सत्ताधारीमै दिग्दारी
२८ मंसिर २०७२
•
५ मिनेट पाठ
सत्ताधारीमै दिग्दारी
काठमाडौं- विपक्षीले सरकारको कामकारबाहीको आलोचना गर्नु, असन्तुष्टि व्यक्त गर्नु सामान्य मानिन्छ। त्यसनिम्ति कम्तीमा सय दिन अर्थात् 'हनिमुन' अवधि पर्खने चलन छ। एमाले नेतृत्वमा गठित सरकारमा भने प्रधानमन्त्रीदेखि मन्त्रीसम्म आफ्नै कामकारबाहीप्रति दिग्दार छन्। उनीहरु आफूले चाहेजस्तो काम गर्न नसकेको भन्दै सार्वजनिक रुपमै आत्मग्लानि प्रकट गर्न थालेका छन्, त्यो पनि सरकार गठनको सय दिन नपुग्दै।

सोमबार बिहान बालुवाटार पुगेका प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र प्राज्ञ सदस्यसँग प्रधानमन्त्री केपी शर्मा ओलीले अपेक्षाअनुसार आफूले काम गर्न नसकेको भन्दै दिक्दारी प्रकट गरे।

'पहिलो भूकम्पले हान्यो, त्यसपछि आन्दोलन र अहिले भारतको नाकाबन्दीले देशको अवस्था गम्भीर बनेको छ,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, 'के के न गरौँला भन्ने थियो, कस्तो–कस्तो योजना थियो तर त्यसअनुसारका काम हुन सकेका छैनन्।'

प्रतिष्ठानका पदाधिकारीसँग प्रधानमन्त्री ओलीले एक घन्टा कुराकानी गरेका थिए। पूर्वीय दर्शन जोड्दै उनले आफूले समेत काम गर्न नसकेको 'हतप्रभ' अभिव्यक्ति राखेका थिए।

भूकम्पको पुनर्निर्माण, मधेसमा जारी आन्दोलन र भारतीय नाकबान्दीको विषयमा उल्लेख्य प्रगति हुन नसक्दा सत्तारुढ दलभित्रैबाट कार्य सम्पादनबारे असन्तुष्टि सुनिन थालेको हो।

प्रधानमन्त्री ओली मात्र होइन, सत्ता गठनबन्धनको महत्वपूर्ण साझेदार एकीकृत नेकपा माओवादीभित्र पनि आफ्नै काम–कारबाहीबारे आत्मग्लानि प्रकट भइरहेको छ

एमाओवादी जारी केन्द्रीय कमिटी बैठकमा सरकारले अपेक्षाकृत काम गर्न नसकेको, आफ्नो पार्टीबाट मन्त्री भएकाले पनि काम गर्न नसकेको भन्दै विरोध भएको थियो। पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा सरकार र पार्टीबीच समन्वय गराउन गठन गरिएको समितिबाट मुक्त गर्न आग्रह गरेका थिए।

मन्त्रीको काम–कारबाही अनुगमन, पार्टी र सरकारबीच समन्वयका लागि पार्टीले गठन गरेको समितिमा श्रेष्ठ संयोजक छन्।

पार्टी मुख्यालय, पेरिसडाँडामा भएको बैठकमा बोल्ने अधिकांशले सरकारको काम–कारबाहीप्रति असन्तुष्टि जनाएका थिए। बैठकमा नेताहरूले पार्टीबाट सरकारमा संलग्न मन्त्रीले प्रभावकारी काम गर्न नसकेको बताए।

उनीहरुले मन्त्री फिर्ता बोलाउनेसम्म विषयमा छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीको नेतृत्वमा संसदको तेस्रो ठूलो दल एकीकृत माओवादी, चौथो दल राप्रपा नेपालसहितको सहयोगमा असोज २४ गते सरकार गठन भएको थियो। ६ उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषदमा नौ दलको सहभागिता छ।

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठकमा पनि आफूहरुबाट पनि प्रभावकारी काम हुन नसकेको विषय उठेको थियो। सोमबार बिहानको बैठकमा पार्टीका तर्फबाट सरकारमा उपप्रधानमन्त्री रहेका अध्यक्ष कमल थापाले सरकारको भूमिकाको समीक्षा गर्दै परिणाममुखी काम हुन नसकेकोमा दिग्दारी प्रकट गरेको स्रोत बताउँछ।

बैठकमा सरकारमा सहभागी अन्य मन्त्रीले सरकार प्रभावकारी हुन नसकेको भन्दै आगामी दिन परिणाममुखी काम गर्ने बताएका थिए। राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले पनि सार्वजनिक कार्यक्रममा सरकारको काम प्रभावकारी नहुन नसकेको भन्दै त्यस्तो अवस्था रहे सरकार छाड्ने चेतावनी दिएका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस