पोखरा— दक्षिण अफ्रिकाको केपटाउनमा सम्पन्न छाती तथा क्षयरोग विशेषज्ञको सम्मेलनमा पोखराबाट स्त्रीरोग विशेषज्ञ डा. राजेन्द्र चौधरीले भाग लिएका छन्। लोकसेवा पास गरेका सरकारी डाक्टरले मात्रै भाग लिन पाउने सम्मेलनमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले ठाडो तोकआदेश गरी असम्बिन्धत विशेषज्ञलाई पठाएका हुन्।मंसिर १६ देखि २० गतेसम्म उक्त सम्मेलन भएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत डा. चौधरीले मन्त्रीको तोकआदेश ल्याएपछि मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठले बिदा स्वीकृत गरेका थिए। 'मन्त्रीकै तोक भएपछि मेसुले बिदा नदिन सक्ने कुरै भएन,' अस्पताल स्रोतले भन्यो, 'मन्त्रीसँग पंगा लिए अस्पतालकै विभिन्न प्रोजेक्ट रोकिएला भन्ने डर।'
डाक्टर चौधरी यसरी असम्बन्धित सम्मेलनमा विदेश गएको यो पहिलोपटक नभएको स्रोत बताउँछ । यसअघि उनी अघिल्ला मन्त्री राजेन्द्र महतो र उमाकान्त चौधरीको तोकआदेशमा मलेसिया र फ्रान्स पनि पुगेका थिए । 'त्यति बेलाका मेसु डा. बुद्धिबहादुर थापाले पनि मन्त्रीको तोक देखेरै बिदा स्वीकृत गरेका थिए,' स्रोतले भन्यो।

मन्त्री चाैधरी
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मुटुरोग केन्द्र र छुट्टै प्रसूतिगृह भवन निर्माण गर्दैछ। अस्पताललाई स्तरोन्नति गरी शड्ढया थपिँदैछ। मन्त्रीको आदेशमा बाधा पार्दा अस्पतालका यी ठूला प्रोजेक्टमै असहयोग हुने डरले पनि मेसुहरूले डाक्टर चौधरीको बिदा स्वीकृत गर्नुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनका अधिकारी बताउँछन्।
डाक्टर चौधरीलाई अस्पताल विकास समितिले २०६४ सालमा नियुक्त गरेको थियो । उनी क्षेत्रीय अस्पतालका स्थायी डाक्टर हुन् । एकथरी विशेषज्ञको सम्मेलनमा अर्कै व्यक्ति गएपछि अस्पतालका अन्य डाक्टरले असन्तुष्टि जनाएका छन् । सरकारी दरबन्दीकै डाक्टर जानुपर्नेमा समितिबाट स्थायी डाक्टर विदेश पठाएर मन्त्रीले अख्तियार दुरुपयोग गरेको उनीहरूको भनाइ छ ।
सम्मेलनमा डा. चौधरीसँगै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. विकास लामिछाने र केन्द्रका तथ्यांक अधिकृत अनिल थापा पनि गएका छन् । मन्त्रीले चौधरीलाई पठाउन लामिछानेमार्फत तोकआदेश गरेका थिए । विदेशमा हुने यस्ता सम्मेलनमा असम्बन्धितलाई पठाउने गरेको यो नयाँ घटना नभएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डाक्टरहरू बताउँछन् । 'प्राविधिकको कोटामा स्टोरकिपर पठाएको उदाहरणसमेत छ,' स्रोतले भन्यो ।