्यसको अर्थ नरहने उनको भनाइ थियो ।संविधानबारे गलत प्रचार भएकाले जनतामा भ्रम परेको र त्यसलाई चिर्न सके संसारकै सफल संविधान नेपालको हुने उनको भनाइ थियो । जनताले आफै बनाएको संविधान जसरी कार्यान्वयन गर्न पर्ने भएकाले सवै एकजुट हुन पर्नेमा उनले जोड दिए ।
सरकारले देशभर संविधानबारेजानकारी गराउनका लागि आयोजना गरिरहेको अन्तक्रिया कार्यक्रममा आइतबार सदमुकाम फिदिम आहिपुगेका नेम्वाङले यस्तो बताएका हुन्। पाँच वर्ष आठ महिना लगाएर दुई पल्ट संविधान सभाको चुनाव गरी विभिन्न आरोह अवरोह पार गरी जनता आफैले बनाएको संविधान कार्यान्वयन हुन सकेन भने देशनै असफल हुने उनको उनले बताए।
संविधानले विरोध गर्ने, आन्दोलन गर्ने अधिकार दिएपनि नाकाबन्दी गर्ने, पेट्रोलबम प्रहार गर्ने अधिकार कसैलाई नदिएको बताएकाले नेम्वाङले नाकाबन्दी गरेर जनतालाई दुख दिनु नीच काम भएको उनले बताए । नेपाल र भारतका दुवै देशका जनताले नाकाबन्दी नरुचाएको उनको भनाइ थियो । 'कुनैपनि वाहानमा नाकाबन्दी गर्न हुदैन । काठमाडौँ हुँदा केही दिनमै खुल्ने सूचना पाएपनि त्यस्तो हुन सकेको छैन,' उनले भने,' नाकाबन्दीले चिन्ता थपेको छ ।' नेम्वाङले थपे, 'नाकाबन्दी गराएर, हिसांत्मक आन्दोलन गरेर माग पुरा हुदैन ।'
प्रधानमन्त्रीमा सुशील कोइराला विजयी भएको भए अहिले आन्दोलनमा रहेका मधेसी दल सत्तामा हुने भन्दै नेम्वाङले संविधान संशोधनको बाटोबाट समस्या समाधन गर्न सकिने बताए। 'उहाँहरु भन्नुहुन्छ केही कुरा छुटे । उसो भए धेरैकुरा परेका रै छन अव छुटेका थोरै कुरालाई लिएर देशमा भाडभैलो गर्न मिल्दैन,' नेम्वाङले भने, 'भ्रम चिर्दै यर्थात जनतासमक्ष पु¥याउनु पर्छ ।'