काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निमाण गर्न गठित पुननिर्माण प्राधिकरण विधेयक र संविधान संशोधन विधेयकसँगै पारित गर्नुपर्ने अडान राखेपछि त्रिपक्षीय वार्ता निष्कर्षविहीन भएको छ।आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सत्तापक्ष, प्रमुख प्रतिपक्ष र आन्दोलनरत मधेसी मोर्चाबीचको बैठकमा कांग्रेसले संविधान संशोधन विधेयक र पुनर्निमाण प्राधिकरण विधेयक एकै पकट पारित गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन भएको वार्तामा सहभागी संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले जानकारी दिए।
कांग्रेसले राखेको प्रस्तावमा मधेसी मोर्चाले आपत्ति जनाएको थियो। मोर्चाले भूकम्पपछिको पुननिर्माण गर्न दातृ निकायले उपलब्ध गराएको बजेट प्राधिकरण गठनको अभावमा फिर्ता जाने अवस्था रहेको भन्दै पहिले तत्काल पुर्ननिर्माण विधेयक पारित गर्नुपर्ने बताएको थियो। 'अहिलेको मुख्य काम भनेको पुननिर्माण विधेयक चाँडो पारित गराउने हो,' बैठकमा मोर्चाका नेताहरुले भनेका थिए, 'कांग्रेसले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकले तराई मधेसको समस्या समाधान गर्न नसक्ने हुनाले अहिले पुननिर्माण विधेयकमात्र पारित गरौं।' मोर्चाले संविधान संशोधनका विषयमा सबै पक्षबीच विस्तृत छलफल गरेर मात्र अगाडि बढाउन प्रस्ताव गरेको राउतले जनाए। तर, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने संविधान संशोधन विधेयक र पुननिर्माण प्राधिकरण विधेयक एकैपटक पारित गर्नुपर्ने अडान राखेका थिए।
बैठकमा प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत मधेसी मोर्चा पुननिर्माण विधेयक पारित गर्न सकारात्मक भएको बेला कांग्रेसजस्तो जिम्मेवार दलले अड्को थाप्नु उचित नभएको भन्दै पुननिर्माण विधेयक पारित गर्न सहयोग गर्न आग्रह गरेका थिए। प्रधानमन्त्रीले चिसोका कारण भूकम्पपीडितको दैनिकी कष्टकर भएको र प्राधिकरणको अभावमा दाताले दिने सहयोगसमेत फिर्ता जाने अवस्था आएको भन्दै सो विधेयक पारित गर्न कांग्रेसलाई आग्रह गरेका थिए।
बैठकमा मधेसी मोर्चाका अन्य मागका विषयमा कुनै छलफल नभएको नेताहरुले जनाएका छन्। मधेसी मोर्चाले पुननिर्माण विधेयक पारित गराउन सहयोग गर्ने यसअघि नै निर्णय गरिसकेको छ।