सौराहा– आन्दोलनकारी दलले प्रदेशको सीमांकन परिवर्तन बटम लाइन भएको बताइरहेक बेला नेकपा एमालेले सात प्रदेश संरचनाको अभ्यास सुरु गरेको छ। चितवनको सौराहामा जारी एमालेको विशेष राष्ट्रिय कार्यकर्ता भेलामा एमालेले प्रदेशअनुसारको समूह निर्माण गरेर छलफल सुरु गरेको हो।तराई मधेसमा जारी आन्दोलन र भारतीय नाकाबन्दीमा केन्द्रीत भएर छलफल गर्न नौ समूहको निर्माण गरिएको छ। 'प्रदेशगत संरचनामा गएर पार्टीले छलफल सुरु गरेको पहिलो पटक हो,' एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने। प्रदेश नम्बर १ को एक, प्रदेश नम्बर २ मा तीन, प्रदेश नम्बर ३ को एक, चारको एक, प्रदेश नम्बर ५ को दुई र प्रदेश नम्बर ६ र ७ को एक गरी नौ समूह बनाइएको छ।
प्रदेश नम्बर एकको टोली नेतामा महफुज अन्सारी, टोली नम्बर २ मा रामप्रित पासवान, टोली नम्बर तीनमा शत्रुधन महतो, टोली नम्बर ४ मा जयप्रकाश थारु, टोली नम्बर ५ मा लालमणि चौधरी, टोली नम्बर ६ मा बैजनाथ चौधरी, टोली नम्बर ७ मा शान्ता चौधरी, टोली नम्बर ८ रामकुमार ज्ञवाली र टोली नम्बर ९ मा सत्यनारायण मण्डल टोली प्रमुख छन्।