काठमाडौं— प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बिहीबार साढे चार घन्टा ढिलो सुरु भएको संसद स्थगित भएको छ। पुन निर्माण विधेयकसँगै पूर्ववर्ती सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकलाई अघि बढाउन माग गर्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो।
संसद बैठकमा भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माण विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिवेदन २०७२ पेश गर्ने कार्यसूचि रहेको थियो। मधेसी मोर्चाले मानवीय विषय भएको भन्दै विधेयक पारित गर्न अवरोध नगर्ने बताएको थियो। प्रमुख प्रतिपक्षी दलका सांसदहरुले अघिल्ला संसद बैठकहरुमा निरन्तर कार्यसूचिमा अाएर अघि बढ्न नसकेको संविधान संशोधन विधेयक अाजकाे कार्यसूचिबाट हटाइएकाेमा नियमअापत्ति गरे। कांग्रेस सांसदहरुको अवरोधका कारण प्रतिवेदन पेश हुन सकेन।
संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसद रमेश लेखकले नियम अापत्ति जनाए। 'हिजो अस्तिको कार्यसूचिबाट संविधान संविधान संशोधन विधेयकलाई किन हटाइयो स्पष्ट जवाफ नअाएसम्म बैठक अघि बढ्न सक्दैन', उनले भने। त्यसपछि कांग्रेस सांसदहरुले अा अाफ्नो ठाउँमा उभिएर विरोध जनाए। सभामुखले अर्को बैठकमा त्यसलाई राखिनेछ मेरो ध्यानाकर्षण भयो भनेकी थिइन। तर उनीहरुले त्यसलाई अस्वीकार गरे।
सत्तारुढ दल एमालेका सांसदहरुले कांग्रेसको अान्तरिक राजनीतिका कारण यो समस्या अाएको अारोप लगाएका छन्। यसअघि कांग्रेस सहितका शीर्ष नेताहरुबीचको बैठकमा भूकम्पको पुननिर्माण जस्तो सम्वेदनशील विषयको विधेयक पारित गर्न कुनै अवरोध नगर्ने सहमति भएको उनीहरुले बताए।
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादबले भूकम्पजस्तो मानवीय समस्यालाई हामीले अान्दोलनका बाबजुद संसदमा पारित गर्न दिने तयारी गरेको तर कांग्रेसको अान्तरिक किचोलोले पारित हुन नसकेको उल्लेख गरे।
विधेयक पारित हुन नसक्दा भूकम्पपछिको पुननिर्माण कार्यले गति लिन सकेको छैन। विदेशी दातृ निकायहरुले समेत पुननिर्माण कार्यलाई तीब्रता दिन छिटो वैधानिक बाटो खुला गर्नुपर्ने बताउँदै अाएका छन्।